होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ११, २०७८
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एमालेमा महाधिवेशन प्रतिनिधि संख्या २२७९ पुग्यो
देश/प्रदेश

एमालेमा महाधिवेशन प्रतिनिधि संख्या २२७९ पुग्यो

  • नागरिक रैबार
एमालेमा महाधिवेशन प्रतिनिधि संख्या २२७९ पुग्यो

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त कार्यतालिका अनुमोदन भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

त्यस्तै एमालेका महाधिवेशन प्रतिनिधि यसअघि भनिएको १९९९ बाट बढेका पार्टी सदस्य बढेसँगै प्रतिनिधि बढेर दुई हजार २ सय ७९ जना पुग्ने प्रचार विभाग प्रमुख भट्टराईले बताए । उनले पदेन प्रतिनिधि २३८, निर्वाचित प्रतिनिधि १८७९ निर्वाचित भैसकेको भन्दै महोत्तरी, रौतहट र भुपू सैनिकबाट आउन बाँकी ६८ जना रहेको बताए ।

महाधिवेशन प्रतिनिधिमा उत्पीडित दलित तर्फका १९५ र त्यसमा ६२ जना महिला रहेका छन् । एमालेका अनुसार अहिलेसम्म कुल महिला प्रतिनिधि ५७६ छन् । त्यसमा मनोनित र चयन हुन बाँकी ६८ जनाबाट पनि दलित र महिला सदस्य अझै थपिने छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै