होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • रियलको लज्जास्पद हार, जिदानले लिए जिम्मेवारी
खेलकुद

रियलको लज्जास्पद हार, जिदानले लिए जिम्मेवारी

  • नागरिक रैबार
रियलको लज्जास्पद हार, जिदानले लिए जिम्मेवारी

दोस्रो रोजाइका खेलाडी उतारेको युक्रेनियन टोली शाख्तार डोनेस्कसँग १३ पटकको च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा पराजित भएको छ । कारोनाभाइरसको संक्रमणका कारण युक्रेनियन टोली पहिलो रोजाइका १३ खेलाडी बिना नै युवा खेलाडीहरुलाई लिएर म्याड्रिड आएको थियो । तर, लुइस कास्ट्रोको युवा टोलीले रियलविरुद्ध ३–२ को ऐतिहासिक जित हासिल गर्न सफल रह्यो ।

शनिबारको एल क्लासिकोलाई मध्य नजर राख्दै जिदानले खेलाडीहरुलाई आराम दिनु प्रत्युत्यपादक बन्यो । पहिलो हाफमा नै शाख्तारले ३–० को अग्रता दिएको थियो । टेटेले भरान र मार्सेलोको गल्तीको फाइदा उठाउँदै शाख्तारलाई अग्रता दिलाए भने भरानको आत्मघाती गोलले पाहुना टोलीको अग्रता दोब्बर भयो । पहिलो हाफको अन्त्यतिर सोलोमोनले तेस्रो गोल थपे ।

दोस्रो हाफमा आराम दिइएका करिम बेन्जेमालाई मैदानमा उतारेपछि रियलले केही सुधारिएको प्रदर्शन गर्यो । लुका मोड्रिच र भिनिसियस जुनियरले दोस्रो हाफमा गोल फर्काए पनि रियल खेलमा फर्कन सकेन ।

विज्ञापन

रियलले युरोपियन कप प्रतियोगितामा लगातार तीन खेल हारेको सन् १९८६ पछि पहिलो पटक हो । खेलपछि रियलका म्यानेजर जिनेदिन जिदानले हारको जिम्मेवारी लिए ।

समूहको अर्को खेलमा इन्टर मिलान र बोरुसिया मोचेनग्ल्याडब्यचले २–२ को बराबरी खेले ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार