होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • रोनाल्डोले गरे कीर्तिमान बराबरी, फ्रान्स र पोर्चुगलले खेले बराबरी
खेलकुद

रोनाल्डोले गरे कीर्तिमान बराबरी, फ्रान्स र पोर्चुगलले खेले बराबरी

  • नागरिक रैबार
रोनाल्डोले गरे कीर्तिमान बराबरी, फ्रान्स र पोर्चुगलले खेले बराबरी

१० असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २-२ गोलको बराबरी खेल्दा क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बराबरी गरेका छन् ।

रोनाल्डोले फ्रान्सविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका हुन् । उनले १७७ खेल खेल्दै १०९ गोल गरेका हुन् । अली दाइले १४९ खेलमा उक्त उपलब्धि हासिल गरेका थिए ।

खेलमा तीन गोल पेनाल्टीबाट भएको थियो । जसमा रोनाल्डोले दुवै गोल पेनाल्टीबाट गरेका थिए ।

विज्ञापन

हंगेरीको पुस्कास एरेनामा भएको खेलको ३१औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पहिलो पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा फ्रान्सका करिम बेन्जामाले पेनाल्टीबाटै बराबरी गोल फर्काए ।

४७औं मिनेटमा बेन्जामाले गोल गर्दा फ्रान्सले अग्रता बनायो तर ६०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमै गोल गर्दै खेल बराबरी गरे ।

यस युरोकपमा रोनाल्डोको यो पाँचौ गोलसमेत हो ।

यस बराबरीपछि फ्रान्स ५ अंक जोड्दै समूह एफको विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । यस्तै ४ अंक जोडेको पोर्चुगल जर्मनीसँग हेड टु हेडमा पछि पर्दै तेस्रो स्थान रहे पनि तेस्रो मध्ये उत्कृष्ट टिम बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

जहाँ अब फ्रान्सले स्विट्जरल्याण्डसँग खेल्नेछ भने पोर्चुगलले बेल्जियमसँग खेल्नेछ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार