होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • क्रिकेट
  • प्रदेश ३ को विजयी शुरुवात
क्रिकेट

प्रदेश ३ को विजयी शुरुवात

  • नागरिक रैबार
प्रदेश ३ को विजयी शुरुवात

मनमोहन स्मृति अन्तर प्रदेशीय यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले विजयी शुरुवात गरेको छ ।

बुधबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको प्रतियोगिताअन्तर्गत् उदघाटन खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ८ विकेटले हरायो । गण्डकीले दिएको १ सय रनको लक्ष्य प्रदेश ३ ले २ विकेट गुमाएर १६.५ ओभरमा प्राप्त गरेको थियो । टोलीको जितमा आइश भट्टराई ५९ रन र अभिषेक उपाध्यायले ३५ रन जोडे ।

नटआउट रहेका आइशले ६ चौका र अभिषेकले ४ चौका प्रहार गरेका थिए । यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ९९ रन बनाएको थियो । टोलीका लागि अभिषेक थापाले बनाएको २२ रन नै सर्वाधिक योगदान थियो । टोलीलाई ध्वस्त बनाउन प्रदेश ३ का अजय देबले घातक बलिङ गरे । प्लेयर अफ द म्याच घोषित अजयले ५.५ ओभरमा २४ रन खर्चेर ६ विकेट लिएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार