होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • चेल्सीको अपराजित यात्रा कायम, युनाइटेड पराजित
खेलकुद

चेल्सीको अपराजित यात्रा कायम, युनाइटेड पराजित

  • नागरिक रैबार
चेल्सीको अपराजित यात्रा कायम, युनाइटेड पराजित

दश खेलाडीमा सिमित रेनेशमाथि सहज जीत हासिल गर्दै चेल्सीले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई कायम राखेको छ । आफ्नो घरेलु मैदानमा चेल्सी ३–० गोलले विजयी भएको हो ।

सिजनको पहिलो खेलमा सेभियासँग बराबरी खेलेको चेल्सीले त्यसपछि क्रासनोडारलाई भने पराजित गरेको थियो ।

टिमो वेर्नरले खेलको १० औँ मिनेटमा पेनाल्टीबाट चेल्सीलाई अग्रता दिलाए । डाल्बर्टले फल हानेपछि चेल्सीले पेनाल्टी पाएको थियो । त्यसपछि सोही डिफेन्डरले ह्यान्डबल गरेपछि चेल्सीले दोस्रो पेनाल्टी पायो भने रेनेश दश खेलाडीमा सिमित बन्यो । उक्त पेनाल्टीलाई पनि वेर्नरले सजिलै गोलमा परिणत गरे ।

विज्ञापन

दोस्रो हाफमा ट्यामी एब्राहमले अर्को गोल थप्दै चेल्सीको जीत सुनिश्चित गरे । समूहको अर्को खेलमा सेभियाले क्रासनोडारलाई ३–२ गोलअन्तरले पराजित गर्यो ।

चेल्सी र सेभियाको समान ७ अंक रहे पनि गोलअन्तरको आधारमा चेल्सी शीर्ष स्थानमा छ ।

 

उता, समूह एचमा रहेको म्यान्चेस्टर युनाइटेड भने इस्तानबुल बसाक्सेहिरसँग २–१ गोलअन्तरले पराजित भएको छ ।

डेम्बा बाले खेलको १२ औँ मिनेटमा टर्किस टोलीलाई अग्रता दिलाए भने एडिन भिस्काले खेलको ४० औँ मिनेटमा अग्रता दोब्बर बनाए । लगत्तै एन्थोनी मार्सियालले युनाइटेडका लागि गोल फर्काए । तर, दोस्रो हाफमा गोल गर्न नसकेपछि युनाइटेड हार ब्यहोर्न बाध्य बन्यो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै