होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
११ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछानेले २०२१ को क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेट नयाँ क्लबबाट खेल्ने भएका छन् ।साबिक विजेता ट्रिनवागो नाइट राइडर्सबाट सन्दीपले नयाँ सिजन खेल्ने भएका हुन् । सीसीएलले मंगलबार सन्दीपले ट्रिनवागोबाट खेल्ने पुष्टि गरेको हो । ट्रिनवागोले गत सिजन उपाधि जितेको टिमका ११ खेलाडीलाई […]
१० जेठ, काठमाडौं । इटालियन सिरी ए को सिजनको अन्तिम खेलमा बोलोग्नालाई ४–१ ले पराजित गर्दै युभेन्ट्स अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट भएको छ । अन्तिम खेलअघि पाँचौं स्थानमा रहेको युभेन्ट्सले जितसहित चौथो स्थानमा लिग सकायो । अर्को खेलमा नापोली भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएपछि युभेन्ट्सलाई फाइदा पुगेको हो । युभेन्ट्सको जितमा अल्भारो मोराटाले दुई […]
९ जेठ काठमाडौं । युरोपका क्लब लिगहरु सकिन थालेका छन् । आइतबारदेखि इङ्ल्याण्डको प्रिमियर लिग सकिनेछ । सोमबारसम्म सबै लिग सकिने बताइएको छ । त्यसपछि युरोकपको रौनक सुरु हुनेछ । युरोकप फुटबलको १६औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ देशमा आयोजना हुँदैछ । युरोकपमा युरोपका उत्कृष्ट २४ टिमले प्रतिस्पर्धा गर्दैछन् […]
९ जेठ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले विश्वकप फुटबल हरेक २-२ वर्षमा आयोजना गर्नेबारे छलफल अगाडि बढाएको छ । हाल फिफा विश्वकप हरेक ४-४ वर्षमा आयोजना हुँदै आएको छ । भर्चुअल माध्यमबाट भएको फिफाको ७१औं कंग्रेसले महिला र पुरुष दुवैको विश्वकप २-२ वर्षमा आयोजना गर्ने प्रस्तावलाई बहुमतले अघि बढाउने निर्णय गरेको हो । […]
स्पेन र फ्रान्समा शीर्ष डिभिजनको फुटबलको यो अन्तिम सप्ताहन्त हो र आज हुने खेलहरुले लिगको अन्त्येष्टीसँगै नयाँ च्याम्पियनको छिनोफानो गर्नेछन् । स्पेनमा एथलेटिको म्याड्रिड सात वर्षयता पहिलोपटक उपाधि जित्ने संघारमा छ, तर चिर प्रतिद्वन्द्वी रियल म्याड्रिड अन्तिम खेलमा एथलेटिको चिप्लने आश गरेर बसेको छ । फ्रान्समा शीर्ष तीनमा रहेका क्लब लिल, पेरि सेन्ट जर्माइन र […]
८ जेठ, काठमाडौं । इङ्लिस क्लब म्यानचेष्टर सिटीमा अर्को महिना सम्झौता समाप्त भएपछि सर्जियो अगुएरो बार्सिलोना जाने भएका छन् । अगुएरो स्पेनिस क्लब बार्सिलोनासँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्न सहमत भएको बेलायती अनलाइन गार्डियनले जनाएको छ । अर्जेन्टिनी खेलाडी अगुएरोको प्राथमिकता क्याम्प नोउ जानु थियो र उनले अन्य ठाउँमा उपलब्ध तलबभन्दा कम तलबमा बार्सिलोना जान […]
६ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा मोनाकोलाई २-० ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो । स्टेड डे फ्रान्स स्टेडियममा भएको खेलमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र किलियन एमबाप्पेले गोल गरे । इकार्डीले १९ औं र एमबाप्पेले ८१औं मिनेटमा गोल गरे […]
५ जेठ, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ । यस जितपछि चेल्सी लेस्टरलाई नै पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ र शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा चेल्सीका लागि एन्टोनिओ रुडिगरले ४७औं र जर्जिन्होले ६६औं मिनेटमा पेनाल्टीमा गोल गरे । […]
२ जेठ, काठमाडौं । स्वीडेनका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले अर्को महिनादेखि सुरु हुने युरोकप नखेल्ने भएका छन् । घुँडाको चोटका कारण भेट्रान इब्राहिमोभिचले युरोकप गुमाउने भएका हुन् । ३९ वर्षीय इब्राहिमोभिच गत मार्चमा अन्तर्राष्ट्रिय सन्यास फिर्ता लिँदै राष्ट्रिय टिममा परेका थिए । तर पाँच वर्षपछि राष्ट्रिय टिममा फर्किएका उनले युरोकप भने नखेल्ने भएका छन् । […]
३१ वैशाख, काठमाडौं । जाडोन सान्चो र एर्लिङ हाल्याण्डको उत्कृष्ट प्रदर्शनमा बोरुसिया डर्टमण्डले जर्मन कप फुटबलको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ४-१ ले पराजित गर्दै डर्टमण्ड च्याम्पियन बनेको हो । बर्लिनमा भएको फाइनलमा डर्टमण्डका लागि जाडोन सान्चो र इर्लिङ हालाण्डले दुई-दुई गोल गरे । लाइपजिगका डानिएल ओल्मोले एक गोल फर्काए […]
३० वैशाख, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २-१ ले पराजित गर्दै उपाधि होड बलियो बनाएको छ। यस जितले एट्लेटिको अब उपाधितर्फ अग्रसर भएको छ । त्यसका लागि एट्लेटिकोले अब बाँकी दुई खेल जित्नुपर्नेछ । घरेलु मैदान भएको खेलमा एट्लेटिको मड्रिडलाई जिताउन यानिक कारास्कोले १६औं र एन्जल कोरेअले २८औं […]
काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ । लिगको तेस्रो स्थानमा ललितपुर सिटी एफसी […]
२३ वैशाख, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडलाई पराजित गर्दै इंगलिस क्लब चेल्सी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरको छ । गएराति भएको समेफाइनल दोस्रो लिगमा रियललाई २-० ले पराजित गर्दै चेल्सी समग्रमा ३-१ ले विजयी भएको हो । घरेलु मैदानमा चेल्सीका लागि टिमो वेर्नर र मासोन माउन्टले एक-एक गोल गरे । पहिलो लिगमा चेल्सीले रियलसँग […]
२२ वैशाख, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी पहिलो पटक युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । रियाद महारेजको दुई गोल मद्दतमा सिटीले सेमिफाइनल दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २-० ले पराजित गर्दै समग्रमा ४-१ को जित हात पारेको हो । पहिलो लेगमा सिटीले पिएसजीलाई […]
२० वैशाख, काठमाडौं । कप्तान लिओनल मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ३-२ ले पराजित गर्दै उपाधि होड कायमै राखेको छ । जितपछि बार्सिलोनाले रियल मड्रिडसँग अंक बराबरी गरेको छ भने शीर्ष स्थानमा एट्लेटिकोसँग अंक दूरी २ मा झारेको छ । भ्यालेन्सियाको मैदानमा सुरुमा गोल व्यहोरे पनि बार्सिलोनाले पुनरागमन गर्दै लगातार तीन […]
१४ वैशाख, काठमाडौं । इटालियन सिरी एमा एसी मिलान लाजियोसँग ३-० ले पराजित भएको छ । उक्त हार कति महँगो बन्यो भन्दा मिलान अंकतालिकामा दोस्रो स्थानबाट सिधै पाँचौ स्थानमा झरेको छ । अन्य खेलमा एटलान्टा र नापोली विजयी हुँदा मिलान पछि परेको हो । सोमबार राति घरेलु मैदानमा भएको खेलमा लाजियोका लागि जाओकिन कोरेअले दुई […]
१३ वैशाख, काठमाडौं । एसियन कपको उपाधि जितिसकेको इराकले मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालसँग प्रस्ताव गरेको छ । इराक फुटबल संघका अनुसार मैत्रीपूर्ण फुटबलका लागि नेपाललाई प्रस्ताव पठाएको र अखिल नेपाल फुटबल संघ एन्फाबाट स्वीकृत पाएको आफ्नो वेवसाइटमा जनाएको छ । यता एन्फाले भने मैत्रीपूर्ण खेल खेल्ने अन्तिम निर्णय हुन बाँकी रहेको र त्यसको गृहकार्य […]
१२ वैशाख, काठमाडौं । स्पिनस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियलले घरेलु मैदानमै बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीपछि रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्ने अवसर गुमायो । यस बराबरीले एट्लेटिकोसँगै तेस्रो स्थानको बार्सिलोनालाई पनि फाइदा पुगेको छ […]
१० वैशाख, काठमाडौं । लियोनल मेसीको उत्कृष्ट प्रदर्शन प्रेरित बार्सिलोनाले स्पानिस ला लिगामा गेटाफेलाई ५-२ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि मेसीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । यस्तै एन्टोनी ग्रीजम्यान र रोनाल्ड अरुजोले एक-एक गोल गरे । गेटाफेले एक गोल बार्सिलोनालाई उपहार दिएको थियो । गेटाफेका इनेस […]
९ वैशाख, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानको रहेको म्यानचेस्टर सिटीले एस्टनभिल्ला विरुद्ध पुनरागमन जित हात पारेको छ । बुधबार राति भएको खेलमा सिटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै एस्टनभिल्लालाई २-१ ले पराजित गरेको हो । खेलको पहिलो मिनेटमै जोन म्याकगिनले गोल गर्दै घरेलु मैदानमा एस्टनभिल्लालाई पहिले अग्रता दिलाएका थिए । तर उक्त अग्रता […]