होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षार्थ नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको छ। संघीय प्रहरी इकाइ कार्यालय धनगढीमा स्थापना गरिएको कुकुर शाखामा रहेका राजा र रानी नाम दिइएका कुकुर प्रयोग गरिएको हो। धनगढी विमानस्थलमा चेकजाँचका लागि ‘राजारानी’ को प्रयोग गरिएको प्रहरीले जनाएको छ। नेकपा विभाजन भएपछि ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न […]
काठमाडौँ — इजलास स्थगित भएन र ‘हेर्न नभ्याउने’ भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ । केही निवेदनमाथिको सुनुवाइ गर्ने इजलासको नेतृत्वमा रहने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अहिलेसम्मकै कठोर नैतिक संकटमा पर्नेछन्, किनभने उनले आफैंमाथि पनि ‘कारण देखाऊ आदेश’ जारी गर्नुपर्नेछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा । […]
पोर्चुगल । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका कुँवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार […]
धनगढीः प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक सुदूरपश्चिम आउन लागेका पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा सहभागी हुने÷नहुने विषयमा प्रदेश सरकारका मन्त्रीहरु नै अन्योलमा परेका छन्। तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले एकिकरणपछि बनेको नेकपा विभाजन भएपछि औपचारिक रुपमा अलग नभइसकेको पार्टीका अध्यक्ष एवंम् प्रधानमन्त्रीको स्वागतबारे निर्णय लिन मन्त्रीहरुलाई असहज भएको हो। प्रतिनिधिसभा विघटनपछि […]
धनगढीः धनगढी विमानस्थलको सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएपछि शुक्रबार बिहानै विमानस्थलमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् भने प्रधानमन्त्रीको सुरक्षार्थ नेपाली सेनाको विशेष टोली समेत परिचालन गरिएको छ। चेकजाँचका लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको छ। नेकपा विभाजनपछि प्रधानमन्त्री ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आइरहेका […]
कोरोना संक्रमणले जकडेका बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधी भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) को इन्टेन्सिव केयर युनिट (आइसीयू) मा यी भ्याक्सिनको ट्रायल गर्ने अनुसन्धानकर्ताले यी औषधी खोपमार्फत् दिइने र उपचार […]
२४ पुस, काठमाडौं । महामारीका कारण विकासको गति सुस्त भएका बेला सरकारले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको छ । धेरैजसो ठेकेदारहरु ६४ अर्बको नगदी तरलता हुने गरी भुक्तानी माग्दै साइटमा फर्किन मानेका छैनन् । यस्तो बेलामा अर्थ मन्त्रालयले काम भइसकेका विकास आयोजनामा भुक्तानी दिन आनाकानी गरेको गुनासो आउन थालेको छ । चुनावका […]
२४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन् । उनी बिहान नौ बजे धनगढी जाने पूर्वनिर्धारित कार्यक्रम छ । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ । त्यहाँ ५० हजार कार्यकर्ता […]
२३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुको गतिविधि र उनीहरुले सामाजिक सञ्जालमा प्रकट गर्ने अभिव्यक्तिले अनेक किसिमका संज्ञा पाउने गरेका छन् । दुईतिहाइ नजिकको संसदीय बहुमतसहित ओली प्रधानमन्त्री बनेपछि उनका समर्थकहरूका लागि प्रयोग हुने चल्तीका शब्दहरू हुन्– अरिगांल । ओलीको प्रतिरक्षामा उत्रने समर्थकहरुका लागि ‘हनुमान’ र ‘अरिगांल’ शब्द प्रयोग सामान्य बनेकोमा केही दिन […]
२३ पुस, काठमाडौं । अमेरिकी खोप निर्माता कम्पनी मोडेर्नाले आफ्नो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले दुई वर्षसम्म सुरक्षा दिने दाबी गरेको छ । मोडेर्नाका प्रमुख कार्यकारी अधिकृतले बिहीबार यस विषयमा अझै धेरै डेटाहरुको अध्ययन गर्न बाँकी भए पनि खोपले दुई वर्षसम्म सुरक्षा दिन सक्ने देखिएको बताएका हुन् । गत वर्ष कम्पनीले कोरोनाविरुद्धको खोपले केही सातासम्म […]
२३ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति अहिलेको समस्या भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तर्क्रियामा नेता नेपालले प्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि नै आफैंले संसदमा देश डुब्न लायो भनेर बोलेको स्मरण गरे । त्यही बोले वापत आफूलाई खेदेको भन्दै उनले कार्यशैली सुधारका […]
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई यतिबेला निकै समस्या परेको छ । वडा कार्यालयको कामकाजसँगै केही दिनयता नियमितजसो भइरहने पार्टीका कार्यक्रममा समेत उपस्थित हुनुपर्ने भएका कारण उनलाई गाह्रो भएको हो । उनलाई एकातिर सेवाग्राहीको कामको चाप, अर्कोतिर कार्यक्रममा नजाँदा फरक समूहको आरोप लाग्ने डर छ । ‘वडाध्यक्ष भनेको त कर्मचारी जस्तै हो, एक दिन कार्यालय […]
सुर्खेत । दाङबाट रिजर्भ लिन सल्यानको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दिउँसो करिब २ः५० मा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । जिल्ल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नदीमा डुबेको बसबाट एक जनाको शव निकालिएको छ । अर्का एक जनालाई […]
काठमाडौं । कोटेश्वरस्थित महादेवस्थान मन्दिर नजिकै १४ वर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन् । उदयपुरको गाईघाट घर भएका आशिष चौधरीले झुण्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाइ बताए । घरको पैसा चोरेको निहुँमा आमाले गाली गरेपछि आवेगमा उनले आत्महत्या गरेका हुन् । आमा पसलमा बसिरहेको बेला चौधरी सलको पासो लागेर झ्यालमा […]
काठमाडौं । जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् । संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने उनले बताए । संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै सम्भ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको उनको भनाई छ । ‘संसद पुनःस्थापनाले अहिलेको […]
काठमाडौं– नेपालमा आज थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४१२ पुगेको हो । मन्त्रालयका अनुसार ५ हजार १३२ जनामा गरिएको पीसीआर परीक्षणमा ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ […]
काठमाडौं, २३ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच केन्द्र देखि प्रदेशसम्म समिकरणको तयारी भएको छ । दुई नेताबीच केन्द्र सरकारले गर्ने नियुक्ति देखि प्रदेश सरकारमा समेत समिकरण बनाएर जाने तयारी भएको हो । यसका लागि दुवै नेताबीच नियमित छलफल भइरहेको बुझिएको छ । नेपाल कम्युनिस्ट पार्टी विभाजनसँगै प्रदेश १ […]
राष्ट्रियसभा सांसद विमला राई पौड्यालले राजनीतिक दलले गरेको आन्दोलनमा राष्ट्रपतिको यौनिकतालाई विषय उठाइएको भन्दै आपत्ति जनाएकी छन् । केही दिनअघि काठमाडौंमा नेकपाको प्रचण्ड– माधव समूहले गरेको विरोध कार्यक्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी भएको थियो । त्यस क्रममा राष्ट्रपतिको यौनिकतामाथि हमला भएको भन्दै उनले भनिन्, ‘त्यहाँ जुन किसिमको नाराहरु लागे । यदि पुरुष राष्ट्रपति भएको भए र त्यही […]
काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्रीले संविधानअनुसार संसद विघटन गर्न नसक्ने बताएका छन् । बिहिबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले लामो समय लगाएर देश र विदेशका विज्ञसँग समेत परामर्श गरेर प्रधानमन्त्रीले आफ्नो सनकमा संसद भंग नगरोस भनेर संविधानको धारा ७६ र १०० मा जानेसम्मको भाषा लेखेको उल्लेख गरे । उनले भने– ‘संविधान बनाउँदा १५ सदस्यीय […]
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा ४१ बमोजिम […]