होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः शनिबार सुदूरपश्चिमका पाँच सय बढि व्यक्ति भारतबाट फर्किएका छन्। कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट गरी पाँच सय ७ जना नेपाली स्वदेश फर्किएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले गड्डाचौकी नाकाबाट एक सय दुई जना र गौरीफन्टाबाट चार सय पाँच जना स्वदेश फर्किएको जानकारी दिए। यस्तै प्रहरी नायब उपरिक्षक […]
काठमाडौं, २७ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज महिला ३ र पुरुष ११ जनाको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन, भक्तपुर र रुपन्देहीमा २-२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ७६ वर्षिया महिला, ५१ र ५४ वर्षिय […]
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौँ हजार जनालाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको छ। प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम अगाडि बढाएको हो। विश्वभरी नै फैलिएको कोरोना संक्रमणका कारण रोजगारी गुमाएका सुदूरपश्चिमवासीका […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या ७ सय ५४ पुगेको छ। प्रदेशका ९ वटै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या सात सय ५४ पुगेको हो। जिल्लाका सक्रिय संक्रमित संख्या मध्य कैलालीमा सक्रिय संक्रमितको संख्या झण्डै पाँच सय रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार शुक्रबार सम्म कैलालीमा चार सय ६९ जना संक्रमित रहेका छन्। […]
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ भगतपुरका कमल ठडराईले २०७० सालमा आफ्नै जग्गामा पनि सहजै घर लगाउन पाएनन् । आफ्नै जग्गामा घर बनाउने योजना बनाउदानै उनले जातीय विभेदको सामना गर्नुपर्यो । घर बनाउनका लागि उनले आधा कट्टा जमिन किनेका थिए । जग्गासंगै छ माया नेगीको घर । घर बनाउन खोज्दा उनै माया नेगीले अवरोध गरिन् […]
नेपाली काँग्रेस डडेल्धुराले दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि गरिएको कुटपिटको भन्सर्ना गरेको छ। प्रदेश सभा सदस्य तथा काँग्रेस डडेल्धुराका सभापति कर्णवहादुर मल्लद्वारा जारी विज्ञप्तीमा घटनाको भत्सर्ना गरिएको हो। ‘सुदूरपश्चिमकै स्थापित एफएम दिनेश संचार गृहमा अराजक शैलीले सह–सम्पादक जनक बिष्ट लगायतका पत्रकारहरुमाथि गरेको सांघातिक आक्रमणको घटनाप्रति नेपाली काँग्रेस डडेल्धुराको गम्भीर ध्यानाकर्षण भएको छ।’ विज्ञप्तीमा भनिएको […]
धनगढी — जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक युवकको शुक्रबार बिहान मृत्यु भएको घटना छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालयका एसपी राजीव बस्नेतको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनको म्याद दिइएको एसपी बस्नेतले बताएका छन् । चोरीको अभियोगमा चार दिनअघि […]
धनगढी–डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ५२ जनाको कोरोना परीक्षण भएकोमा थप दुई जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार दुबै जना डडेल्धुराको परशुराम नगरपालिकाका हुन्। वडा नम्वर ६ का दुई जनालाई संक्रमण पुष्टि भएको भूषालले बताए।
२७ भदौ, काठमाडौं । नगरकोट सामुदायिक होमस्टेमा शुक्रबार एक पाहुनालाई विदाई गर्दा गाउँलेहरु भावुक बने । पाँच महिनासम्म गाउँलेहरुसँग घुलमिल भएर बसेका यी पाहुना थिए, बेलायतका जोली जुक पिटर । कोरोना भाइरसको विश्वव्यापी महामारी शुरु भएपछि सरकारले ११ चैतबाट नेपालमा लकडाउन गर्यो । त्यसअघि १० चैतको राति १२ बजेबाटै अन्तर्राष्ट्रिय उडान बन्द भएका थिए । […]
विराटनगर – ‘भोकभोकै दिन–रात बिताएँ, यो पीडा कसरी भन्न सकुँला र ? यस्तो बेला खाना खुवाएर हाम्रो ज्यान बचाइदिए। धन्य, यो गुन बिर्सन सकिन्न ।’ कोरोना कहरले बन्द सहरका रित्ता सडकमा भोकले भौँतारिएका बेला स्वादिष्ट भोजन पाएपछि विराटनगरका गणेश थापाले निकै हर्षित हुँदै यस्तै प्रतिक्रिया व्यक्त गरे । स्थानीय क्याटरिङमा ज्यालादारी गर्दै आएका थापा जस्तै […]
काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने क्रममा कमिसन र सेटिङका लागि कर्मचारीलाई सरुवा गरेको छ । कम्पनीको चामल खरिद गर्ने क्रममा उच्च पदस्थ कर्मचारीले व्यापारीसँग कमिसन खाने लोभमा पुराना कर्मचारी हटाएर आफू अनुकूलका कर्मचारीलाई खरिदको जिम्मेवारी दिन थालेका […]
२७ भदौ, चितवन । चितवनमा एकैदिन ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टमा ८७ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरी ७३ जना छन् । कालिका नगरपालिकाका ६ पुरुष र २ महिला गरी […]
काठमाडौं । असारमा सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक प्रस्तावित अजेन्डामा छलफल नगरी शुक्रबार टुंग्याइएको छ । असार १० देखि सुरु बैठकमा प्रस्तावित सातवटा अजेन्डामध्ये सीमा समस्या र समाधानसम्बन्धी विषयमा मात्रै सदस्यले धारणा राख्न पाए । बाँकी अजेन्डाले बैठकमा प्रवेश नपाउँदै शीर्ष नेताहरूबीच विवाद उत्पन्न भयो । विवादका कारण लम्बिएको बैठक केही सहज परिस्थिति […]
२७ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको प्रकरणमा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो । शुक्रबार साँझ सवा […]
२७ भदौ, जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमणमुक्त भएका छन् । दश दिनको आइसोलेशन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो । संक्रमणमुक्त भएपछि उनले भने, ‘संक्रमणपश्चात् यो बीचमा खान मीठो नलाग्ने, आलश्यता हुने, निराशा आउने जस्ता कुराको अनुभूति भयो । हौसलाको ग्राफ पनि […]
महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ। प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ। यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ को कारण विगत वर्षहरूमा झै […]
धनगढी,भाद्र- २६ ।जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमै रहेका एकजनाको रहस्यमय मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा चोरीको अभियोगमा पक्राउ परेका १९ वर्षीय रोशन बिकको रहस्यमय तरिकाले मृत्यु भएको छ । थुनुवा कक्षमै रहेका मृतक विकको टाउँको आँखा,नाक,निधारमा चोटपटक देखिन्छ । तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले मृतक विकले […]
२६ भदौ, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा घरबेटीको कुटाइबाट भाडामा बस्ने एक व्यक्तिको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले जानकारी दिए । उनका अनुसार शुक्रबार विहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कुटपिट गरेका […]
रामबहादुर विक/बाजुरा २६ भदौ । जिल्ला अस्पताल बाजुरामा विरामीहरुको नाम दर्ताको पुर्जी काट्ने र विरामीलाई परामर्श बाहेक आवश्यक उपचार भने प्राईभेट मेडिकलमा हुने गरेको पाईएको छ । जिल्ला अस्पताल बाजुरामा दैनिक जसो जाने अधिकाँश विरामीहरुको सामान्य खालको उपचारपनि नगरेर मेडिकल पठाउँने गरेको भेटिएको छ । खुट्टाको औंलामा लागेको चोटको उपचार गर्न गएकी बडीमालिका नगरपालिका ९ […]
काठमाडौं, २६ भदौ । कोरोना भाइरस (कोभिड—१९) बाट आज थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ जना महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङमा ४० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै महोत्तरीमा ६५ वर्षिय, धनुषामा ४५ वर्षिय, काठमाडौंमा ७० वर्षिय […]