होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • च्याम्पियन्स लिगको साविक विजेता बार्यन सहजै क्वाटरफाइनलमा
खेलकुद

च्याम्पियन्स लिगको साविक विजेता बार्यन सहजै क्वाटरफाइनलमा

  • नागरिक रैबार
च्याम्पियन्स लिगको साविक विजेता बार्यन सहजै क्वाटरफाइनलमा

५ चैत, काठमाडौं । साविक विजेता जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब लाजियोलाई २-१ ले पराजित गर्दै समग्रमा ६-२ को जितसहित बार्यन अन्तिम आठमा पुगेको हो ।

 

विज्ञापन

बार्यन पहिलो लिगमा ४-१ ले विजयी भएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लिगमा बार्यनका लागि रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिम चोपोउ माटिङले एक-एक गोल गरे । लाजियोका मार्को पारालोले एक गोल फर्काए ।

खेलको ३३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । ७३औं मिनेटमा म्याक्सिमले गोल गरेपछि बार्यनले २-० को अग्रता लियो ।

८२औं मिनेटमा लाजियोका मार्कोले एक गोल फर्काए पनि बार्यन २-१ ले विजयी भयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार