होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सरकारले शुक्रबारदेखि नेपाल–भारतसँग जोडिएका सीमानाका खुला गरेसँगै दुवै देशका नागरिकले आवतजावत गर्न पाउने भएका छन। तर भारतीय नागरिकले भने नेपाल प्रवेश गर्दा अनिवार्य स्वीकृती लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दिनेशखबरसँग भने, ‘नेपाली नागरिक नेपाल र भारत जादा विगतमा जस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरि आवातजावत गर्न पाउनेछन् तर भारतीय नागरिकले […]
धनगढीः सरकारले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमानाका शुक्रबारदेखि खुला गरेको छ।मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गरिएको जनाएको छ। मन्त्रालयका अनुसार कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको हो। नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन्। […]
कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ( एसईई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य शुरु भएको छ । मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले विद्यमान शिक्षा ऐनको ‘बाधा अड्काउ फुकाउ’ को व्यवस्था प्रयोग गरी निर्णय गरी संवत् २०७६ को सो […]
काठमाडौं । प्रधानमन्त्री केपी (खड्गप्रसाद) शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो । प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको […]
१५ माघ, बुटवल । प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले ‘निरङ्कुशताको प्रेत’का रुपमा प्रधानमन्त्री केपी शर्मा ओली खडा भएकोे बताएका छन् । ओलीको पतन हुनेमा अब कुनै शंका नभएको उनले बताए । बिहीबार बुटवलमा आयोजित विरोधसभामा नेता भुसालले आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली, राणा र राजाहरुकै शैलीमा ओली अगाडि आएको बताए । आफूहरुसामू ओली […]
१५ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाई भइरहेको संवैधानिक इजलासमा नेपाल कम्युनिस्ट पार्टीका सांसदले प्रधानमन्त्रीलाई कसरी दलबाट असहयोग भयो भनी प्रश्न सोधेका छन् । केही दिनअघि न्यायाधीश अनिलकुमार सिन्हाले प्रधानमन्त्रीलाई उनको दलले किन सहयोग गरेन भनी प्रश्न सोधेका थिए । उक्त प्रश्नको जवाफ दिँदै रिट निवेदकसमेत रहेका सांसद कृष्णभक्त पोखरेलले इजलासमा कहाँ असहयोग […]
धनगढी: डडेधुराका २ गाउँबीच रहेको खानेपानीको विवाद चरम उत्कर्षमा पुगेको छ। यतिसम्मकी बिहिबार बिहान उक्त विवादमा हात हालाहालसम्म भयो। जिल्लाको भागेश्वर गाउँपालिकामा निर्माणधिन रहेका स्वबीगडा खानेपानी योजनाका विषयमा उक्त कुटपिट भएको हो। गाउँपालिकाको वडा नम्बर ४ का गुदरा र आरकुडा गाउँबीच रहेको विवाद सुल्झ्याउन बोलाइएको बैठकमा हातपात भएको पीडित पक्षले बताएको छ। गुदरा गाउँका चेतराज […]
प्रताप ओली बझाङः बझाङ प्रहरीले युवकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहितका ४ जनालाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्या आरोपी छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कडायतलाई सार्वजनिक गरेको हो। उनीहरुलाई मंगलबार छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत […]
१५ माघ, काठमाडौं । अन्ततः नेपाली सेनाका फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेपछि स्वेच्छिक अवकाश लिएर निवृत्तभरण पाउने भएका छन् । पटकपटक जंगीअड्डाले यस सम्बन्धमा पठाउने गरेको प्रस्ताव अर्थ मन्त्रालयबाट अस्वीकृत हुने गरेको थियो । तर, केही प्रावधान फेरबदलसहित हालै पठाइएको प्रस्तावलाई अर्थ र सामान्य प्रशासन मन्त्रालयले स्वीकृति दिएपछि २९ पुसमा बसेको […]
१५ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको हो । शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले […]
१५ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका नेता लीलामणि पोखरेलले यतिबेला पार्टीका तर्फबाट निर्वाचन आयोगसँग ‘सम्पर्क व्यक्ति’ को भूमिका निभाइरहेका छन् । नेकपाको विवाद निरुपणमा निर्वाचन आयोगलाई खबरदारी गर्ने भूमिकामा सो समूहबाट खटिएका ९ जनामध्ये पोखरेल मुख्य जिम्मेवार नेता हुन् । पछिल्लो समय आयोगले नेकपाका दुबै समूहको निर्णयलाई बैधानिकता नदिने निर्णय सुनाएको […]
पहिलो संविधानसभामा राजनीतिक दलहरूबीच सहमति नभएर संविधानसभाको कार्यकाल थप्नुपर्ने अवस्था देखिएपछि मुलुक अँध्यारो सुरुङतर्फ जाने त होइन भन्ने चर्चा चलेको थियो । पहिलो संविधानसभाले संविधान दिन नसकेपछि परिवर्तन कसरी संस्थागत होला भनेर धेरैले चिन्ता गरेका थिए । संविधानसभामा रहेका राजनीतिक दल संविधानका अन्तर्वस्तुमा सहमतिमा पुग्न नसकेर दसतिर फर्किंदा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले भन्थे, ‘दलहरू एक […]
आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री सहभागी हुने कार्यक्रम रहेको छ । उनले शुभारम्भ गरेसँगै आज सातवटै […]
काठमाडौं । नेकपाका दुबै समूहलाई कानूनी मान्यता नदिने निर्वाचन आयोगको आइतबारको निर्णयलाई आफ्नो जीतका रुपमा केपी ओली पक्षका नेताले विश्लेषण गरेका थिए । तर, सोमबार आयोगको पत्र पढेपछि भने ओली पक्षका नेताहरु केही निराश बने । अर्कोतिर, प्रचण्ड-माधव पक्षका नेता चाहिँ आफ्नो जीत भएको भन्दै उत्साहित देखिए । आयोगले ओलीद्वारा मनोनित करिब एक हजार केन्द्रीय सदस्यहरु र संशोधित विधानलाई […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनलाई कानूनतः पुरानै अवस्थामा फर्काइदिएको निर्वाचन आयोगले अब केपी ओली पक्ष र प्रचण्ड-माधव पक्षका ५/५ जना शीर्षनेतालाई छलफलका लागि बोलाउने भएको छ । दुबै पक्षका नेताहरुलाई यसैसाता आयोगमा बोलाउन लागिएको हो । आयोगका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘अब केही दिनभित्रै नेकपाका दुबै पक्षका उच्च नेताहरुलाई छलफलका लागि आयोगमा […]
प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। प्रतिनिधिसभा विघटन गरेपछि सडकमा उत्रिएका दल र नागरिक समाजलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रदेशसभा पनि विघटन हुनसक्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई अप्ठेरो पार्ने गरी कुनै कदम चालिए आफूले प्रदेशसभा पनि विघटन गर्न सक्ने […]
बाजुरा — बाजुरा जिल्लाकाे खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना भएकाे छ । दुर्घटनामा ६ जना घाइते भएका छन । प्रहरीका अनुसार बिहाना ७ बजे खप्तड छेडेदह गा पा २ मयागडामा जिप दुर्घटना हुदा ६ जना सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । गाडी सडकमै पल्टेकाेले धेरै क्षेती नभएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले […]
बागमती प्रदेश लोक सेवा आयोगले प्राविधिक तथा अप्राविधिक दुवै तहको छैटौं तहमा खुला तथा समावेशी प्रतिस्पर्धामार्फत आवदेन माग गरेको छ। आयोगले आज सूचना निकाल्दै सामान्य प्रशासन, लेखापरीक्षण, तथ्यांक, शिक्षा, सिभिलल, आर्किटेक्ट, वातावरण, कृषि, वागवानी, भेटेरेनरीलगायत समूहमा विज्ञापन खुलाएको हो। आयोगले १ सय ४९ जना अधिकृतस्तरको छैटौं तहका कर्मचारी माग गरेको हो। फागुन २ गतेभित्र सिंगल […]
नेकपा (ओली पक्ष) की नेत्री शान्ता चौधरीले नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षरबिना कुनै निर्णय प्रमाणीकरण नहुने उल्लेख गरेकी छन्। निर्वाचन आयोगले हिजो साँझ नेकपाका दुवै समूहका मागदाबी अमान्य भएको निर्णय दिएको थियो। निर्वाचन आयोगको यो निर्णयपछि आज फेसबुकमार्फत् लेख्दै नेत्री चौधरीले बहुमत र अल्पमत भन्ने भए कमरेड माधव नेपाललाई किन अध्यक्ष अस्वीकार गरियो […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन कम्युनिस्ट पार्टी भित्रै घुसेका ‘सामन्ती’हरु लागिरहेको बताएका छन् । सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्न षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने बताए । सो क्रममा […]