होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • विश्वकप छनोट : आत्मघाती गोल गर्दा फ्रान्स घरेलु मैदानमै बराबरीमा रोकियो
खेलकुद

विश्वकप छनोट : आत्मघाती गोल गर्दा फ्रान्स घरेलु मैदानमै बराबरीमा रोकियो

  • नागरिक रैबार
विश्वकप छनोट : आत्मघाती गोल गर्दा फ्रान्स घरेलु मैदानमै बराबरीमा रोकियो

१२ चैत काठमाडौं । फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा फ्रान्स युक्रेनसँग घरेलु मैदानमै बराबरीमा रोकिएको छ ।

प्रेसनल किम्पेम्बेले दोस्रो हाफमा आत्मघाती गोल गरेपछि विश्वकपकको साविक विजेता फ्रान्सले युक्रेनसँग १-१ को बराबरीमा रोकिएको हो ।

 

विज्ञापन

बराबरीपछि दुवैले समूह डी मा एक/एक अंक जोडेका छन् ।

स्टेड डे फ्रान्समा बुधबार राति भएको खेलमा एन्टोनी ग्रीजमनले १९औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता जोगाउन सकेन । ५७औं मिनेटमा फ्रान्सका किम्पेम्बेले आत्मघाती गोल गर्दा युक्रेनले खेल बराबरी गरेको हो।

यसै समूहको अर्को खेलमा फिनल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनाले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

आत्मघाती गोल मद्दतमा पोर्चुगल विजयी

समूह ए को खेलमा पोर्चुगलले आत्मघाती गोल मद्दतमा अजरवैजानलाई १-० ले पराजित गर्दै ३ अंक जोडेको छ ।
खेलको ३६औं मिनेटमा अजरवैजानका माक्सिम मेदभेदेभले आत्मघाती गोल गर्दा पोर्चुगलले अग्रता बनाएको थियो र त्यही गोल नै पोर्चुगलको जितमा निर्णायक बन्यो ।

यसै समूहको अर्को खेलमा सर्वियाले रिपब्लिक अफ आयरल्याण्डलाई ३-२ ले पराजित गरेको छ ।

जितपछि सर्विया र पोर्चुगलको समान ३ अंक छ । गोलअन्तरका आधारमा सर्विया पहिलो स्थानमा छ ।

बेल्जियमको पुनरागमन जित

समूह एफमा बेल्जियमले वेस्लमाथि पुनरागमन जित हात पारेको छ । वेल्सले पहिले अग्रता लिएको स्थिति उलटाउँदै बेल्जियमले ३-१ को जित हात पारेको हो।

खलेको ११औं मिनेटमै ह्यारी विल्सनले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । २२औ मिनेटमा कभिन डे ब्रुएनाले बेल्जियमका लागि बराबरी गोल फर्काए । यस्तै २८औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई २-१ को अग्रता दिलाए ।

रोमेलु लुकाकुले ७३औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि बेल्जियमले ३-१ को जित हात पार्दै ३ अंक जोडेको हो ।

यसै समूहको अर्को खेलमा टोमस साउसेकको ह्याट्रिक मद्दतमा चेक रिपब्लिकले इस्टोनियालाई ६-२ ले पराजित गरेको छ । चेकका लाषि प्याट्रिक सिक, एन्टोनिन बाराक र जाकुब जान्क्तोले एक एक गोल थपे ।
इस्टोनियाका लागि राउनो सापिननेन र हेनरी अनिएरले एक एक गोल गरे ।

गोलअन्तरमा आचारमा बेल्जियमलाई पछि पार्दै चेक समूह इ को शीर्ष स्थानमा छ ।

नेदरल्याण्ड्स टर्कीसँग पराजित

यसैगरी समूह जी अन्तर्गत नेदरल्याण्ड्स टर्कीसँग ४-२ ले पराजित भएको छ । बुराक यिलमाजको ह्याट्रिकमा टर्कीले शानदार जित हात पारेको हो । टर्कीका लागि हाकन चाल्हानोग्लुले एक गोल थपे । यस्तै नेदरल्याण्ड्सका लागि डेभी क्लासेन र लुक डे जोङले एक एक गोल गरे पनि हार टार्न पर्याप्त भएन ।

यसै समूहको अर्को खेलमा नर्वेले जिब्राल्टरलाई ३-० ले पराजित गर्दा मोन्टेनेग्रोले लात्भियालाई २-१ ले हराएको छ ।

क्रोएसिया पराजित

विश्वकपकको साविक उपविजेता क्रोएसिया स्लोभेनियासँग पराजित भएको छ ।
समूह एच मा स्लोभेनियाले क्रोएसियालाई १-० ले पराजित गरेको छ । स्लोभेनियाका गि सान्डी लोभिरिकले १५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

यस्तै रसियाले माल्टालाई ३-१ ले पराजित गरेको छ । साइप्रस र स्लोभाकियाले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार