होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • निजामती सेवा ऐन अध्यादेशबाट ल्याउने तयारी
देश/प्रदेश

निजामती सेवा ऐन अध्यादेशबाट ल्याउने तयारी

  • नागरिक रैबार
निजामती सेवा ऐन अध्यादेशबाट ल्याउने तयारी

काठमाडौँ । सरकारले अध्यादेशमार्फत सङ्घीय निजामती सेवा ऐन जारी गर्ने आन्तरिक तयारी गरेको छ । कर्मचारीको मनोबल उच्च पार्नुका साथै कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान गर्न अध्यादेशमार्फत ऐन जारी गर्ने तयारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थालेको हो ।

अध्यादेश जारी गर्न मन्त्रालयले सरोकारवालासँग प्रारम्भिक छलफल सुरु गरेको छ । अब यसलाई छिट्टै मन्त्रिपरिषद्मा पेस गरिने भएको छ ।मन्त्रालयको प्रशासन महाशाखा प्रमुुख एवं सहसचिव राजीव पोखरेलले भने, “अध्यादेशबाटै भए पनि सङ्घीय निजामती सेवा ऐन जारी गर्नुपर्ने महसुस गरिएको छ । यसका लागि मन्त्रालयले आवश्यक तयारी पनि गरिरहेको छ ।”

प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनको समेत छाता ऐनका रूपमा रहेको सङ्घीय निजामती सेवा ऐन जारी हुन ढिलाइ हुँदा सङ्घीयता कार्यान्वयनमा समस्या देखिएकाले अध्यादेशबाटै भए पनि ऐन जारी गर्ने योजना बनाइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार