होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — बुटवलका मन्दिर, प्रहरी चौकीको प्रतिक्षालय, ट्राफिक चोक, चौराह । कुनै बेला यतै भेटिन्थिन् उनी । १५ वर्षकै उमेरमा जीवनका तीता भोगाइले उनलाई सडकमा पुर्यायो । आकाशलाई छानो जमिनलाई ओछ्यान बनाएर बुटवलका गल्ली र चोकहरुमा उनले तीन महिना बिताइन् । सानो उमेरमै सडकको जिन्दगी भोगेकी उनी हुन् सपना रोका मगर । दिनभर टोलाइरहन्थिन् सपना […]
जलेश्वर : महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । बिहीबार विहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएर स्थानीय […]
गुल्मी : इस्मा गाउँपालिकामा आज विहान जीप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नम्बरको जीप इस्मा –४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय […]
फक्ताङलुङ गाउँपालिका–६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ । केही वर्षयतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ । आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट बीउ खोजेर ल्याउनुपर्ने अवस्था आएको स्थानीयबासीले बताएका छन् । “सधैँ खम्बाचेन, घुन्सामा उत्पादित आलु फलेमा लगेर भण्डारण […]
नागरिक रैबार/बाजुरा १२ मंसिर। सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय बलदेव रेग्मीले प्रदेश सरकार मातहत संचालनमा रहेका बाजुराका सरकारी कार्यालयहरुको अनुगमन तथा सुपरिवेक्षण गरेका छन् । प्रदेश सभा सदस्य रेग्मीले प्रदेश सरकार मातहतका जिल्ला सदरमुकाम मार्तडीमा रहेका सरकारी कार्यालयको विहिबार र शुक्रबार अनुगमन गरेका हुन् । प्रदेश सभा सदस्य रेग्मीले प्रदेश सरकार मातहत संचालनमा रहेका जिल्ला […]
बझाङ मस्टा गाउँपालिका–२ की १४ वर्षीया बालिकालाई घट्टमा गएका बेला साउन २९ गते साँझ १८ वर्षीय राजेन्द बोहराले बलात्कार गरे । गर्भ रहे स्विकार्ने सर्तमा गाउँमै उक्त घटनामा मिलापत्र गराइयो । बलात्कार गरेबापत ५ सयको नोट जरिवानास्वरूप ती बालिकाको खुट्टामा राखेर बोहराले ढोगे । मिलापत्र भएको डेढ साता नबित्दै बोहराले १२ वर्षीया सम्झना कामीलाई बलात्कार […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । देशभर पश्चिमी वायुको प्रभावका कारण हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती […]
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र सङ्घीय सरकारका विभिन्न निकायबाट विकास आयोजनाको अनुगमन गर्न आएको एक टोलीका प्रतिनिधिबीच आज धनगढीमा छलफल भएको छ । उक्त टोलीका प्रतिनिधि र मुख्यमन्त्रीका बीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटमा सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका साथै प्रदेश र सङ्घीय सरकारद्वारा संयुक्त रुपमा सञ्चालित सडकलगायत विकास […]
१२ मंसिर, बागलुङ । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । पक्राउ पुर्जी जारीपछि जिल्ला […]
१२ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने परराष्ट्र मन्त्री स्तरीय बैठकको निम्तो दिएका छन् । बैठकको मिति यकिन नभए पनि डिसेम्बरको दोस्रो साता बैठक गर्ने विषयमा दुवै पक्षको बिचमा कुराकानी भइरहेको छ । मन्त्री ज्ञवालीसँगको शिष्टाचार भेटमा भारतीय विदेश सचिवले बैठकका […]
काठमाडौं । देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो । गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडादशैंका कारणले एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभाग, महिलाकल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधिकृत […]
काठमाडौं। दाङमा गोली लागेर घाइते भएको अवस्थामा एक व्यक्ति भेटिएका छन्। तुलसी उपमहानगरपालिका-१३ का ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर घाइते भएको अवस्था भेटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका डिआइजी रवीरन्द्र धानुकले जानकारी दिए। पौडेल गएराति ९ बजे लमही नगरपालिका-९ को च्याउ खोला जंगलमा घाइते अवस्थामा भेटिएका हुन्। पौडेलको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ। […]
११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भन्दा धेरै काम निजी क्षेत्रले गरेको बताएका छन् । र, निजी क्षेत्रको सफलता नै सरकारको सफलता भएको उनले बताएका छन् । धनको गरिब भए पनि सरकार मनको गरिब नरहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारसँग निजी क्षेत्रले डराउनु नपर्ने बताएका छन् । बालुवाटारमा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको […]
मंसिर, काठमाडौं । २० कात्तिकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा स्वीकृत गरेपछि स्थानीय तहहरूले धमाधम विद्यालय सञ्चालन गर्न दिने निर्णय गरे । कार्यढाँचामा प्रदेश सरकार तथा स्थानीय सरकारहरूलाई विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयारी गरेर विद्यालय खोल्न सकिने भनिएको छ । मन्त्रालयले कार्यढाँचा जारी गरेको […]
काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका छन् । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव […]
संसदीय सुनुवाइ समितिले समानुपातिक समावेशीतालाई व्यवहारमा कार्यान्वयनका गर्न छुट्टै ऐन बनाउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले संविधानले परिकल्पना गरेको र मौलिक अधिकारका रुपमा समेत रहेको समानुपातिक समावेशीतालाई व्यवहारतः कार्यान्यनका लागि छुट्टै ऐन ल्याउन निर्देशन दिएको हो । सर्वस्वीकार्य हुनेगरी संविधानको प्रस्तावना र मौलिक अधिकारको धारा ४२ मा उल्लेख भएअुनसार ऐन बनाउन […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले कोभिड–१९ को समस्याका बेला सरकारको सहयोग परिमाणमा नभएर क्षमता र दक्षतामा हेर्नुपर्ने बताएका छन् । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारबाट उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समस्यामा परेका निजी क्षेत्रले सरकारबाट ठूलो आर्थिक सहयोगको अपेक्षा गर्ने भन्दा पनि सरकारको क्षमता हेर्नुपर्ने बताए । ‘कोभिड–१९ को समस्यामा परेका […]
खानेपानीमन्त्री बीना मगरले लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छन् । बुधबार पुनर्वास नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले हिंसारहित समाज निर्माणका लागि समाजका हरेक तप्काले एकबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको बताइन् । समतामूलक समाज निर्माण भएपछि मात्रै विकास र समृद्धि आउन सक्ने उनको भनाइ थियो । […]
११ मंसिर, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले भेटवार्ता सुरु भएको छ । बिहीबार विहान काठमाडौं आएका उनी अहिले दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्तामा छन् । होटल याक एण्ड यतीमा जारी वार्ता सकिएपछि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्नेछन् । त्यसक्रममा उनले दुई हजार भाइल रेमडिसिभिर हस्तान्तरण गर्ने कार्यक्रम छ […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले यहाँ आज आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा ‘दोलखाली सर्जक’ (पुस्तक समीक्षा) र ‘डाँडाको लाँकुरी’ (कवितासङ्ग्रह) विमोचन गर्दै मन्त्री गुरुङले आफूहरु परिवर्तन हुन तयार रहेको तर सत्ता […]