होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेका ८ देशमध्ये को कति शक्तिशाली
खेलकुद

युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेका ८ देशमध्ये को कति शक्तिशाली

  • नागरिक रैबार
युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेका ८ देशमध्ये को कति शक्तिशाली

एजेन्सी, १७ असार । युरोकपको क्वाटरफाइनलमा पुग्ने ८ देशले शुक्रबारबाट सेमिफाइनलमा पुग्न प्रतिष्पर्धा गर्दैछन् । क्वाटरफाइनलको खेल निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

शुक्रबार पहिलो खेल स्वीटजरल्यान्डले स्पेनविरुद्ध खेल्नेछ । विश्वकप जितिसकेको फुटबलको महाशक्ति स्पेन युरोकपको मुख्य दाबेदार हो । तर, विश्वकप विजेता फ्रान्सलाई अन्तिम १६ मा पराजित गरेर स्वीटजरल्यान्ड उत्साही छ । शारीरिक रुपमा बलिया खेलाडीले भरिएको स्वीटरजरल्यान्डसँग स्पेनलाई निकै कठिन पर्न सक्छ ।
स्पेनसँग मोराटा, टोरेज, गार्सिया जस्ता प्रभावशाली खेलाडी छन् । तर, स्वीटजरल्यानडको टिमवर्क राम्रो छ ।

शुक्रबारको अर्को खेल बेज्यिमलविरुद्ध इटाली खेल्दैछ । यसलाई कतिपयले युरोकपको फाइनल मानेका छन् । बेल्जियम फिफा वरियतामा पहिलो नम्बरमा छ । ‘सुनौलो पुस्ता’ भनिने खेलाडी भएको बेल्जियम बलियो टोली हो । मिडफिल्डर डिब्रुनी, हाजार्ड दाजुभाई, कार्टुइस जस्तो गोलरक्षक, लुकाकु जस्ता स्ट्राइकरले बेल्जियम निकै बलियो छ ।

विज्ञापन

इटालीसँग इतिहास मात्र छैन बलियो टोली पनि छ । उसका प्रशिक्षक मान्सिनी क्लब फुटबलमा ख्याती कमाइसकेका हुन् । चियलिनी जस्ता अनुभवी डिफेन्डर, जोर्गिनो जस्ता भरपर्दा मिडफिल्डर इटालीसँग छन् ।

शनिबार चेक रिपब्लिकविरुद्ध डेनमार्कको प्रतिष्पर्धा हुनेछ । जारी युरोकपमा चेक रिपब्लिक निकै बलियो टोली हो । चेकका स्ट्राइकर सिकको गोल यो युरोकपकै उत्कृष्ट बनेको छ । उनले ४ गोल गरिसकेका छन् । डेनमार्कविरुद्ध उनी ठूलो चुनौती बन्न सक्छन् । चेकले अन्तिम १६ मा नेदरल्यान्डलाई पराजित गरेको थियो । नेदरल्यान्ड जस्तो बलियो टोलीलाई पराजित गरेर चेकले युरोकपको दाबेदारी प्रस्तुत गरिसकेको छ ।

डेनमार्कले समूह चरणको खेलबाट नकआउट चरणमा प्रवेश गर्न निकै संघर्ष गरेको थियो । उसले अन्तिम १६ मा वेल्समाथि ४-० को जित हासिल गर्यो । डेनमार्कका भरपर्दा खेलाडी इरिकसन मुटुमा समस्या भई अस्पताल भर्ना छन् । तर, डेनमार्कले इरिकसनको अभाव भोग्दै युरोकपमा उत्कृष्ट पुनरागमन गर्न थालेको छ । डेनमार्कले चेकलाई ठूलो चुनौती दिने अपेक्षा गरिएको छ ।

शनिबार नै क्वाटरफाइनलको खेल युक्रेनविरुद्ध इंग्ल्यान्डको छ । इंग्ल्यान्ड युरोकपको दाबेदार राष्ट्र हो । युक्रेन समूह चरणमा निकै कठिनाईका साथ अन्तिम १६ मा पुगेको थियो । तर, क्वाटरफाइनलमा प्रवेश गर्न उसले स्वीडेनविरुद्ध जीत हासिल गरेको थियो । युक्रेनको खेल निकै सुधारिएको छ । युक्रेनका प्रशिक्षक आन्ड्री सेभचेन्कोसँग फुटबलको राम्रो अनुभव छ । जिन्चेन्को जस्ता मिडफिल्डर युक्रेनसँग छन् ।

फुटबलको महाशक्ति इंगल्यान्डसँग विश्व चर्चित खेलाडीहरु छन् । ह्यारी काने, फोडेन, स्टरलिङ, स्टोन्स जस्ता खेलाडीले इंग्ल्यान्डको राष्ट्रिय टोली भरिएको छ । टोलीले अन्तिम १६ मा फुटबलको अर्को महाशक्ति जर्मनीलाई पराजित गरेर देखाइसकेको छ । इंग्ल्यान्ड यसपटक युरोकपको मुख्य दाबेदार बनेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार