होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनमा देशको केहि पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख छ। बिहीबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा […]
वैशाखमा चुनाव हुने स्थिति आउनु भनेको मुलुक संविधाननिर्देशित मार्गचित्रबाट बाहिर जानु हो । अहिले बेलाबेला चर्चामा आइरहने ‘संकटकाल’ वैशाखदेखि असारको बीचमा पनि चुनाव भएन भने लाग्न सक्छ । दलहरुसँग राजनीतिक सहमति गरेर समस्या सल्टाउन २०६२÷६३ देखि संविधान नबन्दासम्मको अवस्थामा समय धकेलिन्छ । त्यतिखेर कि प्रधानमन्त्री केपी ओलीले नै संकटकाल लगाएर झन् निर्मम निर्णय गर्दै जानुपर्यो […]
काठमाडौँ । सरकारले अध्यादेशमार्फत सङ्घीय निजामती सेवा ऐन जारी गर्ने आन्तरिक तयारी गरेको छ । कर्मचारीको मनोबल उच्च पार्नुका साथै कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान गर्न अध्यादेशमार्फत ऐन जारी गर्ने तयारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थालेको हो । अध्यादेश जारी गर्न मन्त्रालयले सरोकारवालासँग प्रारम्भिक छलफल सुरु गरेको छ । अब यसलाई छिट्टै मन्त्रिपरिषद्मा […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् । नेपालले प्रतिनिधिसभा विघटन नेकपा मात्र नभएर देशै सिध्याउने कदम भएको दाबी गर्दै मुलुकलाई संकटमा जानबाट रोक्न यस्तो प्रस्ताव गरेका हुन् । काठमाडौंको […]
राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा एक वर्षदेखि छलफलमा रहेको रेल्वे विधेयक संसद्बाट पारित नहुने भएपछि सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । तर राष्ट्रियसभामा सत्तापक्षको बहुमत नपुगेपछि बिहीबारको बैठकका सम्भावित कार्यसूचीमा रेल्वे विधेयक फिर्ता गरिने विषय समावेश गरिएको छैन । बैठक बस्ने बेलासम्म बहुमत पुग्ने अवस्था आए मात्र त्यसलाई कार्यसूचीमा राख्ने सत्तारूढ दल नेकपा ओली समूहका […]
प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चोधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धनले जित्दा पनि झण्डै तीन वर्षअघि गठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा मुस्किलले एक जना मात्रै मन्त्री पायो । त्यो पनि पुष्पकमल दाहालको कोटामा उनकै बुहारी बिना मगर मन्त्री भइन् । तत्कालिन एमाले पृष्ठभूमिबाट आएका सांसदमध्ये कसैले पनि मौका पाएनन् । प्रतिनिधिसभा विघटनपछि नेकपा […]
विश्वका भैँसीविज्ञको सहभागितामा दसाैँ एसिया क्षेत्रीय भैँसीविज्ञको महासभा (दसाैँ एसियन बफेलो कँग्रेस) नेपालमा हुने भएको छ । आगामी २० जेठदेखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो । एसियन बफेलो एसाेसिएसन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशुसेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो । महासभाको सहआयोजकमा नेपालका प्रदेश सरकारअन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी […]
सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि तयारी थालेको छ । हरेक हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिँदै आएको छ । नेपालका लागि आयातित रोग भए पनि १० वर्षदेखि किसानले यसको समस्या भोग्दै आएका छन् । केही दिनअघि छिमेकी देश भारतको पश्चिम क्षेत्रमा बर्डफ्लु देखिएको थियो । भारतमा बर्डफ्लु देखिएसँगै नेपाल सरकारले यसको नियन्त्रणका लागि […]
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । धनगढीमा आज पत्रकार सम्मेलन गर्दै उनले पदबाट राजीनामा दिएको जानकारी दिए । बाेहराले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएको बताए । उनी केही दिनअघि ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका थिए । बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम-२ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका […]
अनेरास्ववियुका संयोजक ऐन महरले संगठनको सम्पत्ति दुरुपयोग नगर्न चेतावनी दिएका छन् । माउ पार्टी नेकपा दुई समूहमा विभाजित भएपछि बागबजारस्थित कार्यालयमा प्रचण्ड–माधव समूहले कब्जा गर्ने तयारी गरेपछि महरले कार्यालय, लेटरप्याड र सम्पत्ति दुरुपयोग नगर्न सचेत गराएका छन् । ‘यस्ता क्रियाकलाप जारी राखे संगठनात्मक कारवाही गर्न र संगठनको सम्पत्तिको सुरक्षाको लागि कडा कदम चाल्न अनेरास्ववियु बाध्य […]
२२ पुस, गुल्मी । गुल्मी जिल्ला प्रशासनले नागरिक मैत्री सेवा दिने थालनी गरेको छ । जिल्ला प्रशासनमा विभिन्न सेवा लिनआउने सेवाग्रहीले छिटो छरितो सेवा पाएसँगै प्रशासनले दिनेसेवा प्रति सेवाग्रहीले खुसी व्यक्त गरेका छन् । प्रशासनले सेवाग्राहीको कामलाई अधिकत्तम छिटो छरितो सेवा दिन थालेको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता लगायत प्रशासनबाट हुने विभिन्न सेवा […]
२२ पुस, काठमाडौं । संसद विघटन असंवैधानिक भएको भन्दै अनेरास्ववियूले काठमाडौंमा लालटिन जुलुस निकालेको छ । जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत सहभागी छन् । ‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले लालटिन जुलुस निकालेका हुन् । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, […]
२२ पुस, सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् । सिन्धुलीमा बुधबार पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टी एकता, कम्युनिस्ट एकता, देश र जनताको हितका लागि आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई पार्टी विभाजन नभई एकताका पक्षमा उभिन […]
पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा […]
धनगढीः नेकपा सुदूरपश्चिम ओली समूहको प्रदेश कमिटिको बैठक धनगढीमा सुरु भएको छ। बुधबार दिउँसो १२ बजे बस्ने भनीएको बैठक १ बजेपछि धनगढीस्थित ओम प्यालेसमा सुरु भएको हो। बैठकमा नेकपा ओली समूहका सुदूरपश्चिम इन्चार्ज एवंम उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण थापा, वन तथा वातावरण मन्त्री प्रेम आले, संघीय मामिला तथा सामान्य प्रशासन […]
विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ उभिएका छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का तर्फबाट प्रत्यासी रहेका साह अहिले नेकपाभित्रको किचलोमा प्रधानमन्त्री ओली नेतृत्वको समूहमा उभिएका हुन् । जिल्लामा साहको […]
हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै […]
२२ पुस, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले किन ढिलाइ गरिरहेको भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दा प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी हुँदाहुँदै पनि अदालतले ढिलाइ गर्नुले अदालतमाथि प्रश्न उठ्ने बताए । ‘प्रतिनिधि सभा विघटन अदालती व्यवस्था अनुसार प्रथम दृष्टिमै […]
कञ्चनपुर– भीमदत्त नगरपालिका–९ खल्लाका नन्दा भुलको उमेर ६० वर्ष ढल्किनै लागेको छ । उमेर ढल्दै गए पनि काम गर्ने जोस् र जागर भने तन्नेरीको जस्तै छ । बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म महाकाली नदीको बगरमा बालुवा गिट्टी चाल्नु उनको दिनचर्या हो ।नदीको बगरमा बालुवा नचाले उनको घरको चुलोमा आगो बल्दैन । बाध्यतावस उनले बालुवा गिट्टी चाल्ने […]
२२ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले यो विवाद वृहत् पूर्णइजलासमा पेश गर्न माग गरेका छन् । उनले वृहत् पूर्णइजलासमा पेश गर्न माग्दै निवेदन पनि दर्ता गराए । दुई तिहाइ बहुमत नजिक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस […]