होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
८ वैशाख, काठमाडौं । वर्षाले प्रभावित नेदरल्याण्ड्स र मलेसियाको टी-२० म्याच बराबरीमा सकिएको छ । यससँगै नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १०.२ ओभरमा ६८ रन बनाउँदा पानीले खेल रोकियो । पानी रोकिएपछि १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याड्सले ४ विकेट गुमाएर […]
८ वैशाख काठमाडौं । काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो निर्णयपछि मंगलबारदेखि भने दर्शकलाई खेल हेर्न प्रवेश निषेध गरिएको छ । मंगलबार नेपालले नेदरल्याण्ड्ससंग खेल्दा दर्शकलाई प्रवेन गर्न दिइएन । मन्त्रिपरिषदको सोमबार बसेको बैठकको निर्णयअनुसार […]
७ वैशाख, काठमाडौं । नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन् । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा कुशलले लगातार तीन खेलमा ओपनिङ गर्दै अर्धशतक प्रहार गरेका हुन् । उनले नेदरल्याण्ड्स विरुद्ध १३ औं ओभरमा अर्धशतक पूरा गरे । उनले ४१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५२ […]
६ वैशाख, काठमाडौं । स्पानिस ला लिगा फुटबलमा रियल मड्रिड र गेटाफेले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा रियल गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो । गेटाफेको मैदानमा भएको खेलमा अवसर सदुपयोग गर्न नसक्दा रियल बराबरीमा रोकिएको हो । रियल बराबरीमा रोकियो । शीर्ष स्थानको एट्लेटिको मड्रिड र तेस्रो स्थानको बार्सिलोनालाई फाइदा […]
नागरिक रैबार/बाजुरा ५ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सूरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सवैका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता आजबाट सदरमुका मार्तडीमा सूरु भएको हो । जिल्ला खेलकुद विकास समिति बाजुराको आयोजनामा उक्त प्रतियोगिता आजबाट सदरमुकाम मार्तडीमा […]
प्रकास विक/बाजुरा ५ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको सूरु हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा आजबाट सदरमुकाम मार्तडीमा उक्त प्रतियोगिता हुन लागेको हो ।प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयहरु सहभागिता जनाउने आयोजक खेलकुद विकास समितिले बताएको छ । यस अघि पालिका स्तरीय रनिङ्ग सिल्ड प्रतियोगितामा […]
५ वैशाख, काठमाडौं । कप्तान लिओनल मेसीको प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गर्दै उपाधि जितेको हो । एन्टोनी ग्रीज्मन र फ्रेन्की डे जोङले एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको […]
३ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पीनर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोली बलियो रहेको बताएका छन् । शनिबारदेखि सुरु हुने सिरिजमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्दैछन् । सिरिजका लागि दुवै विदेशी टोली नेपाल आइसकेका छन् । यस्तै नेपालले बिहीबार नै आफ्नो अन्तिम प्रशिक्षण पूरा गरिसकेको छ । पहिलो पटक […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। जिल्लाको बुढिगंगा नगरपालिकामा नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको छ। बुढीगगाँ नगरपालिकाको आयोजनामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता बिहीबारबाट सुरु गरिएको नगर प्रमुख दिपक विक्रम शाहले बताएका छन् । प्रतियोगितामा नगरपालिकाका आठ ओटा विद्यालयको सहभागिता रहेको बताइएको छ। […]
२ वैशाख, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ । क्वाटरफाइनलमा दोस्रो लिगमा इंग्लिस क्लब लिभरपुलसग गोलरहित बराबरी खेले पनि समग्रमा ३-१ को जितहित रियलले अन्तिम चारमा स्थान बनाएको हो । घरेलु मैदानमा भएको पहिलो लिग रियलले ३-१ ले जितेको थियो । लिभरपुलको मैदानमा भएको दोस्रो लेग […]
नागरिक रैबार/बाजुरा ३० चैत । बडीमालिका नगरपालिका स्तरीय दाेस्राे राष्ट्रपति रनिङ शिल्ड पनि मालिका माविले हात पारेकाे छ । बाजुरा जिल्लामा अहिले सम्मका सबै शिल्डहरू निरन्तर कव्जा गर्दै अाएकाे मालिकाले यस वर्ष अायाेजना गरेकाे नगरस्तरीय दाेस्राे राष्ट्रपति रनिङ शिल्ड पनि आफ्नो हात पार्न सफल भएको हाे । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयकाे तत्वावधान तथा […]
एजेन्सी । ह्यारी केनले इङल्यान्डका लागि सर्वाधिक पेनाल्टी गोल गर्ने कीर्तिमान बनाएका छन् । केनले पोल्यान्डविरुद्ध बुधबार पेनाल्टीमार्फत गोल गरेका हुन् । यससँगै पेनाल्टी स्पटबाट उनले गरेको गोलसंख्या १० पुुग्यो । यसअघि फ्रयाङ्क लाम्पार्डको नाममा सर्वाधिक धेरै पेनाल्टी गोल गर्ने कीर्तिमान थियो । उनले ९ पटक पेनाल्टी गोल गरेका थिए । बिम्बलीमा भएको विश्वकप छनोटमा […]
१९ चैत, काठमाडौं । फिफा विश्वकप छनोटमा इंग्ल्याण्ड, इटली र डेनमार्क र अर्मेनियाको शतप्रतिशत जित हात पारेका छन् । युरोपियन छनोटमा यी चार राष्ट्रले आफ्नो समूहमा लगातार तीन खेल जितेका हुन् । यस्तै साविक विजेता फ्रान्स र पूर्व विजेता स्पेनले पनि लगातार दुई खेल जित्दै अपराजित यात्रा भने कायम राखेको छ । पूर्व च्याम्पियन जर्मनी […]
१८ चैत, काठमाडौं । फिफा विश्वकपको युरोपियन छनोट अन्तर्गत पोर्चुगलले लक्जेमबर्गलाई पुनरागमन जित हात पारेको छ । मंगलबार राति भएको खेलमा लक्जेमबर्गले पहिले अग्रता लिए पनि त्यसलाई उल्टाउँदै पोर्चुगलले ३-१ को जित हात पारेको हो । खेलको ३०औँ मिनेटमा गेर्सोन रोड्रिगेसले गोल गर्दै लक्जेम्बर्गलाई १-० को अग्रता दिलाएका थिए । तर ४५औँ मिनेटमा पोर्चुगलका डिएगो […]
१२ चैत काठमाडौं । फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा फ्रान्स युक्रेनसँग घरेलु मैदानमै बराबरीमा रोकिएको छ । प्रेसनल किम्पेम्बेले दोस्रो हाफमा आत्मघाती गोल गरेपछि विश्वकपकको साविक विजेता फ्रान्सले युक्रेनसँग १-१ को बराबरीमा रोकिएको हो । बराबरीपछि दुवैले समूह डी मा एक/एक अंक जोडेका छन् । स्टेड डे फ्रान्समा बुधबार राति भएको खेलमा एन्टोनी […]
९ चैत, काठमाडौं । किलिएन एमबाप्पेले दुई गोल गरेपछि साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा लियोनलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । खेलमा दुई गोल गर्दै एमबाप्पे लिग वानमा १०० गोल गर्ने कम उमेरका खेलाडी बनेका छन् । […]
९ चैत, काठमाडौं । कप्तान लिओनल मेस्सीले क्लबका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई उसैको मैदानमा ६-१ ले पराजित गरेको हो । बार्सिलोनाका लागि मेस्सीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । उनले […]
काठमाडौं । करिम बेन्जामाले दुई गोल गरेपछि सेल्टाभिगोलाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३-१ ले पराजित गरेको हो ।रियलको जितमा करिम बेन्जामाले दुई र मार्को एसेन्सियोले एक गोल गरे ।बेन्जामाले २०औं र ३०औं मिनेटमा गोल गरे । असेन्सियोले इन्जुरी […]
५ चैत, काठमाडौं । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०-२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन क्वाटरफाइनल खेल्ने ८ वटै टोलीको छिनोफानो भएको हो । चेल्सीसँगै इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी र लिभरपुलसहित सर्वाधिक ३ […]
५ चैत, काठमाडौं । साविक विजेता जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब लाजियोलाई २-१ ले पराजित गर्दै समग्रमा ६-२ को जितसहित बार्यन अन्तिम आठमा पुगेको हो । बार्यन पहिलो लिगमा ४-१ ले विजयी भएको थियो । घरेलु […]