होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
८ पुस, काठमाडौं । इटालियन सिरी ए मा साविक विजेता युभेन्ट्सले यस सिजनको पहिलो हार बेहोरेको छ । सिरी ए को गएराति भएको खेलमा १० खेलाडीमा सीमित युभेन्ट्स घरेलु मैदानमै फियोरेन्टिनासँग ३-० ले पराजित भयो । युभेन्ट्सको मैदानमा भएको खेलको तेस्रो मिनेटमा डुसान भ्लाहोभिकले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । १८औं मिनेटमा जुवान क्वाड्राडोले […]
११ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह बी को खेलमा स्पानिस क्लब रियल मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गरेको छ । पहिलो दुई खेलमा जित हात पार्न नसकेको रियलले इन्टरविरुद्ध लगातार दोस्रो जित हात पार्दै समूहमा दोस्रो जित हासिल गरेको हो । इन्टरको मैदानमा भएको खेलमा रियलका लागि […]
अनिल शाही/बाजुरा२७ कार्तिक।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं तिन जुकोटमा बुधबारदेखि खुला फुटवल प्रतियोगिता सञ्चालन भएको छ । रोयल युनिटि युथ क्लवको आयोजनामा सम्भुसुनन्दा मावि जुकोटको चौघानचौरको खेलमैदानमा सो प्रतियोगिता सञ्चालन भएको हो । स्वास्थ्यका लागि खेलकुद र राष्टका लागि खेलकुद भन्ने मुलनाराका साथ सञ्चालन भएको प्रतियोगिताको नेकपाका नेता तथा पुर्व सांसद हिक्मतजगं शाहीले एक […]
२७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले एन्डोरामाथि शानदार जित हात पारेको छ । गएराति भएको खेलमा पोर्चुगलले एन्डोरालाई ७-० को फराकिलो अन्तरले हरायो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्ने लयलाई कायम राख्दा पोर्चुगलका लागि ५ फरक खेलाडीले गोल गरे । पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा पाँच गोल थपेको […]
२१ कात्तिक, काठमाडौं । यस सिजन इटालियन सिरी ए मा उत्कृष्ट प्रदर्शन गरिरहेको एसी मिलान युरोपा लिगमा फ्रेन्च क्लब लिलेसंग पराजित भएको छ । समूह एच अन्तर्गतको खेलमा लिलेले मिलानलाई ३-० ले पराजित गरेको हो । लिलेका लागि युसुफ याजिसीले ह्याट्रिक गरे । २२औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका युसुफले ५५औं र ५८औं मिनेटमा लगातार […]
नागरिक रैबार/बाजुरा २० कार्तिक। बाजुराको सवै भन्दा ठुलो धनराशी नगद पुरस्कार भएको दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उपाधि बुढीगंगा नगरपालिका २ मा रहेको कन्सन बाजुराले जितेको छ । विहिबार भएको फाईनल खेलमा नेपाल प्रहरीलाई पराजित गर्दै कन्सन बाजुराले दोस्रो छेडेदह कपको उपाधि जितेको हो । खेलको अन्तिम दिन विहिबार नेपाल प्रहरी र कन्सन बाजुरा विच […]
दश खेलाडीमा सिमित रेनेशमाथि सहज जीत हासिल गर्दै चेल्सीले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई कायम राखेको छ । आफ्नो घरेलु मैदानमा चेल्सी ३–० गोलले विजयी भएको हो । सिजनको पहिलो खेलमा सेभियासँग बराबरी खेलेको चेल्सीले त्यसपछि क्रासनोडारलाई भने पराजित गरेको थियो । टिमो वेर्नरले खेलको १० औँ मिनेटमा पेनाल्टीबाट चेल्सीलाई अग्रता दिलाए । डाल्बर्टले फल हानेपछि […]
रोड्रिगोको निर्णायक गोलमा इन्टर मिलानलाई पराजित गर्दै रियल म्याड्रिडले च्याम्पियन्स लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा रियल ३–२ गोलअन्तरले विजयी बनेको हो । खेलमा करिम बेन्जेमाको गोलको मद्दतले रियलले अग्रता लिएको थियो । कप्तान सर्जियो रामोशले खेलको ३३ औँ मिनेटमा क्लबका लागि १ सयौँ गोल गर्दै अग्रता दोब्बर […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कणर्बहादुर थापाले बाजुराको खेल क्षेत्रको विकासका लागि प्रयाप्त लगानि सहित निरन्तर लागिरहेको बताएका छन् । विहिबार छेडेदह स्पोट्र्स क्लवद्धारा आयोजित दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उद्धघाटन समारोहमा बोल्दै नेता थापाले बाजुरामा खेलक्षेत्रको विकासका लागि प्रयाप्त लगानि गरिने बताएका हुन् । खेल क्षेत्रपनि जीवनको […]
काठमाडौं । इटालीका लिजेन्ड फुटबलर क्रिश्चियन वियरीले बार्सिलोनाका लियोनेल मेस्सी फुटबलका ह्यारी पोटर भएको बताएका छन् । बुधबार भएको च्याम्पियन्स लिगको खेलमा युभेन्टसलाई बार्सिलोनाले हराएसँगै विएरीले यस्तो बताएका हुन् । बार्सिलोनाले युभेन्टसलाई २-० ले हराउँदा मेस्सीले पहिलो गोलका लागि उस्मान डेम्बेलेलाई पास उपलब्ध गराएका थिए भने अन्तिम समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जाली चुमाएका […]
लन्डन — जोसुआ किमिचले ७९ औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा लोकोमोटिभ मस्कोलाई २–१ ले हराएको छ । बायर्नले प्रतियोगितामा आफ्नो लगातार जितको क्रमलाई १३ खेल पुर्यायो । बायर्नले लियोन गोरेट्ज्काको गोलले १३ औं मिनेटमा अग्रता लिएको थियो, तर एन्टोन मिराचुन्कले बराबरी गोल फर्काए । किमिचले […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। रानीबन स्पोर्ट क्लवद्धारा आयोजित सेबन ए साईड खुल्ला फुटबल प्रतियोगिताको उपाधि एमएसवाईसी क्लबले हात पारेको छ । बडा दशैं तथा शुभ दिपावली २०७७ को अवसरमा रानिवन स्पोट्र्स क्लवले आयोजना गरेको उक्त प्रतियोगिताको उपाधि एमएसवाईसी क्लबले हात पारेको हो । कार्तिक १ गतेबाट बाजुरा क्याम्पसमा संचालन भएको उक्त प्रतियोगितामा २४ टिम मध्ये […]
नागरिक रैबार कार्तिक ७ बाजुरा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बाजुराका कार्यालय सदस्य नेता गगन रावलले जिल्लाको सदरमुकाम मार्तडीमा आर्कषक खेल स्टेडियम बनाउँन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार रानीबन स्पोर्टस क्लबद्धारा बडा दसैँको उपलक्ष्यमा आयोजित सेवेन ए साईड खुला फुटबल प्रतियोगिताको समापन कार्यक्रममा खेलाडीहरुलाई उत्साहित पार्दै सो कुरा बताएका हुन् । […]
दोस्रो रोजाइका खेलाडी उतारेको युक्रेनियन टोली शाख्तार डोनेस्कसँग १३ पटकको च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा पराजित भएको छ । कारोनाभाइरसको संक्रमणका कारण युक्रेनियन टोली पहिलो रोजाइका १३ खेलाडी बिना नै युवा खेलाडीहरुलाई लिएर म्याड्रिड आएको थियो । तर, लुइस कास्ट्रोको युवा टोलीले रियलविरुद्ध ३–२ को ऐतिहासिक जित हासिल गर्न सफल रह्यो । […]
एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड भिड्दै छन् । खेल नेपाली समयअनुसार राति १२:४५ मा सुरु हुनेछ । समूह एचमा रहेका दुवै टोलीको पहिलो खेल पीएसजीको घरेलु मैदानमा पार्स देस प्रिन्सेजमा हुनेछ । गत सिजन च्याम्पियन्स लिगको उपविजेता रहेको […]
नागरिक रैबार/बाजुरा २३ असोज। प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको विजेता बडीमालिका नगरपालिका ९ बनेकाे छ । बडीमालिका वडा नं. ८ को आयोजनामा भएकाे उक्त प्रतियोगितामा आज विहान भएको फाईनल खेलमा बडीमालिका ८ लाई पराजित गर्दै बडीमालिका ९ ले प्रतियोगिताको विजेता बनेको हो । प्रतियोगिताको विजेता बनेको बडीमालिका ९ ले ट्रफि, मेडल, प्रमाणपत्र सहित २० हजार […]
सेभियासँग बराबरी गर्दै बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । आइतबार भएको खेल १–१ को बराबरीमा सकिएको छ । लुक डि योङले खेलको आठौँ मिनेटमा सेभियालाई अग्रता दिलाए पनि दुई मिनेटपछि नै फिलिपे काउन्टिन्होले गोल गर्दै खेल बराबरी गरेका थिए । ला लिगाको यो सिजनमा उनको पहिलो गोल हो […]
१७ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्सलाई सात रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । जवाफमा चेन्नाईको टोलीले ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो । जारी आईपीएलमा चेन्नाईको यो लगातार तेस्रो हार […]
१६ असोज, काठमाडौं । युवा स्टार अंशु फाटीले लगातार दोस्रो खेलमा गोल गर्दा स्पानिस ला लिगामा बार्सिलोनाले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा १० खेलाडीमा झरेर पनि बार्सिलोनाले सेल्टाभिगोलाई ३-० ले हरायो । बार्साका लागि फाटी र सरजी रोवर्टोले गोल गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफको अन्त्यतिर क्लेमेन्ट […]
५ असोज, काठमाडौं । इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-० ले पराजित गर्दै शानदार सुरुवात गरेको हो । घरेलु मैदान एलिएन्ज स्टेडियममा भएको खेलमा युभेन्ट्सका लागि डेजान कुलुसेभ्स्की लियोनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको […]