होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • क्रिकेट
  • होपको वानडेमा नयाँ कीर्तिमान
क्रिकेट

होपको वानडेमा नयाँ कीर्तिमान

  • नागरिक रैबार
होपको वानडेमा नयाँ कीर्तिमान

बैशाख २२, २०७६

लन्डन, (एजेन्सी)
डब्लिनमा वेस्ट इन्डिज, आयरल्यान्ड र बंगलादेसबीच अहिले ट्राइ सिरिज वानडे क्रिकेट भइरहेको छ । यो सिरिजमा वेस्ट इन्डिजका ओपनर ब्याटसम्यान शाई होपले वानडे अन्तर्राष्ट्रियमा नयाँ कीर्तिमान रचेका छन् । उनले लगातार चार खेलमा शतक प्रहार गर्ने पहिलो ओपनर ब्याटसम्यान बनेर नयाँ कीर्तिमान राखेका हुन् । यद्दपि हिजोको खेलमा उनले १ सय ९ रन बनाए पनि वेस्ट इन्डिज बंगलादेशसँग ८ विकेटले हारेको छ । यो उनको सिरिजमा दोस्रो शतक हो ।

होपले पहिलो खेलमा आयरल्यान्डविरुद्ध १ सय ७० रन जोडेका थिए । यसअघि बंगलादेसविरुद्ध ३ खेलको वानडे सिरिज भएको थियो । जसमा अन्तिम दुई खेलमा होपले ओपनिङ गर्र्दै शतक प्रहार गरेका थिए । यसपछि ट्राइ सिरिजमा उनले दुई खेलमा शतक ठोके । बंगलादेशविरुद्धको सिरिजमा उनले दोस्रो खेलमा १ सय ४६ रनमा नटआउट रहे । तेस्रो खेलमा पनि उनले १ सय ८ रनको नटआउट इनिङ नै खेलेका थिए ।

विज्ञापन

वानडेमा होपले अहिलेसम्म वेस्ट इन्डिजका ओपनरको रुपमा ६ खेल खेलेका छन् । उनले ६ सय ५७ रन बनाउँदा १६४.२५ को औसत ब्याटिङ रेकर्ड बनेको छ । होपले पहिलो विकेटका लागि पनि कीर्तिमानी साझेदारी गरेका छन् । जारी ट्राइ सिरिजको पहिलो खेलमा आयरल्यान्डविरुद्ध होप र जोन केम्पबेलले पहिलो विकेटका लागि ३ सय ६५ रनको साझेदारी गरेका थिए ।

केम्पबेलले १ सय ७९ रन बनाएका थिए । यो कुनै पनि विकेटका लागि वानडेमा सबैभन्दा उच्चतम साझेदारी समेत हो । तर उनीहरु विश्व कीर्तिमानको साझेदारीलाई तोड्न ७ रनले चुकेका थिए । यो विश्व कीर्तिमान पनि वेस्ट इन्डिजकै नाममा छ । क्रिस गेल र मार्लन सेमुल्सले २०१५ को विश्वकपमा जिम्बावेविरुद्ध पहिलो विकेटका लागि ३ सय ७२ रनको साझेदारी गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार