होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • कोपा अमेरिकामा अर्जेन्टिना क्वाटरफाइनलमा
खेलकुद

कोपा अमेरिकामा अर्जेन्टिना क्वाटरफाइनलमा

  • नागरिक रैबार
कोपा अमेरिकामा अर्जेन्टिना क्वाटरफाइनलमा

कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले लगातार दोस्रो खेल जितेको छ । यस जीतसँगै समूह एको शीर्ष स्थानमा उक्लिएको अर्जेन्टिनाले अन्तिम खेलअघि नै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह एको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हराएको हो । अर्जेन्टिनाबाट अलेस्यान्द्रो गोमेजले निर्णायक गोल गरे । खेलको १० औं मिनेटमा एन्जेल डि मारियाको पासमा उनल गोल गरेका हुन् ।

खेलमा धेरै अवसर सिर्जना गरेपनि लियोनल मेसी र सर्जियो अग्वुइरो गोल गर्नबाट चुके । प्रतियोगिताअन्तर्गत मंगलबार समूह एकै खेलमा चिलीले बोलिभियालाई १–० ले हरायो । चिलीका लागि एन्टोनी बीरेरेटनले निर्णायक गोल गरे ।
समूहमा शीर्ष स्थानको अर्जेन्टिनाले ३ खेलबाट ७ अंक जोडेको छ । त्यस्तै, दोस्रो स्थानको चिलीको ५, तेस्रो स्थानको पाराग्वेको ३, चौथो स्थानको उरुग्वेको १ र पुछारको बोलिभियाको शून्य अंक छ । पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा उरुग्वेलाई हराएको थियो । अब समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनालो बोलिभियाको सामना गर्नेछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार