होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • धनगढीमा संक्रमितको संख्या १४२ पुग्यो
पत्रपत्रिका

धनगढीमा संक्रमितको संख्या १४२ पुग्यो

  • नागरिक रैबार
धनगढीमा संक्रमितको संख्या १४२ पुग्यो

धनगढीः धनगढीमा कोरोना संक्रमितको संख्या एक सय ४२ पुगेको छ। आईतबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका थप एक जनामा कोरोना पुष्टि भएको हो।

उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले वडा नम्बर ३ की ६१ वर्षीय महिलामा कोरोना पुष्टि भएको बताए। उनी मुम्बईबाट भत्ता बुझ्न श्रीमानसँगै धनगढी आएकी थिईन्।

उनका श्रीमानको रिर्पोट भने नेगेटिभ आएको छ। यसअघि सेती प्रादेशिक अस्पतालले आईतबार धनगढीका तीनजनामा कोरोना पुष्टि भएको जनाएको थियो।

विज्ञापन

तर उप–महानगरपालिकाले भने दुईजना १९ र ३८ वर्षीय पुरुषको पुनः परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको जनाएको छ। पुनः परीक्षण भएकाले कुल संक्रमितको उक्त संख्या जोडिदैन्। उनीहरु दुवै जना कनरीमा स्थापना गरिएको आईसोलेसनमा बसेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार