होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डको सोमबारको निर्णयअनुसार परीक्षाफल प्रकाशित गरिएको हो । बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिका भन्दा ढिला गरी मंसिरमा र संक्रमित परीक्षार्थीहरुको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार […]
धनगढी। नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई कटाक्ष गरेका छन्। शनिबार धनगढीमा आयोजित जनसभामा बोल्दै नेपालले ओलीले पार्टी बिधानविपरित नियुक्त गरेका केन्द्रीय सदस्यलाई निर्वाचन आयोगले मान्यता नदिएपछि कटाक्ष गरेका हुन्। कार्यक्रममा नेपालले छिट्टै प्रतिनिधिसभा पुनस्र्थापना भई केपी ओलीको बहिर्गमन हुने बताए। उनले प्रधानमन्त्री केपी ओली आफ्नै कर्तुतले गर्दा पतन हुने […]
संयुक्त अरब इमिरेट्स (युएई)ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ । कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो । युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले भनेका छन् लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायतका काबिल व्यक्तिहरुलाई युएईको […]
आज ६८ औं विश्व कुष्ठरोग दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उदेश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । कुष्ठरोगका विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले आज विभिन्न कार्यक्रम हुँदै छ । यो रोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको सङ्क्रमणले लाग्ने गर्छ । सङ्क्रमणको सुरुमा कुनै […]
सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो । ‘बेटी पढाउ, बेटी […]
काठमाडौँ — प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई कांग्रेस केन्द्रीय कार्यसमितिले धेरैपटक ‘असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदम’ भनेको छ । त्यसविरुद्ध सडक संघर्ष पनि जारी छ तर संघर्ष केका लागि भन्नेमा न पार्टी स्पष्ट छ न त नेताहरूका सार्वजनिक अभिव्यक्तिमै एकरूपता छ । पार्टी निर्णयमा ‘प्रतिनिधिसभा पुनःस्थापना’ को शब्द अहिलेसम्म परेको छैन । निर्वाचनमा जानुपर्छ भन्ने निर्णय […]
काठमाडौँ । कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई बताए । प्रहरीका अनुसार शनिबार राति ११ बजे म १ त ५४२ […]
१८ माघ, कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित शनिबार साँझ पक्राउ गरेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र […]
१८ माघ, काठमाडौं । नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् । बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर मात्र खानुपर्छ । चिकित्सकका अनुसार बर्डफ्लुको […]
बाजुरा: बाजुराको धार्मीक तथा पर्यटकिय क्षेत्र बडीमालिकामा पनि हेलिकोप्टरबाट भ्रमण गर्न सकिने भएको छ।खप्तड होम स्टेको सहयोगमा भोलि(आइतबार)बाट दिपायलदेखि बडीमालिकासम्म ‘हेली टुर प्याकेज’को शुभारम्भ हुने खप्तड होम स्टेका संचालक दिपक खड्काले बताए। भोलि नेपाल पर्यटन बोर्डका सियो डाक्टर धनन्जय रेग्मी र बोर्डका सदस्य कृष्ण महाराले ‘हेली टुर प्याकेज’को शुभारम्भ गर्ने उनले बताए। उक्त प्याकेज माघ २५ […]
धनगढीः नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाएका छन्। निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक–पटक भनेको तर उनले सुन्न नचाहेको आरोप लगाएका हुन। नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, […]
काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो । हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा […]
१७ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई भएको दाबी गरेका छन् । ‘केपी ओली पार्टी केन्द्रीय कमिटीमा त एक तिहाई पनि छैन, तर सडक मेरो हुन्छ भन्ने गर्नुहुन्थ्यो । अस्ति धनगढीमा सभा गरेपछि उहाँको फुर्ती बढेकै थियो’ शनिबार धनगढीमा आयोजना […]
धनगढीः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखराज भट्ट दलालको पनि दलाल बनेको टिप्पणी गरेका छन्। धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै दाहालले भट्टको नाम नलिएरै आफैले हुर्काएको मान्छे छोप्न नसकिनेगरि गएको बताए। उनले भट्ट प्रधानमन्त्री केपी ओलीको वरीपरी घुमिरहेको उल्लेख गर्दै भने, ‘केपी ओली दलाल हुन् उनी दलालको पनि दलाल भए।’ विगतमा प्रचण्डका प्रिय पात्र […]
धनगढी,१७ माघ – विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बालुवाटारमा बस्ने केटो’ को संज्ञा दिएका छन् । केही समयअघि प्रधानमन्त्री केपी ओलीले सुदुरपश्चिममा गएर भाषण गर्दै रावललाई ‘केटो’ भनेको विषयलाई लिएर उनले जवाफ र्फाएका हुन् । प्रचण्ड माधव समूहको धनगढीमा आयोजित विरोध सभामा बोल्दै रावलले भने, ‘यो खुलामञ्चको आँगनमा […]
धनगढीः नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले वन तथा वातावरण मन्त्री प्रेम आलेलाई तस्करको नाइकेको संज्ञा दिएका छन्। प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै रावलले प्रधानमन्त्री केपी ओलीले तस्करको नाईकेलाई मन्त्री बनाएको आरोप लगाएका हुन्। यसअघि गत पुस २४ गते खुलामञ्जमा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गरेका वन मन्त्री आलेले रावलको संरक्षणमा सुदूरपश्चिममा […]
धनगढीः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई फुच्चे बनाईदिएकोमा धन्यवाद दिएका छन्। धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले त्यहाँ सहभागीलाई उनले विशाल उपस्थिती जनाएर ओलीलाई फुच्चे बनाइदिएको भन्दै धन्यवाद दिएका हुन्। उनले ओलीले धनगढीमा आयोजना गरेको भेलापछि फुर्ति बढेपनि अहिले उनको घमण्ड तोडिएको दाबी गरे।
नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का सुदूरपश्चिम सहईञ्चार्ज खगराज भट्टले सिंहदरवारमा बसेको शासक बहुलाएको बताएका छन् । नेकपा (प्रचण्ड–नेपाल समूह) ले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भट्टले बहुलाएको शासनले संबिधानलाई टोकिरहेको बताए ।
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरेको बताएका छन्। नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम प्रदेशमाथि अन्याय भएको आरोप लगाएका हुन्। सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले भने, ‘यहाँबाट नयाँ मान्छेहरु त्यहाँ गएर ठूला–ठूला कुरा गरिरहेका छन्। केही दिन अगाडि यसै ठाउँबाट प्रधानमन्त्री ओलीले […]
काठमाडौँ– कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफैँ हराएर जाने गरेको बताए । खोप लगाएको ठाउँ रातो हुने, सुन्निेने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर […]