होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • ह्यारी केनले बनाए सर्वाधिक पेनाल्टी गोल गर्ने कीर्तिमान
खेलकुद

ह्यारी केनले बनाए सर्वाधिक पेनाल्टी गोल गर्ने कीर्तिमान

  • नागरिक रैबार
ह्यारी केनले बनाए सर्वाधिक पेनाल्टी गोल गर्ने कीर्तिमान

एजेन्सी । ह्यारी केनले इङल्यान्डका लागि सर्वाधिक पेनाल्टी गोल गर्ने कीर्तिमान बनाएका छन् । केनले पोल्यान्डविरुद्ध बुधबार पेनाल्टीमार्फत गोल गरेका हुन् । यससँगै पेनाल्टी स्पटबाट उनले गरेको गोलसंख्या १० पुुग्यो । यसअघि फ्रयाङ्क लाम्पार्डको नाममा सर्वाधिक धेरै पेनाल्टी गोल गर्ने कीर्तिमान थियो । उनले ९ पटक पेनाल्टी गोल गरेका थिए ।

बिम्बलीमा भएको विश्वकप छनोटमा केनले १९ औं मिनेटमा गोलको खाता खोले । त्यसपछि ५८ औं मिनेटमा पोल्याण्डका जाकुव मोडरले बराबरी गोल फर्काए । यद्यपी, ह्यारी मगुइरले अन्त्यतिर गोल गर्दा इङल्यान्डले २–१ को अग्रता लियो । यससँगै इङल्यान्डले कतार विश्वकप २०२२ का लागि खेलेको छनोट चरणका तीनवटै खेलमा जित हासिल गर्यो ।

टोट्टेनह्यामका स्ट्राइकर केनले पछिल्ला वर्ष इङल्यान्डका लागि निकै उत्कृष्ट खेलिरहेका छन् । उनले कुल ५३ खेलमा २४ गोल गरेका छन् । त्यसमध्ये युरोपेली च्याम्पियनसिप र विश्वकप छनोट खेलका २१ खेलमा उनले २२ गोल गरेका छन् भने ८ पटक एसिस्ट गरेका छन् ।

विज्ञापन

इङल्यान्डका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान भने वाइनी रुनीको नाममा छ । रुनीले ५३ गोल गरेका छन् । यस सूचीमा केनको नाम छैटौं स्थानमा छ । दोस्रो स्थानमा बब्बी चाल्र्टन, तेस्रो स्थानमा गेरी लिनेकर, चौथो स्थानमा जिम्मी ग्रिभ्स र पाँचौ स्थानमा माइकल ओवेन छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार