होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बायर्नको लगातार १३ औं जित, लिभरपुललाई चोटको डर
खेलकुद

बायर्नको लगातार १३ औं जित, लिभरपुललाई चोटको डर

  • नागरिक रैबार
बायर्नको लगातार १३ औं जित, लिभरपुललाई चोटको डर

लन्डन — जोसुआ किमिचले ७९ औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा लोकोमोटिभ मस्कोलाई २–१ ले हराएको छ ।

बायर्नले प्रतियोगितामा आफ्नो लगातार जितको क्रमलाई १३ खेल पुर्‍यायो ।

 

विज्ञापन

बायर्नले लियोन गोरेट्ज्काको गोलले १३ औं मिनेटमा अग्रता लिएको थियो, तर एन्टोन मिराचुन्कले बराबरी गोल फर्काए । किमिचले ‘भलि’ बाट आकर्षक गोल गरे । लिग चरणमा बायर्नको यो दोस्रो जित हो र यससँगै समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो ।

यही समूहको अर्को खेलमा एटलेटिको म्याड्रिडले साल्जबर्गलाई ३–२ ले हरायो । समूह ‘बी’ मा साख्तर डोनेस्क र इन्टर मिलानले १–१ तथा बोरुसिया मुन्छेनग्लाडबाख र रियल म्याड्रिडले २–२ को बराबरी खेले ।

समूह ‘सी’ मा भने म्यानचेस्टर सिटीले मार्सेलाई ३–० ले हरायो । त्यसमा फेरान टोरेस, इलकेयी गुन्डोगन र रहिम स्टर्लिङले गोल गरे । सिटीको यो लगातार दोस्रो जित हो ।

 

यस्तै समूह ‘डी’ मा लिरभपुलले एफसी मिडत्जल्यान्डलाई २–० ले हरायो । उसका लागि दोस्रो हाफमा डिएगो जोटा र मोहम्मद सलाहले गोल गरे । समूहको अर्को खेलमा एटलान्टा र मार्सेले २–२ को बराबरी खेले ।

लिभरपुलको जितमा सेन्ट्रल डिफेन्सको भूमिकामा रहेका फाबिन्हो घाइते भए र यो टिमका लागि अर्को समस्या भएको छ । त्यो स्थानमा खेल्न प्रमुख खेलाडी भर्जिल भान डाइक घाइते भएपछि फाबिन्होलाई त्यहाँबाट खेल्ने अवसर दिइएको थियो, अब उनी पनि चोटग्रस्ट भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार