होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चिनियाँ रक्षामन्त्री भोलि नेपाल आउँदै
समाचार

चिनियाँ रक्षामन्त्री भोलि नेपाल आउँदै

  • नागरिक रैबार
चिनियाँ रक्षामन्त्री भोलि नेपाल आउँदै

काठमाडौँ । चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक औपचारिक भ्रमणमा नेपाल आउँदैछन् । एकदिनको लागि वेइ फेङ्गे आइतबार अर्थात भोलि नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै जनरल वेइ फेङ्गेको नेपाल भ्रमणको बारेमा औपचारिक जानकारी दिएको छ । परराष्ट्र मन्त्रालय र रक्षामन्त्रालयले चिनियाँ रक्षामन्त्रीको भ्रमणको तयारी तीब्र पारेका छन् ।

नेपाल आएकै दिन वेइ फेङ्गेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विज्ञापन

चिनियाँ रक्षामन्त्री वेइ फेङ्गे नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठ मनाउने सिलसिलामा नेपालको भ्रमण गर्न लागेका हुन् ।

भारतीय सेनाध्यक्ष, रअ प्रमुख र विदेशसचिवको नेपाल भ्रमणपछि चिनियाँ रक्षामन्त्रीको वेइ फेङ्गेले नेपाल भ्रमण गर्न लागेका हुन् । वेइको भ्रमणलाई चासोको साथ हेरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार