होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नयाँदिल्ली– कोरोना संक्रमणको महामारीसँगै भारतमा बर्डफ्लुको त्रास फैलिएको छ । मध्य प्रदेश, गुजरात, केरला, हिमाञ्चल र महाराष्ट्रमा बर्डफ्लु संक्रमण फैलिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । बर्डफ्लु फैलिएपछि हजारौं कुखुरा र पशुपन्छीहरु नष्ट गरिएको छ । मध्यप्रदेशमा कागबाट बर्डफ्लु फैलिएको स्वास्थ्यकर्मीले बताएका छन । हिमाञ्चल प्रदेशमा २ हजार ४ सय पशुपन्छी बर्डफ्लुका कारण मरेका छन् […]
नयाँदिल्ली – भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ ।भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार […]
विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ उभिएका छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का तर्फबाट प्रत्यासी रहेका साह अहिले नेकपाभित्रको किचलोमा प्रधानमन्त्री ओली नेतृत्वको समूहमा उभिएका हुन् । जिल्लामा साहको […]
प्रतिनिधि सभा विघटन बिरुद्धको रिटमा बहस सुरु भएको छ । आजको बहसमा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नी खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्ने भएका छन् । संवैधानिक इजलासमा रहेको यो रिटलाई बृहत् पूर्ण इजलासमा सार्न १२ जना निवेदकहरुले निवेदन दिएका थिए । तर, अहिलेसम्म उनीहरुको निवेदनको सुनुवाइ हुन सकेको छैन । प्रतिनिधि सभा विघटन […]
काठमाडौ, २१ पुस । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदै छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि विशेष अधिवेशनमा बोलाइएकाे हाे । अधिवेशनमा कोरोना भाइरसको महामारीका विषयमा छलफल हुनेछ। अन्य प्रदेशजस्तो सरकार फेरबदलको विषय यस प्रदेशमा नउठ्ने देखिएको छ । संवैधानिक व्यवस्थाअनुसार कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशन आह्वानका लागि […]
काठमाडौं, २१ पुस । नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै अनेरास्ववियूले देशव्यापी आन्दोलनको घोषणा गरेको हो। बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । आन्दोलनका कार्यक्रम लिपुलेकसहितको पाठ्यपुस्तक वितरण गर्न मागदेखि प्रधानमन्त्रीको […]
काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका छन् । लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ । बीबीसीका अनुसार बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने अनुमान गरिएको छ । प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै भनेका छन्, ‘जसरी संक्रमण बढ्दै गएको छ, यसबाट स्पष्ट भएको […]
पुस २१ काठमाडौं । बाक्लो हुस्सु र तुवाँलोको असर हवाई उडानमा समेत परेको छ । सोमबार विहान पनि सबैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो । मंगलबार विहान साढे १० बजेसम्म तराईका तीन वटा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् । त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका […]
कास्की– गण्डकी प्रदेशमा आगामी फागुन २० गतेदेखि पर्वतीय खेलकूद महोत्सव आयोजना हुने भएको छ । माउन्टेन स्पोर्टस् फेडेरेशनको आयोजनामा परम्परागत तथा साहसिक पर्वतीय खेलकूदको माध्यमद्वारा दिगो पर्यटनको प्रवद्र्धनको लक्ष्यसहित आठौँ संस्करणको पर्वतीय खेलकूद महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा परम्परागत आर्चरी, ठेलो, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, […]
काठमाडौँ- नेपाली सेनाले २९४ कर्मचारीका लागि आवेदन मागेको छ ।सेनाको छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा आवेदन मागेको हो । लेखा जमदार, पुजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा सोमबार सूचना निकालेर दरखास्त खुलाएको हो।लेखा जमदारमा ५० जनाको माग भएको छ । जसमा खुल्लातर्फ २७ जना छन् भने अरू समावेशीतर्फ माग भएको छ। यस्तै पुजारी […]
धनगढी– नेपाल कम्युनिस्ट पार्टी नेकपा ‘ओली समूह’ले पुस २४ गते (शुक्रबार) धनगढीमा बृहत जनसभा गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी तीव्र भएको जानकारी दिए । उनका अनुसार सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले बताएअनुसार […]
खप्तड– सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो । सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए। […]
प्रतिनिधि सभा विघटन बिरुद्ध अधिवक्ता सन्तोष भण्डारीले सर्वोच्च अदालतमा दायर गरेको रिट बिरुद्ध अधिवक्तात्रय राजीव बास्तोला, पुरुषोत्तम प्रसाद लोहनी र सविन पोख्रेलले उत्प्रेषण माग गर्दै निवेदन दायर गरेका छन् । प्रतिनिधि सभा विघटनबिरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गरेका अधिवक्ता सन्तोष भण्डारीलाई विपक्ष बनाएर अधिवक्तात्रयले हिजो अपरान्ह रिट दायर गरेका हुन् । रिटमा उनीहरुले […]
काठमाडौं । सभाुमख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका छन् । अहिलेको परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै सभामुख सापकोटाले भने, ‘यहि परिस्थितिमा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छैन । अदालतमा पनि त्यसै अनुसारको जवाफ दिँदै छु ।’ पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर महिला संगठनहरुले सभामुख अग्निप्रसाद […]
काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । तर, अधिवेशन सुरु हुन नपाई अन्त्य गर्ने हतारो सरकार र राष्ट्रिय सभा अध्यक्ष दुवैलाई छ । सरकारको नियत त चाँडो अन्त्य गर्ने नै भयो, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वयं पनि सकेसम्म छिटो अधिवेशन अन्त्य गर्ने मुडमा छन् ।सातौं अधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रियसभा […]
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा परेका छन् । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । तीमध्ये प्रचण्ड–माधव पक्षमा ३० जना सांसद छन् । यस्तै ओलीको पक्षमा ६ जना सांसद मात्र छन् । सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले आह्वान […]
काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण यस वर्ष गरिने भएको छ ।आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले आगामी फागुन अन्तिम साता अवार्ड आयोजना गर्ने जानकारी दिएको हो । नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक […]
कैलाली– सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ । यहाँका कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला तथा डोटीमा ब्लड बैंक नभएका कारण रगतको आवश्यक परेमा स्थानीयवासीले सेना तथा प्रहरीका ब्यारेकमा धाउनुपर्ने हुन्छ । रगत आवश्यक परेका बिरामीलाई यहाँका सुरक्षाकर्मीले भनेकै […]
काठमाडौँ- मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मुलुकभर पश्चिमी वायुको प्रभाव कायमै रहकाले आजदेखि मंगलबारसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।तीन दिनसम्म हिमपात र वर्षा हुँदा तापक्रम घट्ने भएकाले […]
काठमाडौँ- सरकारले प्रतिनिधिसभा विघटनको कारण सर्वोच्च अदालतमा आज जवाफ पेस गर्दैछ ।पाँच वर्षको कार्यकाल नसकिँदै पुस ५ मा प्रतिनिधि विघटन गरेको सरकारले त्यसको संवैधानिक आधार र औचित्य पुष्टि गर्न आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्न लागेको हो । राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले जवाफ तयार पारेका छन् । आजै दिउँसोसम्म सर्वोच्च अदालतमा […]