होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • विश्वकप छनोट : पोर्चुगलको पुनरागमन जित
खेलकुद

विश्वकप छनोट : पोर्चुगलको पुनरागमन जित

  • नागरिक रैबार
विश्वकप छनोट : पोर्चुगलको पुनरागमन जित

१८ चैत, काठमाडौं । फिफा विश्वकपको युरोपियन छनोट अन्तर्गत पोर्चुगलले लक्जेमबर्गलाई पुनरागमन जित हात पारेको छ । मंगलबार राति भएको खेलमा लक्जेमबर्गले पहिले अग्रता लिए पनि त्यसलाई उल्टाउँदै पोर्चुगलले ३-१ को जित हात पारेको हो ।

खेलको ३०औँ मिनेटमा गेर्सोन रोड्रिगेसले गोल गर्दै लक्जेम्बर्गलाई १-० को अग्रता दिलाएका थिए । तर ४५औँ मिनेटमा पोर्चुगलका डिएगो जोटाले गोल गर्दै पहिलो हाफमै खेल बराबरी गरे ।

 

विज्ञापन

५१औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए । पोर्चुगलका लागि उनको यो १०३औँ गोल हो ।

त्यसपछि ८०औँ मिनेटमा जोआ पाल्हिन्हाले गोल गर्दै पोर्चुगललाई ३-१ को जित दिलाए ।

८७औं मिनेटमा म्याक्सिम छनोटले दोहोरो पहेलो कार्ड पाएपछि लक्जेम्बर्ग १० खेलाडीमा समेटिएको थियो ।

यस जितपछि समूह ए मा दोस्रो जित हात पारेको पोर्चुगल ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ । लक्जेम्बर्ग २ खेलबाट ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

अजरबैजानलाई २-१ ले पराजित गर्दै ३ खेलबाट ७ अंक जोडेको सर्विया गोलअन्तरमा पछि रहँदै दोस्रो स्थानमा छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै