होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लेखराज भट्ट केपी दलालको पनि दलाल भए–प्रचण्ड
समाचार

लेखराज भट्ट केपी दलालको पनि दलाल भए–प्रचण्ड

  • नागरिक रैबार
लेखराज भट्ट केपी दलालको पनि दलाल भए–प्रचण्ड

धनगढीः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखराज भट्ट दलालको पनि दलाल बनेको टिप्पणी गरेका छन्।

धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै दाहालले भट्टको नाम नलिएरै आफैले हुर्काएको मान्छे छोप्न नसकिनेगरि गएको बताए।

उनले भट्ट प्रधानमन्त्री केपी ओलीको वरीपरी घुमिरहेको उल्लेख गर्दै भने, ‘केपी ओली दलाल हुन् उनी दलालको पनि दलाल भए।’

विज्ञापन

विगतमा प्रचण्डका प्रिय पात्र रहेका ओली समूहका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टी विभाजनपछि केपी ओलीलाई साथ दिएका छन्।

 

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री समेत रहेका भट्टमाथि सुदूरपश्चिम आएका बेला प्रचण्ड खनिएका हुन्।

भट्टलाई आफूले पटक पटक मन्त्री बनाएर कार्यकर्तालाई लेखराज नै नेता भएको बताउने गरेको दाबी समेत उनले गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार