होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मस्कट : हङकङविरुद्ध करण केसीले एकै ओभरमा ३ विकेट लिएका छन्।ओमानमा जारी पाँच देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तरगत नेपालको पहिलो खेलमा करणले खेलको पाँचौँ ओभरमा ३ विकेट लिएका हुन्। उनले ४.३ आभेरमा हङकङका ओपनर असन अब्बासीलाई १३ रनमा रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराए । अर्को बलमा रन दिएनन्। त्यसपछि ५ वाइड फ्याँके। तर त्यसपछिका […]
आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराएको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कुवेतले दिएको १४२ रनको लक्ष्य १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि कप्तान पारस खड्काले ६८ रनको अर्धशतकीय पारी खेले। उनले ४२ बलमा ११ चौका र १ छक्कासहित ६८ रन बनाएका हुन्। त्यस्तै […]
१४२ रनको लक्ष्य दिएको छ। सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन जोड्यो। कुवेतका लागि कप्तान मोहमद कासिफले सबैभन्दा बढी नटआउट ४९ रन जोड। अन्तिम २ ओभरमा आक्रामक रुपमा प्रस्तुत भएका उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार […]
एजेन्सी । न्युजिल्याण्ड इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टरमा बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड उपाधि नजिक पुगेको हो । ओल्ड ट्राफोर्डमा न्युजिल्याण्डले दिएको २४० रनको सामान्य लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २२१ रनमा समेटियो । भारतका लागि रबिन्द्र जडेजा र महेन्द्र सिंह धोनीले […]
काठमाडौं, असार २१। इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ। शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा पाकिस्तान बंगलादेशलाई ९४ रनले पराजित गरेको हो। लिग चरणको अन्तिम खेलमा जित निकालेपनि पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको छ। बंगलादेश यस अघि नै विश्वकपबाट बाहिरिसकेको छ। पाकिस्तानलाई सेमिफाइनल पुग्न बंगालदेशमाथि ३ सय ८ रनको […]
काठमाण्डौ, असार २० । नेपाल समूह विजेता बन्दै मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । सिंगापुर समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको ३ सय २७ रनको […]
कंञ्चनपुर – प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमले दोस्रो जित निकालेको छ । कंञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा चलिरहेको प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले प्रदेश ५ लाई ५१ रनले पराजित गरेको हो ।टस हार्दै ब्याटिङको निम्तो पाएको सुदुर पश्चिम प्रदेशले १६ दशमलव १ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय रन जोडेको थियोे । सुदुरपश्चिमका लागि कविता कुवँरले २५ […]
काठमाडौं, वैशाख ३१– इन्डियन प्रिमियर लिगमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सबाट नेपाली बलर सन्दीप लामिछानेले यो सिजन झण्डै ५५ लाख रुपैयाँ पाउने भएका छन् । दिल्लीले तेस्रो भएवापत ६ दशलमव ४ करोड भारतीय रुपैयाँमा आइपीएलको नियम अनुसार ५० प्रतिशत रकम खेलाडीलाई दिनुपर्ने हुन्छ । त्यस अनुसार दिल्लीले टिममा रहेको २५ खेलाडीलाई बराबर […]
बैशाख २२, २०७६ भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) खेलिरहेका नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने नेपाल आएका छन् । व्यक्तिगत कामका कारण आइपीएल चलिरहेकै बेला बुधबार उनी नेपाल आएका हुन् । बाँकि खेल खेल्न सन्दीप लगत्तै भारत फर्किने उनका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए । दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका सन्दीपले यो संस्करणको ५ […]
बैशाख २२, २०७६ एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो । नेपालले दिएको २३५ रनको लक्ष्यसहित मैदान उत्रेको आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल […]
बैशाख २२, २०७६ एशियाली फुटबल महासङ्घ (एएफसी) यू–१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज बलियो टोली अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यान्मा पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासँग खेल्न लागेको हो । म्यान्माको मण्डलेस्थित मण्डलर थिरी मैदानमा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे […]
बैशाख २२, २०७६ नयाँ दिल्ली, (एजेन्सी) ओपनरको सानदार ब्याटिङ र तेस्रो नम्बरमा आएका ब्याटसम्यान एन्डे« रसेलको आक्रमक शैलीले कोलकाता नाइट राइडर्सलाई जारी आईपीएल १२ मा ६ हारपछि पहिलो जितको स्वाद चखाएको छ । आईतबार भएको खेलमा मुम्बई इन्डियन्सविरुद्ध ३४ रनको जित हासिल गरेको कोलकाताले लगातार हारको क्रम समाप्त गर्दै प्लेअफको आस पनि जिवित राख्यो । […]
बैशाख २२, २०७६ नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको […]
मनमोहन स्मृति अन्तर प्रदेशीय यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले विजयी शुरुवात गरेको छ । बुधबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको प्रतियोगिताअन्तर्गत् उदघाटन खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ८ विकेटले हरायो । गण्डकीले दिएको १ सय रनको लक्ष्य प्रदेश ३ ले २ विकेट गुमाएर १६.५ ओभरमा प्राप्त गरेको थियो । टोलीको जितमा […]
बैशाख २२, २०७६ गएको वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका टोली र खेलाडीहरु बिहीबार नगद पुरस्कार वितरण गरियो । युवा तथा खेलकुद मन्त्रालयले पुरुष राष्ट्रिय क्रिकेट टोली, पुरुष राष्ट्रिय फुटबल टोली र शारीरिक सुगठन खेलाडीलाई नगद प्रदान गरेको हो । सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा आयोजित कार्यक्रममा खेल मन्त्री जगतबहादुर सुनार विश्वकर्मालगायतले पुरस्कृत खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको […]
बैशाख २२, २०७६ इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली बलर सन्दीप लामिछाने रहेको टिम दिल्लीलाई प्रतियोगिताको अन्त्यतिर झट्का लागेको छ । उसका मुख्य बलर कागिसो रबाडा चोटका कारण सिजनका बाँकी खेल खेल्न नपाउने भएका छन् । लिगको प्लेअफमा पुगिसकेको दिल्लीका तीव्र गतिका बलर रबाडालाई विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकी क्रिकेट बोर्डले मे ३० भन्दा अगाडि […]
बैशाख २२, २०७६ लन्डन, (एजेन्सी) डब्लिनमा वेस्ट इन्डिज, आयरल्यान्ड र बंगलादेसबीच अहिले ट्राइ सिरिज वानडे क्रिकेट भइरहेको छ । यो सिरिजमा वेस्ट इन्डिजका ओपनर ब्याटसम्यान शाई होपले वानडे अन्तर्राष्ट्रियमा नयाँ कीर्तिमान रचेका छन् । उनले लगातार चार खेलमा शतक प्रहार गर्ने पहिलो ओपनर ब्याटसम्यान बनेर नयाँ कीर्तिमान राखेका हुन् । यद्दपि हिजोको खेलमा उनले १ […]
शुक्रबार, वैशाख २०, २०७६ नेपाल थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । शनिवार हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल फाईनलमा पुगेको हो । नेपालले उपाधिको लागि आईतबार सिंगापुर र मलेसिया मध्य एक टोलीसँग खेल्ने छ । मलेसिया र सिंगापुरबीच अर्को सेमिफाईनल खेल जारी छ । सामान्य ८७ रनको लक्ष्य […]
शुक्रबार, वैशाख २०, २०७६ इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो पटक उपाधि जित्ने दाउमा रहेको नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ठूलो धक्का लागेको छ । दिल्लीका तीब्र गतिका बलर कागीसो रबाडाले आईपीएलको बाँकी खेल नखेल्ने भएका छन् । घाईते रबाडालाई क्रिकेट साउथ अफ्रिकाले स्वदेश फर्किन आदेश दिएको छ । रबाडा अव विश्कपका […]
काठमाडौं–मलेसियामा जारी आईसीसी एसिया यु–१९ विश्वकप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल युएईसँग १ रनले पराजित भएको छ । टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बटुलेको थियो । जवाफि व्याटिङमा उत्रिएको युएईले ३० ओभरको सम्माप्तिमा ३ विकेटको क्षतिमा १२२ रन जोड्दा पानी पर्न शुरु भएको थियो । […]