होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खाजा सामल जोहो गरेर एमाले महाधिवेशनमा आए कार्यकर्ता
समाचार

खाजा सामल जोहो गरेर एमाले महाधिवेशनमा आए कार्यकर्ता

  • नागरिक रैबार
खाजा सामल जोहो गरेर एमाले महाधिवेशनमा आए कार्यकर्ता

नेकपा एमालेको १० औँ महाधिवेशनमा सहभागी हुन कपिलवस्तुको शिवराजबाट नारायणगढ आइपुग्न महाधिवेशन प्रतिनिधि उपेन्द्रनाथ खनाललगायतको टोलीलाई रातभर लाग्यो । चर्को जामका कारण नारायणगढ आइपुग्न रातभर लागेको उनले बताए ।

‘राति ९ बजे हामी शिवराजबाट चितवनका लागि हिँडेका थियौँ, चर्को जामका कारण आइपुग्न रातभर लाग्यो’, उनले भने, ‘बिहान ६ बजेमात्र आइपुग्न सफल भयौँ । दुई वटा गाडीमा एमाले कार्यकर्ता र सर्वसाधारणसहित चितवन आएको जानकारी दिँदै उनले उहाँ आउँदा खाजा सामलकै जोहो गरेर आएको बताए ।

गाडीबाट झरेर नारायणी नदी किनारको एक छेउमा उनीहरू खानेकुरा खाँदै थिए । ‘यहाँ भिडभाडमा खानेकुराको जोहो गर्न सकस पर्ने ठानेर घरबाटै ल्याएका थियौँ । त्यही खाइरहेका छौँ’, उनले भने। उनले नारायण नदी किनारमा हुने उद्घाटन सत्र सकेर आजै गाडीमा कार्यकर्ताहरू फर्किने गरी तय भएको बताए । खनालले महाधिवेशनबाट एमाले थप सशक्त बन्ने विश्वासका साथ आफू चितवन आएको बताए ।

विज्ञापन

​यस्तै कपिलवस्तु नगरपालिकाका वडा नम्बर ७ र ८ बाट करिब ५० जना कार्यकर्ता शुक्रबार बिहान नारायणगढ आइपुगेका छन् । उनीहरूले पनि आफूहरूले घरबाटै खानेकुरा ल्याएको रातोपाटीलाई बताए ।

महोत्तरीबाट नेता सरोज यादवले गाउँगाउँबाट कार्यकर्ताहरू राप्ती नदी किनारमा उतारेका छन् । किशोर उमेरकादेखि साठी कटेका वृद्धवृद्धासम्म खाजा सामलको जोहो नै गरेका आएका छन् । नारायणी नदी किनारमा भेटिएका सहाय यादवले आफूहरू ४ घण्टाको बस यात्राबाट आइपुगेको बताए । उनीहरू एमालेको झण्डासहित आइपुगेका छन् भने अध्यक्ष केपी शर्मा ओलीको भाषण सुन्न उत्साहित भएको बताए । ‘हामी मधेसबाट नेताजीको भाषण सुन्न आएका छौँ, उहाँलाई अभिवादन गर्छौँ’, सहाय यादवले भने ।

दाङको तुलसीपुरबाट आएका एमाले जिल्ला कमिटी सदस्य द्रोणप्रसाद नेपालले एमाले सशक्त र एकढिक्का बन्ने विश्वास बोकेर आफूहरू एमाले महाधिवेशनमा आएको बताए । उनले उनले जिल्लाका विभिन्न स्थानीय तहका साथै वडावडाबाट नेता कार्यकर्ता एमालेको उद्घाटन सत्रमा सहभागी हुन गाडी रिजर्भ गरेर आएको बताए । यहाँ आउँदा अधिकांशले घरबाट खानेकुराको प्रबन्ध गरेको आएको पनि बताए ।

चितवनको नारायणगढ क्षेत्र र विशेष गरी राप्ती नदी किनारमा देशभरबाट आउने नेताकार्यकर्ताको भिडभाड छ । जिल्ला जिल्लाबाट आएकाहरू महाधिवेशन स्थल वरपर सुस्ताउँदै गरेका देखिन्छन् भने घरबाट ल्याइएका खानेकुरा आएका देखिन्छन् । कतिपय रातभरको गाडीको यात्राका कारण थकितजस्तो पनि देखिन्थे ।

प्राप्ति नदी किनारमा भेला भएका नेता कार्यकर्तालाई आजै हुने उद्घाटन सत्रमा अध्यक्ष ओलीलगायतले सम्बोधन गर्नुका साथै अनेक प्रस्तुतिहरू पनि रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार