होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार
समाचार

सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

  • नागरिक रैबार
सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

बझाङकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको छविस पाथिभेरा गाँउपालिका–२ मण्डीकी २४ वर्षिया गंगा ऐडीको हेलिकप्टरमार्फत उद्धार गरीएको हो ।

अत्यधिक रक्तस्राव भएर पाठेघर नखुम्चेपछि छटपटाइरहेकी उनलाई बिहीबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जिल्ला अस्पताल सिमखेतका निमित्त कार्यालय प्रमुख डा.मिलन खड्काले बताए ।

विज्ञापन

मंगलबार राति जिल्ला अस्पताल सिमखेतमै बच्चा जन्माएकी ऐडीको रक्तस्राव भई पाठेघर नखुम्चिएकाले तथा सास फेर्नसमेत गाह्रो भएपछि रिफर गरिएको खड्काले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार