होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
विराटनगर- जिल्ला कारागार मोरङका एक कैदीबन्दीको मृत्यु भएको छ ।जबरजस्ती करणीमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । ‘प्रेसर लो’ भएपछि उनलाई कोसी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको कारागार निमित्त जेलर रामप्रसाद पोख्रेलले जानकारी दिए । शर्मा २०७१ यता […]
नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ । माओवादीले ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो । माओवादीले यस सम्मेलनले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी […]
मौसम पूर्वानुमान महाशाखाले आज देशका केही पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले शनिबार जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशहरूमा सामान्य बदली रही […]
दार्चुला — सजिलो बाटो भएर भारतले जाने अनुमति नदिएपछि व्यास गाउँपालिका–१ छाङरु र टिंकर गाउँमा जनगणनाका लागि स्वदेशी बाटोबाटै हिँडेको कर्मचारीको टोली दुम्लिङ पुगेको छ । जनगणनाका लागि व्यासको छाङरु र टिंकर गाउँमा जान खोजेको टोलीलाई भारतले अनुमति नदिएपछि स्वदेशी बाटोबाटै हिँडेको हो । कात्तिक २५ बाट सबै गाउँमा गणकहरू खटिए पनि छाङरु र टिंकरमा पुग्न सकेका […]
काठमाडौं । भोलि (शनिबार) नेकपा माओवादी केन्द्रको देशभर वडा सम्मेलन हुँदैछ ।शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख श्रेष्ठले वडा सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । देशभर ६ हजार ७४३ वटा वडा छन । माओवादी केन्द्रले सबै वडामा एकैदिन नेतृत्व चयन गर्न लागेको हो । यसैसन्दर्भमा शुक्रबार प्रेस विज्ञप्ति निकालेर […]
धनगढीः ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै धनगढी–अत्तरियाका अटोरिक्सा चालक आन्दोलित भएका छन्। जथाभावी रुपमा ट्राफिकले रकम असुल्ने गरेको भन्दै सो क्षेत्रमा अटोरिक्सा चलाउँदै आएका चालकहरुले विरोधस्वरुप धनगढी उपमहानगरपालिका घेराउ गरेका हुन्। प्रत्येक अटोरिक्सा चालकबाट आफूअनुकुल रकम असुल्न खोज्ने र दिन नमाने चल्नै नदिने ट्राफिक प्रहरीको ज्यादती सहन नसकेर धनगढी–अत्तरिया सडक खण्डमा चल्ने अटोरिक्सा चालकले सम्पूर्ण […]
धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाले नेपाली काँग्रेसको जिल्ला अधिवेशन गर्नुपर्ने भन्दै जिल्ला सदरमुकाममा रहेका ४ विद्यालयलाई ३ दिन पठनपाठन बन्द गर्न पत्राचार गरेको छ। नगर प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुङ्गा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई जिल्ला अधिवेशनका लागि विद्यालयमा विदा गरी भवन र फर्निचर उपलब्ध गराइदिन आग्रह गरिएको […]
करिब ३१ लाख सदस्यता वितरण गर्ने माओवादीको महत्वाकांक्षी योजनामा शुक्रबारसम्म सात लाख ३५ हजारले साधारण सदस्यता लिएका छन् । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शुक्रबार मध्यान्हसम्म सात लाख ३५ हजारले सदस्यता फारम भरेको कार्यालयका सचिव शिव खकुरेलले जानकारी दिए । ‘अहिलेसम्म सात लाख ३५ हजारले सदस्यता लिएका छन्, गैरभौगोलिकबाट आउने संख्या एकीन गर्न बाँकी छ’, उनले भने […]
बागलुङ — दस वर्षअघिको राष्ट्रिय जनगणनामा ढोरपाटन नगरपालिका–७ का शिक्षक यामबहादुर कायत सुपरिवेक्षक थिए । उनले आफ्नै समुदायको तथ्यांक निकाल्दा वडामा मात्रै ७७ घरधुरीमा कायत जाति बसोबास गर्थे । जनगणनाको नतिजा आउँदा तथ्यांक विभागको प्रतिवेदनमा यो जाति देखिएन । झन्डै ४ सय जनसंख्या रहेको कायतको थर तथ्यांक विभागले सफ्टवेयरमै नचढाएको पाइएको तथ्यांक कार्यालय बागलुङका प्रमुख तथ्यांक अधिकृत मुकुन्द […]
चितवन: नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रणापत्र पठाइएको छ। एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पु¥याउने गरी निमन्त्रणापत्र पठाएको हो। दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजार प्रति निमन्त्रणापत्र तयार पारेर जिल्लाका ९८ वटै वडामा पठाइएको छ। थप माग भएमा पठाउने तयारी गरिएको उनले बताए। वडा […]
काठमाडौं । अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावले नेपालको मौसमी प्रणालीमा पनि असर गरेको छ । यसको असर आगामी आइतबारदेखि कम हुँदै जाने पूर्वानुमान मौसमविदले गरेका छन् । अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावका कारण पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का पानी पर्ने र हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात हुने जल तथा मौसम विज्ञान […]
काठमाडौं । सरकारले रेबिजविरूद्ध लगाइने इम्युनाेग्लाेबुलिन एण्टीबडी सातै प्रदेशमा विस्तार गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडाले मन्त्रालयमा बिहीबार आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै इम्युनाेग्लाेबुलिन सेवा सातै प्रदेशमा विस्तार गरेकाे जानकारी दिए । “मंसिरकाे पहिलाे साताबाट सात प्रदेशका ९ अस्पतालमा याे सेवा विस्तार गरेका छाैं, पछि आवश्यकता अनुसार अरू अस्पतालमा पनि थप्छाैं” उनले भने […]
धनगढीः माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रादेशिक कार्यालयको उद्घाटन गरिएको छ। पार्टीका अध्यक्ष नेपालले बिहिबार एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरेका हुन्। तत्कालिन एमाले तथा नेपाल कम्युनिस्ट पार्टीको कार्यालय रहेको भवनमा एकीकृत समाजवादीले बिहीबार प्रादेशिक कार्यालयको उद्घाटन गरेको हो। धनगढीमा रहेको भाडाको भवनमा एकीकृत समाजवादीले प्रादेशिक र कैलाली जिल्ला पार्टी कार्यालय सञ्चालन गर्ने भएको […]
दार्चुला र काठमाडौं — भारतीय प्रशासनले दार्चुलाका दुई गाउँ छाङरु र टिंकरमा जनगणना गर्न व्यवधान खडा गरेको छ । व्यास गाउँपालिका–१ का छाङरु र नेपाल–चीन सीमावर्ती गाउँ टिंकरमा जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागबाट खटिएका कर्मचारी भारतीय बाटो हुँदै जान नपाएपछि दार्चुला सदरमुकाम खलंगामा रोकिएका छन् । कात्तिक २५ मै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहायक जिल्ला जनगणना अधिकारी […]
धनगढी: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिममा सबैभन्दा ठूला पार्टी एकिकृत समाजवादी रहेको दाबी गरेका छन्। तत्कालिन सुदूरपश्चिमको नेपाल कम्युनिस्ट पार्टीको कार्यालय समाजवादीले लिएको भन्दै सो कुरा प्रमाणित भएको उनले बताए। बिहीबार प्रादेशिक पार्टी कार्यालयको उद्घाटन गर्दै उनले सुदूरपश्चिममा एकीकृत समाजवादी ठूलो पार्टी रहेको र अझै ठूलो बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका […]
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए । गठबन्धन दलले मुख्यमन्त्री राईले विश्वासको मत दिने निर्णय समेत गरिसकेको छ । गठबन्धनको सोमबार बसेको बैठकले मंगलबार […]
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले अखिल नेपाल किसान महासंघ गठन गरेको छ । बलराम बास्कोटाको नेतृत्वमा बनेको ३५१ सदस्यीय महासंघमा नौ उपाध्यक्ष, एक महासचिव र १० जना सचिव रहेका छन् । उपाध्यक्षहरूमा बलदेव चौधरी, रामचन्द्र साह तेली, कृष्ण खनाल, श्रीनाथ बराल, निर्मल सुवेदी, कृष्णबहादुर बिसी, रामकुमार ज्ञवाली, सावित्रा रेग्मी र केशवराज खड्का रहेका […]
धनगढी । गत मंगलबार टीकापुरमा धारिलो हतियार प्रहारबाट युवकको हत्या भएको घटना अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटिने भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्याको सुक्ष्म अनुसन्धान र केही प्राविधिक पक्षको समेत विश्लेषण गर्नुपर्ने आवश्यकता औल्याएपछि सीआईबीको टोली कैलाली जान लागेको हो । नेपाल […]
काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनका लागि युवा–विद्यार्थी विशेष जिल्ला कमिटीबाट ६ जना प्रतिनिधि चयन भएका छन् । अनेरास्ववियुका पूर्व अध्यक्ष नविना लामासहित ६ जना निर्विरोध प्रतिनिधि चयन भएका छन् । महिलाबाट लामा र कल्पना वाइवा, खुलाबाट रामजी सापकोटा, प्रकाश भुजेल, मोती विक र चिरञ्जिवी पौडेल चयन भएका छन् ।
कैलाली: कैलालीका थप एक कोरोना संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार उनको ज्यान गएको हो। मृत्यु हुनेमा कैलाली लम्कीचुहा नगरपालिका–५ का ७७ वर्षीय पुरुष रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले बताए।