होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘म देउवालाई हराउन आएको हैन, आराम दिन आएको हुँ’
समाचार

‘म देउवालाई हराउन आएको हैन, आराम दिन आएको हुँ’

  • नागरिक रैबार
‘म देउवालाई हराउन आएको हैन, आराम दिन आएको हुँ’

प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गर्ने उद्घोष गरेका सागर ढकाल डडेल्धुरा पुगेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै उनले आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका छन्।

उनले शेरबहादुर देउवालाई आराम दिन आएको बताएका छन्। ‘शेरबहादुरहरूलाई स–सम्मान आराम दिने हो। उहाँहरूले धेरै मेहेनत गर्नुभयो। हाम्रो लागि बोल्ने बातावरण बनाइदिनु भयो,’ उनले भने, ‘बुवा पुस्ता गगन थापा, योगेश भट्टराई, घनस्याम भुसालहरू ढुङ्गा मुडा गरेर आउनु भएको हो। उहाँहरू लोकतन्त्रको लागि लड्नुभयो। अब सल्लाह दिने काम गर्नुहुन्छ।’

केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डलगाएतलाई आराम दिन देशभरि युवा उठाउने अभियान सुरु गरेको उनले बताएका छन्। ‘१६५ क्षेत्रबाटै युवा उठे। तर, म डडेल्धुराबाट हारे भने अन्य ठाउँबाट त जित्छन्, म हार्नु ठूलो कुरा होइन देशले जित्नुपर्छ। म देउवालाई हराउन आएको होइन्। ४०÷५० देशलाई कसरी हाक्नु पर्दछ भन्ने भिजन ल्याएर आएको हुँ।’

विज्ञापन

५ वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर गुल्मीक सागर ढकाल चर्चामा आएका थिए। ढकाल पेशाले इन्जिनियर हुन्। उनले बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै