होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १४ साउन। जिल्लाको बुढीगंगा नगरपालिकाले नगर प्रमुख स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरभित्रका बेरोजगार युवाहरुलाई रोजगारी दिनका लागि नगर प्रमुख स्वरोजगार कार्यक्रम सञ्चाालन गर्न लागिएको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन्। उनले बिहीबार नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कार्यक्रम सञ्चालन गरिने बताएका हुन्। युवाहरुको रोजगारीका लागि […]
नागरिक रैबार/बाजुरा १३ साउन।बुढीनन्दा नगरपालिका २ स्थित कोल्टीमा रहेको जनप्रकाश माविको भारतीय राजदुतावासको अलपत्र भवनको पुन:निर्माण कार्य सूचारु हुने भएको छ । ७ वर्ष अगाडी भारतीय दूतावासको४ करोड ४४लाख ७२ हजार ४सय ४४ रुपैयाको सहयोगमा जनप्रकाश माविको १५ कोठे भवन निर्माणका लागि बजेट विनियोजन भएको थियो । भारतीय दुतावासले ७ बर्ष अगाडी इबिडीङ्ग सिस्टमबाट उक्त […]
नागरिक रैबार/बाजुरा १३ साउन।नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिले एकहप्ता देखि अवरुद्ध भएको साँफे-मार्तडी सडक सूचारु गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीलाई आग्रह गरेको छ । शुक्रबार नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिका सभापति गोपाल कार्कीको नेतृत्वले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीलाई साँफे मार्तडी सडक अन्तरगतको बल्दे-दवारी सडकलाई खुलाउन ध्यानाकर्षण […]
काठमाडौंको चन्द्रागिरिमा आतंक मच्चाएपछि राँगालाई गोली हानेर मारिएको छ।चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ गोदाम चौरमा राँगाले आतंक मच्चाएपछि गोली हानिएको प्रहरीले जानकारी दिएको छ। आज बिहान करिब साढे ७ बजे उक्त राँगालाई गोली हानिएको थियो। एक राउण्ड गोली हानेर राँगा मारिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ। सो क्रममा मानविय क्षति भने भएको छैन। प्रहरीका अनुसार […]
बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुवाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो । जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता […]
नागरिक रैबार/बाजुरा १३ साउन।सुदूरपश्चिकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा लाग्ने पुजालाई व्यवस्थित बनाउन बडीमालिका नगरपालिकाले सरोकारवालासंग छलफल गरेको छ । शुक्रबार बडीमालिका नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर बडीमालिका मन्दिरमा यस वर्ष लाग्ने पुजालाई व्यवस्थित बनाउन छलफल गरेको हो ।बडिमालिकामा हरेक बर्ष साउन पूर्णिमाको अघिल्लो दिन पुजा लाग्ने गर्दछ । बडीमालिकाले यस वर्ष बडीमालिका यात्रा […]
प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गर्ने उद्घोष गरेका सागर ढकाल डडेल्धुरा पुगेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै उनले आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका छन्। उनले शेरबहादुर देउवालाई आराम दिन आएको बताएका छन्। ‘शेरबहादुरहरूलाई स–सम्मान आराम दिने हो। उहाँहरूले धेरै मेहेनत गर्नुभयो। हाम्रो लागि बोल्ने बातावरण बनाइदिनु भयो,’ उनले भने, ‘बुवा पुस्ता गगन […]
धनगढीः कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेशराज भण्डारीले बुबा अशोक गोविन्दको जीवनरक्षा गरेका छन्। कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि छोरा निलेशको कलेजोको आधा भाग ७० वर्षीय बुबामा प्रत्यारोपण गरिएको हो। गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएकोराज भण्डारीले टेलिफोनमार्फत् जानकारी दिए। ‘प्रत्यारोपण सफल भयो, अहिले बुबा र मेरो […]
धनगढीः निरन्तरको मेहनत र दृढ आत्मविश्वासले सफलता निश्चित हुन्छ। यो कथनका उदाहरण बनेका छन् कैलालीको कैलारी गाउँपालिका ६ बनकट्टाका ५३ वर्षीय भागीराम चौधरी। २९औं पटकसम्म एसएलसी तथा एसईईमा अनुत्तीर्ण भएका उनी अन्ततः ३०औं पटकको प्रयासमा सफलता हासिल गरेका छन। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार […]
झापा साउन १२ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली अहिले गृह जिल्ला झापामा रहनुभएको छ । कार्यकर्ता भेटघाटमा ब्यस्त रहनुभएका ओलीले बिहान विर्तामोडमा आज बिहान व्याटमिन्टन खेल्नुभएको छ । स्वस्थ्य शरिरका लागि खेलकुद आवश्यक रहेको सन्देश दिनका लागि उहाँले व्याटमिन्टन खेल्नुभएको हो ।
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ढसीटीईभीटी) ले डिप्लोमा तहमा शैक्षिक सत्र २०७९/२०८० मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । सीटीईभीटीले वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि दुई हजार ९१३ कोटाका लागि छात्रवृत्तिमा आवेदन माग गरेको छ । छात्रवृत्तिमा सीटीईभीटीका कार्यक्रममा सहभागी हुन चाहने प्रशिक्षार्थीले साउन २९ गते आइतबारभित्र रीतपूर्वक आवेदन दिनुपर्ने छ । […]
जुम्ला — दसैं होस् वा अन्य चाडबाड र पारिवारिक भेला, जुम्ला कनकासुन्दरी–१ का भक्तबहादुर कठायतको घर प्रहरी चौकीजस्तो देखिन्छ । स्थानीयले पनि प्रहरीको परिवार भनेरै चिन्छन् । किनकि भक्तका ९ सन्तानमध्ये कान्छी छोरीबाहेक ४ छोरा र ४ छोरी प्रहरीमा जागिरे छन् । तीमध्ये तीन जना हवलदार हुन् भने अरू जवान । एक छोरा शेरसिंह सशस्त्र प्रहरीमा छन् भने अन्य […]
नागरिक रैबार/बाजुरा ११ साउन। बुढीगंगा नगरपालिकाको असार २३ गते भएको निर्वाचनलाई भयरहित बातावरणमा सम्पन्न गराउन बाजुरामा खटाइएका शसत्र प्रहरी बल नेपालका प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगादत्त पन्तको बाजुराबाट सरुवा भएको छ । शसत्र प्रहरी बल नेपाल प्रधान कार्यालयले २३८ जना डिएसपीको एकैपटक सरुवा गरेपछि उनको पनि बाजुराबाट सरुवा भएको हो । बैशाख ३० गते भएको […]
काठमाडौँ — कोरोना महामारीका कारण दुई वर्षपछि राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको एसईई परीक्षाको नतिजामा प्रदेशगतरुपमा तुलना गर्दा कर्णाली सबैभन्दा कमजोर देखिएको छ । महामारीका कारण यसअघि दुई वर्ष आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा निकालिएको थियो । वाग्मती प्रदेशको नतिजा अन्य प्रदेशको तुलनामा राम्रो छ भने मधेस प्रदेशको नतिजा सुधारिएको देखिन्छ । ४ लाख ९५ हजार […]
नागरिक रैबार/बाजुरा ११ साउन।बाजुरा जिल्ला अदालतका माननीय न्यायधिश माधव प्रसाद घिमिरेको बाजुराबाट सरुवा भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २२४ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेसंगै बाजुराका माननीय न्यायधिश घिमिरेको पनि सरुवा भएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले तीन वर्षभन्दा बढी समयदेखि विभिन्न जिल्लामा रहेका न्यायाधीशहरुको एकैपटक सरुवा […]
अछाममा पेटमै बच्चा मरेपछि सुत्केरी हुन नसकेपछि महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ। मङ्गलसेन नगरपालिका–११ जुपु निवासी ३० वर्षीया सीता रावलको जिल्लामा उपचार हुन नसकेपछि उद्धार गरेर सुर्खेत लगिएको हो। ८ महिनाकी गर्भवती सीताको पेटमै बच्चा मरेको चार दिनपछि उनको उद्धार गरिएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट सीतालाई उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल लगिएको सहायक […]
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको बताए। कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। गत वैशाख ९ गतेदेखि २० गतेसम्म […]
नागरिक रैबार/बाजुरा ११ साउन। जिल्लाको बुढीगंगा नगरपालिकाले आँखा उपचार केन्द्रको स्थापना गरेको छ ।नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालको ब्यबस्थापनमा बुढीगंगाले टाँटे स्वास्थ्य चौकीमा आजबाट संचालन हुने गरी आँखा उपचार केन्द्रको स्थापना गरेको हो । बुढीगंगाका साथै खप्तड क्षेडेदह, त्रिवेणी नगरपालिकाका नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले बुढीगंगाको टाँटे स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्रको स्थापना […]
नागरिक रैबार/बाजुरा ११ साउन।बाजुरामा यस वर्ष साउन महिनाको पहिलो सातासम्म ९५ प्रतिशत धान रोपाई सकिएको छ ।कृषि ज्ञान केन्द्र बाजुराका अनुसार ६ हजार ९ सय १५ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाई हुने गरेको छ । जसमध्ये अहिलेसम्म ६ हजार ५ सय ६४ हेक्टर क्षेत्रफलमा अर्थात ९५ प्रतिशत धान रोपाई सकिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना […]
जुम्ला । प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानव समाजको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज, अनुसन्धानको कमी तथा तिनको संरक्षण अभावमा धेरै तालहरू गुमनामजस्तो अवस्थामा छन् । प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरू कर्णालीमा धेरै छन् । यद्यपि ती स्थलहरूको उजागर हुनसकेको छैन । सिङ्गो कर्णाली त्यसमा […]