होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा आफूलाई दिन रामवीर मानन्धरको आग्रह
समाचार

काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा आफूलाई दिन रामवीर मानन्धरको आग्रह

  • नागरिक रैबार
काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा आफूलाई दिन रामवीर मानन्धरको आग्रह

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् ।

‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ तर, म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ । सरकारसँग सभामुखमार्फत एउटा माग राख्न चाहन्छु, मेरो अध्यक्षमा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरोस्’, उनले भने ।

विज्ञापन

काठमाडौंको फोहोर व्यवस्थापन गर्न सक्ने व्यक्ति आफू भएको उनको दाबी छ । भन्छन्, ‘आज एक महिना भैसकेको छ स्थानीय निर्वाचन सकिएको, वर्तमान सरकार बनेको एक वर्ष भएको छ । यो फोहोरमैला व्यवस्थापन गर्नका लागि एउटा इच्छा शक्ति भएको मान्छे चाहिन्छ, त्यो भनेको म हो भन्ने मेरो दाबा छ ।’

शहरी विकास राज्य मन्त्री रहँदा मानन्धरले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट निर्माणमा चासो दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार