होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्दैछ । यसअघि वडा र ७६ जिल्लाको अधिवेशन गरिसकेको राप्रपाले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्न लागेको महाधिवेशन प्रचारप्रसार समितिका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले प्रदेश नेतृत्व चयनका लागि अधिकतम सहमतिको प्रयास गर्नेछ भने सहमति नभएको खण्डमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नेछ । जिल्ला तहको अधिवेशन […]
सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकामा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो । ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको […]
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय दुई समुदायबीच भएको विवादले शनिबार उग्ररूप लिएपछि अवस्था तनावपूर्ण बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २० मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि यो विवाद सुरु भएको थियो । […]
काठमाडौं । पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,२२५ पीसीआर परीक्षणमा २६० र ३,०१८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २९५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४७८ रहेको छ । संक्रमणका कारण पछिल्लो २४ […]
समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो । जसको महासचिव भुपराज खड्का रहेका छन् । यस्तो छ नामावली : https://drive.google.com/file/u/0/d/1ijNAn8nF9gow_KnASIyRNDjQtHGEgUpc/view
मुगु — मुगुमकार्मारोङ गाउँपालिका–८ माग्रीगाउँकी ८६ वर्षीया छिरिङमिन्डिक तामाङ दुई सातादेखि जिल्ला अस्पतालमा उपचाररत छिन् । कडा ज्वरो आउने, टाउको दुख्ने र बान्ता हुनेलगायत समस्या देखिएपछि एक दिन हिँडेर अस्पताल आएकी उनले आफ्नो उपचारमा लाग्ने सबै औषधि निजी मेडिकलबाट ल्याउनुपरेको छ । ‘डाक्टरले चेक गर्छन्, अनि औषधि ल्याउन मेडिकल पठाउँछन्,’ उनका पति छेवाङ छेजुम्ले भने, ‘७५ वर्षमाथिका […]
नयाँ दिल्लीको हावाको अवस्था निकै खराब भएपछि केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले चेतावनी नै जारी गरेको छ । यसमा गम्भीर रोगी, बालबालिका, वृद्ध र गर्भवती महिलालाई कम्तीमा दुई दिन घरभन्दा बाहिर ननिस्कन सल्लाह दिइएको छ । सीपीसीबीको शुक्रबार बसेको समीक्षा बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा १८ नोभेम्बरसम्म मौसमको स्थिति प्रदूषणको फैलावटका लागि […]
काठमाडौं । नेपाली कांग्रेसका रोकिएका अधिवेशनहरू आजदेखि सुरू हुँदैछन् ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिका अनुसार शनिबारदेखि बाँकी अधिवेशन प्रक्रियाहरू सुरु हुने भएका हुन् । आज १० जिल्लामा वडा अधिवेशन हुँदैछ । कांग्रेसमा १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेकोमा पर्सा, सर्लाही र रसुवामा आज अधिवेशन नहुने समितिले जनाएको छ । समितिका अनुसार शनिबार डोल्पा, […]
धनगढीः सल्यानको बाघचौर नगरपालिकाका वडाअध्यक्ष प्रेमबहादुर पुनले सामाजिक सञ्जालमा आफूलाई ‘छोटेराजा’ लेखेको भन्दै स्थानीय दिल केसीलाई वडा कार्यालयबाट कुनै सेवा नदिने विज्ञप्ति टँसाएका छन्। वडाअध्यक्ष पुनले कुनै कानूनी कारबाहीका लागि प्रक्रिया नगरी सोझै सेवाबाट बञ्चित गरेका हुन्। उनको उक्त विज्ञप्ती सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। केसीले सामाजिक सञ्जालमा वडाअध्यक्षमाथि विभिन्न टिकाटिप्पणी लेख्ने गरेका थिए। केसीले […]
धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन्। २३ गते प्रदेश प्रमुख नियक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन्। सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो। सरकारले एकैचोटि तीनवटा प्रदेशका प्रदेश प्रमुख फेरेको थियो।
आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सुरु गरेको जनगणनाका लागि देशभर ३६ हजार गणकहरू र ८ हजार ५ सय सुपरिवेक्षकहरू सहभागी भएका छन् । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविललाल श्रेष्ठ सहितका पदाधिकारीहरू बिहान राष्ट्रपतिको कार्यालयमा गएर विद्यादेवी भण्डारीको परिवारको जनगणना गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी […]
सन्धिखर्क : सन्धिखर्क नगरपालिका १ पाणिनी चोक निवासी कक्षा १२ मा अध्ययनरत सागर पोखरेलले ब्याक गियरसहितको इलेक्ट्रोनिक बाइक बनाएका छन्। बुटवलबाट बिदामा घर आएका पोखरेलले कुनै तालिम बिना इलेक्ट्रोनिक बाइक बनाएका हुन्। घरायसी स्तरमा रहेका खेर जाने वस्तुसँगै वजारबाट आवश्यक वस्तु संकलन गरी उनले यो बाइक बनाएको बताए। यसअघि पनि उनले घरायसी काम नलाग्ने वस्तुको […]
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् । घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ […]
बैतडी: अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ। गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण सोे क्षति भएको हो। जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४० हेक्टर क्षेत्रफलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सिगास, शिवनाथ, सुर्नया, दोगडाकेदार […]
काठमाडौं । सरकारले कोभिड-१९ महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गर्न योग्य परिवारबाट निवेदन आहृवान गरेको छ । अर्थ मन्त्रालयले बिहीबार १५ दिने सूचना जारी गरी निवेदन आहृवान गरेको हो । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफू बसोबास गरिरहेको स्थायी वा अस्थायी वडा कार्यालयमा पुगेर परिवारले निवेदन दिन सक्ने भएका छन् । सरकारले अघिल्लो […]
काठमाडौं । आजबाट जनगणना सुरु हुँदै छ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ ।राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । यसका लागि गणकहरु आज बिहान ९ : ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा पुग्ने छन् । […]
काठमाडौँ– हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य विहीबार गतेबाट सुरु हुँदैछ ।यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिएको छ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै […]
काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाको तयारी पूरा भएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् । उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छ । एक परिवारमा औसत: एक जना गणकले २० मिनेट लगाउने […]
काठमाडौं !निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । आयोगले मंसिर पहिलो सातादेखि स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली संकलन गर्न अर्थ मन्त्रालयसँग बजेटसमेत माग गरिसकेको छ । […]
के तपाईको नाम मतदाता नामावलीमा चढेको छ ? तपाई भर्खरै १८ वर्ष पुग्दै हुनुहुन्छ कि ? अथवा, कुनै कारणले मतदाताको सूचीमा तपाईको नाम छुटेको छ पो कि ? चिन्ता नगर्नोस्, अब तपाईको बसोबास काठमाडौँमा छ भने यहीँबाट निर्वाचन आयोगका कर्मचारीले नाम सङ्कलन गर्नेछन् । तर, भोट दिनेबेलामा चाहिँ तपाई आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा जानुपर्ने […]