होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • युरोकपमा आज पोर्चुगल र हंगेरी भिड्दै
खेलकुद

युरोकपमा आज पोर्चुगल र हंगेरी भिड्दै

  • नागरिक रैबार
युरोकपमा आज पोर्चुगल र हंगेरी भिड्दै

१ असार, काठमाडौं । युरोकपमा मंगलबार पोर्चुगल र हंगेरी भिड्दैछन् । नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुने खेलमा साविक विजेता पोर्चुगलले हंगेरीको सामना गर्नेछ ।

समूह एफमा रहेका यी दुई टोली बुढापेस्टस्थित पुस्कास एरेनामा भिड्नेछन् । यसपटक युरोकपका ११ आयोजक राष्ट्रमध्ये हंगेरी मात्र शतप्रतिशत दर्शकलाई अनुमति दिने एक्लो राष्ट्र हो । घरेलु मैदानमा हंगेरीको लागि यो फाइदाको विषय छ ।

सन् २०१६ मा फ्रान्सलाई उसैको मैदानमा हराउँदै पहिलो पटक युरोकप जितेको पोर्चुगल यस पटक पनि स्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा खेल्दैछ । रोनाल्डो ३६ वर्ष भइसकेका छन् यस्तै ३८ वर्षीय पेपे पनि टिममा छन् ।

विज्ञापन

तर यसबाहेक टिममा क्षमतावान् युवा खेलाडीहरु पनि थपिएका छन् । रोनाल्डोले युरोकप सुरु हुनुअघि नै लगातार दुई युरोकप जित्नु महत्वपूर्ण भएको बताएका छन् । यसले उनको नजर उपाधि रक्षामै भएको संकेत गर्दछ । युरोकपअघि कोरोना संक्रमण भएका डिफेण्डर जाओ कान्सेको स्थानमा पोर्चुगलले डिएगो जालोटलाई राखेको छ ।

रोनाल्डोले टिमले राम्रो तयारी गरेको र पहिलो खेल जित्नु महत्वपूर्ण हुने बताएका छन् । ५ वर्षपछि धेरै सम्भावना भएको युवा टिम रहेको र प्रतियोगिता अघि बढ्दै जाँदा राम्रो वा नराम्रो हुने थाहा हुने उनले बताए ।

२०१६ मा पोर्चुगल र हंगेरी समूह चरणमै खेल्दा ३–३ को बराबरीमा खेल टुङ्गिएको थियो ।

ठूला प्रतियोगितामा यी दुई टिम भिड्न लागेको यो तेस्रो पटक हो । यसअघि सन् १९६६ को विश्वकपको समूह चरणमा भेट हुँदा पोर्चुगल विजयी भएको थियो भने पछिल्लो युरोकपमा बराबरी भएको थियो । पोर्चुगल अहिलेसम्म हंगेरीसँग पराजित भएको छैन । १३ खेलमध्ये पोर्चुगल ९ खेलमा विजयी हुँदा ४ खेल बराबरीमा सकिएको छ ।

एक गोल गरे बन्नेछ रोनाल्डोको कीर्तिमान

पाँचौ पटक युरोकप खेल्न लागेको रोनाल्डो युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान नजिक छन् । उनले हंगेरीविरुद्ध एक गोल गरेमा युरोकपमा १० गोल पुग्नेछ । अहिले फ्रेन्च मिचेल प्लाटिनी र रोनाल्डोको समान ९ गोल छ ।

 

रोनाल्डो लगातार ५ युरोकप खेल्ने पहिलो खेलाडी समेत बन्दैछन् । रोनाल्डोले युरोकपमा सर्वाधिक २१ खेल समेत खेलेका छन् । उनले छनोटसहित गरेर सर्वाधिक ४० गोल गरेका छन् ।

यस्तै अन्तर्राष्ट्रिय फुटबलमा पनि सर्वाधिक गोल गर्नेमा रोनाल्डो अहिले १०४ गोलसहित दोस्रो स्थानमा छन् र इरानका अली दाईको कीर्तिमानभन्दा उनी ५ गोलले मात्र पछि छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार