होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं -: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध मोर्चावन्दी भइरहेको बेला प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाई जनमत देखिएको छ `। पछिल्लो पटक गरिएको भोटिङ पोल को नतिजामा दुई तिहाई जनमत प्रधानमन्त्री केपी ओलीकै पक्षमा रहेको तथ्य उजागर गरेको हो `। चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफ्नो कार्यक्रम सिधाकुरा जनतासँग […]
२३ पुस, काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले प्रतिनिधिसभा विघटनको चर्को विरोध गरेका छन् । बिहीबार बसेको बैठकमा बोल्दै सांसद मृगेन्द्रकुमार सिंह यादवले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असामयिक कदम हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले पदीय आचरण विपरीत काम गरेको सांसद यादवको आरोप छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको यो कदमको, काम सम्मान […]
कृषि तथा पशुपन्छी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सातवटा सीमा नाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा […]
धनगढीः नेकपाको ओली समूहले पुस २४ गते धनगढीमा जनसभाको आयोजना गर्ने भएपछि धनगढीको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रतिनिधि सभा भंग गराएपछि उत्पन्न राजनीतिक संकटपछि उनको आफ्नै समूहले आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न उनी धनगढी आउन लागेका हुन्। यसैबीच धनगढीको सुरक्षा व्यवस्थामा कडाइ पारिएको छ। हुन सक्ने सम्भावित जोखिम तथा […]
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको राष्ट्रियसभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले प्रतिनिधिसभा विघटन, कालिकोट जिल्लामा बाढी प्रभावितको व्यवस्थापन र उखु किसानको भुक्तानी लगायतका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद उदया शर्मा पौडेलले २०१७ साल पुस १ गतेको शाही कदमको पुनरावृति हुने […]
२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको आरोप लगाएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफूले संविधान नमान्ने, अरुले मात्र मान्नुपर्ने भन्ने सोचाइ राखेको भन्दै उनी हिटलर हो भनी प्रश्न गरेका हुन् । ‘संविधान प्रधानमन्त्रीले मान्नु नपर्ने ? अरु राजनीतिक दलले […]
बझाङ — दलित समुदायले पुर्खादेखि भोगचलन गर्दै आए पनि गैरदलितले स्वामित्व दाबी गरेका कारण विवादित जग्गामा सहमति जुटेको छ । उक्त जग्गा दलितको नाममा दर्ता गर्न गैरदलितहरू सहमत भएका छन् । जयपृथ्वी नगरपालिका–८ मा रहेको जग्गाको स्वामित्वका लागि यहाँका २० परिवार दलित लामो समयदेखि संघर्ष गर्दै आएका थिए । जयपृथ्वी नगरपालिका–८ मा जग्गाको जग्गाको विवाद मिलाउन प्रमुख जिल्ला […]
काठमाडौं । घुस लिएको आरोप लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए । सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार घुस लिएको थाहा पाएपछि पुस १९ मा काठमाडौंका एसएसपी अशोक सिंहले […]
२३ पुस, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र मन्त्रीसहित ८ जनासँग स्पष्टिकरण माग गरेको छ । नेकपा ओली समूहले प्रचण्ड माधव समूहका १६ सांसदलाई कारवाही गरेको एक सातापछि बुधबार प्रचण्ड– माधव समूहले मुख्यमन्त्री राईसहित आठ जनासँग २४ घण्टे स्पष्टिकरण सोधेको हो । स्पष्टिकरण […]
२३ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको बताएका छन् । पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनको तर्क छ । बिहीबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै गौतमले अविश्वासको प्रस्ताव लैजाने बेला आफूलाई नसोधिएको गुनासो गरे । यसअघि प्रधानमन्त्रीको […]
२३ पुस, काठमाडौं । हिउँदे सिजनमा हिमाल आरोहण गर्न ६ टोलीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका सोमबारसम्म कुल ६ वटा हिमाल चढ्न १६ जनाले आरोहण अनुमति लिएका हुन् । सामान्यतया हिउँदे सिजनमा हिमाल आरोहणमा कम मात्र आरोही जान्छन् । त्यसमा पनि यो सिजन आगामी बसन्त ऋतुमा सगरमाथा चढ्नेले साना हिमाल आरोहण गरी अभ्यास […]
२३ पुस, जनकपुरधाम । सिराहामा एक घरमा आगलागी हुँदा ८ वर्षीय बालकको जलेर मृत्यु भएको छ । बुधबार साँझ मिर्चेया नगरपालिका-७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा जाबिरको मृत्यु भएको हो । प्रहरीका अनुसार ८ वर्षीय छोरालाई घरभित्र सुताएर आमाबुवा बजार गएको समयमा आगलागी हुँदा बालकको मृत्यु भएको हो । बुधबार […]
धनगढीः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई अनेरास्ववीयू कैलालीले कालोझण्डा देखाएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिकाको सुख्खडमा मन्त्री चौधरीलाई प्रचण्ड–नेपाल समूहको अनेरास्ववीयूका विद्यार्थीले कालोझण्डा देखाएका हुन्। प्रतिनिधिसभा विघनपछि गठित असंवैधानिक मन्त्रिपरिषद्मा मन्त्री बनेको भन्दै चौधरीलाई कालोझण्डा देखाइएको अनेरास्ववीयूले जनाएको छ।
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) प्रतिनिधिसभा विघटनको असंवैधानिक तथा अलोकतान्त्रिक कदमकाविरुद्ध उल्टो हिँडेर विरोध प्रदर्शन (उल्टो जुलुस) गर्ने भएको छ । बिहीवार नै बसेको नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको बैठकले सरकारको प्रतिगामी कदमका बिरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेविसंघले पुस २४ गते दिउँसो १ बजे माइतीघर मण्डलाबाट सरकारको […]
वासिङ्टन — अमेरिकी संसद् भवनबाहिर राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिंसा भड्काएपछि केही सांसदले जनवरी २० भन्दा अघि नै राष्ट्रपति ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउनुपर्ने बताएका छन् । जनवरी २० मा जो बाइडेनले अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् । तर राष्ट्रपति ट्रम्पले हिंसाका लागि उक्साएको आरोप लगाउँदै केही सांसदहरुले भने उनलाई जनवरी २० अघि नै राष्ट्रपति भवनबाट […]
आज दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ । अघिल्लो साता सुरु भएको हिउँदे अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो । बैठकको कार्यसूची तय गर्नका लागि अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र राष्ट्रिय सभा अन्र्तगत रहेका विषयगत समितिका सदस्यहरुको […]
भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो । उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार […]
विगत एक वर्षदेखि बढी समय भयो चीनको वुहान शहरबाट उत्पत्ति भई कोरोनाभाइरस संसारभरि नै फिजियो। विज्ञान र आधुनिक चिकित्साका धुरन्धर शक्तिशाली देशसहित सारा संसार नै यस सूक्ष्मजीवको आतंक एवं प्रकोपले घरमै थुनिन बाध्य भयो। परम्परागत चिकित्सा प्रणालीदेखि आधुनिकतम ल्याबहरुमा युद्ध स्तरमै यस भाइरस विरुद्ध प्रभावकारी उपाय खोज्ने दिशामा सक्रिय प्रयास हुन थाले । रेकर्ड समयमै […]
अर्जुन शाह, धनगढी — प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चौधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धनले जित्दा पनि झन्डै तीन वर्षअघि गठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सुदूरपश्चिमले मुस्किलले एक जना मात्रै मन्त्री पायो । त्यो पनि पुष्पकमल दाहालको कोटामा उनकै बुहारी बिना मगर मन्त्री भइन् । तत्कालीन एमाले पृष्ठभूमिबाट आएका सांसदमध्ये कसैले पनि मौका पाएनन् । प्रतिनिधिसभा […]
२३ पुस, धनगढी । नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो । प्रदेश इन्चार्ज लेखराज भट्टका अनुसार, रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न सिफारिस गरिएको छ । अनलाइनखबरसँग भट्टले भने, ‘उहाँलाई हामीले कार्बाही गर्न […]