होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • छाङरु र टिंकरको जनगणनामा हिँडे कर्मचारी
समाज

छाङरु र टिंकरको जनगणनामा हिँडे कर्मचारी

  • नागरिक रैबार
छाङरु र टिंकरको जनगणनामा हिँडे कर्मचारी

दार्चुला — सजिलो बाटो भएर भारतले जाने अनुमति नदिएपछि व्यास गाउँपालिका–१ छाङरु र टिंकर गाउँमा जनगणनाका लागि स्वदेशी बाटोबाटै हिँडेको कर्मचारीको टोली दुम्लिङ पुगेको छ । जनगणनाका लागि व्यासको छाङरु र टिंकर गाउँमा जान खोजेको टोलीलाई भारतले अनुमति नदिएपछि स्वदेशी बाटोबाटै हिँडेको हो ।

कात्तिक २५ बाट सबै गाउँमा गणकहरू खटिए पनि छाङरु र टिंकरमा पुग्न सकेका छैनन् । गणना सुरु भएको एक सातापछि कर्मचारी त्यहाँका लागि गएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । छाङरु र टिंकर जान नेपालको बाटो कठिन भएकाले भारतले आफ्नो बाटोबाट जान अनुमति दिएको थिएन । नेपालकै बाटो भएर सहायक जिल्ला जनगणना अधिकारी र एक सहयोगी कर्मचारी शुक्रबार छाङरु र टिंकरका लागि हिँडेको जिल्ला जनगणना अधिकारी पदमराज पाण्डेले बताए । उनीहरूसँगै गएका गणक राजेन्द्र कार्की भने बाटो अप्ठ्यारो भएकाले हिँड्न नसकेर फर्केका छन् । उनीहरू दुई जना भने शुक्रबार साँझ दुम्लिङ पुगेका छन् ।

व्यास–१ जान दुम्लिङभन्दा माथि ठाउँ–ठाउँमा बाटो भत्किएको छ । दुम्लिङभन्दा माथिको बाटोको अवस्था हेरेर शनिबार कर्मचारीहरू अगाडि बढ्ने पाण्डेले बताए । ‘जिल्ला प्रशासनबाट अनुमति मागेर पटकपटक भारतको बाटो भएर जान खोज्दा पारिको प्रशासनले जान दिएन,’ उनले भने, ‘अन्य प्रयोजनका लागि बाटो प्रयोग गर्न दिने तर जनगणनाका लागि जान खोज्दा रोक लगाउने जस्तो गर्‍यो ।’ जनगणना गर्ने समय कम हुँदै गएपछि नेपालकै बाटोबाट जोखिम मोलेर व्यासका लागि टोली हिँडेको हो ।

विज्ञापन

सदरमुकाम खलंगाबाट नेपाली बाटो भएर छाङरु र टिंकर पुग्न सजिलो छैन । भारतकै कारण नेपालको घोडेटो बाटोसमेत भत्केको स्थानीय बताउँछन् । स्थानीयका अनुसार टिंकर र छाङरु पुग्ने बाटो बिग्रिएको मात्रै नभई निकै जोखिमपूर्ण पनि छ । ‘दुम्लिङभन्दा माथि मान्छे हिँडेका छैनन् । केही ठाउँमा बाटो बनाइरहेको भन्ने सुनिएको छ,’ जनगणना अधिकारी पाण्डेले भने ।

दुम्लिङसम्म बस्ती बसिरहेको ठाउँ भएकाले बाटो राम्रो भएको र त्यसभन्दा माथि छाङरुसम्म समस्या भएको व्यास–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए । दार्चुला सदरमुकामबाट भारतीय बाटो भएर एकै दिनमा छाङरुमा स्वदेशबाट हिँडेर जानुपर्दा तीन दिनभन्दा बढी समय लाग्ने उनले बताए ।

भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा समेटेर नेपालले नक्सा जारी गरेपछि भारतीय पक्षले पछिल्लो समयसीमा क्षेत्रमा जाँच तथा आवतजावतमा कडाइ गर्नुका साथै सुरक्षाकर्मी पनि बढाएको छ । व्यास–१ को नेपालीभूमि कुटी, नाभी र गुञ्जी भारतीय अतिक्रमणमा छन् । ती गाउँसँगै जोडिएका टिंकर र छाङरुमा नेपाली सुरक्षाकर्मी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार