होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा सञ्चार गृहमाथि आक्रमण : जिल्ला प्रशासनमा धर्ना दिदै पत्रकार
समाचार

धनगढीमा सञ्चार गृहमाथि आक्रमण : जिल्ला प्रशासनमा धर्ना दिदै पत्रकार

  • नागरिक रैबार
धनगढीमा सञ्चार गृहमाथि आक्रमण : जिल्ला प्रशासनमा धर्ना दिदै पत्रकार

धनगढीः दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आन्दोलित भएका कैलालीका पत्रकारले आज पनि विभिन्न विरोधका कार्यक्रम गर्ने भएका छन्।

आन्दोलन अन्तरगत आज जिल्ला प्रशासन कार्यालय कैलाली अगाडी धर्ना दिने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगत साउँदले जानकारी दिए। उनले आज बिहान साढे ९ बजेदेखि प्रशासनको मूल गेट अगाडी धर्ना दिईने बताए।

यस्तै आजै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको समेत ध्यानाकर्षण गराउने कार्यक्रम रहेको महासंघका अध्यक्ष साउँदले बताए।

विज्ञापन

पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएपनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै आइतबार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो।

सोही अनुसार पहिलो दिन आईतबार धनगढीको पार्क मोडबाट जिल्ला प्रशासनसम्म ¥यालीको आयोजना गरिएको थियो। महासंघले तीन दिने आन्दोलनका कार्यक्रम घोषण गरेको हो।

आन्दोलन अन्तरगत तेस्रो दिन भोली सुदूरपश्चिम प्रदेश सभामा धर्ना दिने कार्यक्रम तय गरिएको पत्रकार महासंघ कैलाली शाखाले जनाएको छ।

आईतबार जिल्ला प्रशासन कार्यालय अगाडी कोणसभालाई सम्बोधन गर्दै सञ्चार गृह र पत्रकारमाथि भएको आक्रमणको निन्दा गर्दै पत्रकारहरुले संलग्नलाई तत्काल पक्राउ गर्न माग गरिएको थियो।

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५÷२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा धनगढीमा थुनुवा कक्षमै १९ बर्षीय युवकले गरे आत्महत्या शिर्षकको समाचार दिनेश खवरमा प्रकाशन भएको थियो।

तर दिनेश खवरमा पुगेका युवाहरुले भने आत्महत्या नभई हत्या भएको भन्दै सञ्चारमाध्यममा आक्रमण गरेका थिए। तर प्रहरीले भने अहिले पनि १९ वर्षीय युवक रोशन विकले आत्महत्या गरेको बताउँदै आएको छ।

तर प्रहरीले भने आक्रमणमा संलग्न समूहलाई अहिले सम्म पक्राउ गरेको छैन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक विष्टले संलग्नहरुको खोजी भईरहेको जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार