होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एसईईको नतिजा-कर्णालीमा कमजोर, मधेसमा सुध्रियो
समाचार

एसईईको नतिजा-कर्णालीमा कमजोर, मधेसमा सुध्रियो

सबैभन्दा राम्रो नतिजा वाग्मतीमा

  • नागरिक रैबार
एसईईको नतिजा-कर्णालीमा कमजोर, मधेसमा सुध्रियो

काठमाडौँ — कोरोना महामारीका कारण दुई वर्षपछि राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको एसईई परीक्षाको नतिजामा प्रदेशगतरुपमा तुलना गर्दा कर्णाली सबैभन्दा कमजोर देखिएको छ । महामारीका कारण यसअघि दुई वर्ष आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा निकालिएको थियो ।

वाग्मती प्रदेशको नतिजा अन्य प्रदेशको तुलनामा राम्रो छ भने मधेस प्रदेशको नतिजा सुधारिएको देखिन्छ । ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थी सहभागी एसईईमा ३‍.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा बढी वाग्मती प्रदेशमा रहेको छ ।

९ हजार ६ सय ३३ जना विद्यार्थीले उक्त जीपीए प्राप्त गरेकोमा ४७.७७ प्रतिशत वाग्मती प्रदेशका छन् । तुलनात्मक रुपमा सबैभन्दा बढी विद्यार्थी पनि यहि प्रदेशमा थिए । सबैभन्दा कम उच्च जीपीए प्राप्त गर्नेमा भने कर्णाली सबैभन्दा पछाडी र त्यसपछि सुदुरपश्चिम रहेको छ । कर्णालीमा विद्यार्थीको संख्या पनि सबैभन्दा कम साढे ७ प्रतिशत मात्रै रहेको छ ।

विज्ञापन

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले समग्रमा नतिजा सन्तोषजनक रहेको जनाए । मधेस प्रदेशबाट उच्च जीपीए (३.६–४) प्राप्त गर्ने विद्यार्थीको संख्या पनि १५ प्रतिशत नै रहेको छ । उच्च जीपीएतर्फ गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम र प्रदेश १ भन्दा पनि मधेस प्रदेश अगाडी देखिन्छ । उच्च जीपीए ल्याउने विद्यार्थी प्रदेश १ बाट १२ प्रतिशत, गण्डकीबाट ८ प्रतिशत, लुम्बिनीबाट साढे १२ प्रतिशत र कर्णालीबाट १.१८ प्रतिशत र सुदुरपश्चिमबाट २ प्रतिशत मात्रै रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी भन्दा मधेसमा विद्यार्थी संख्या पनि धेरै छ । कुल विद्यार्थी मध्ये प्रदेश १ ले १७ प्रतिशत, वाग्मतीमा २१ प्रतिशत, गण्डकीमा ९ प्रतिशत, लुम्बिनीबाट १७ प्रतिशत, कर्णालीमा साढे ७ प्रतिशत र सुदूरपश्चिमबाट ११ प्रतिशत विद्यार्थी थिए ।

३.६ देखि ४ जीपीए वाग्मती प्रदेशबाट ४ हजार ६ सय २ जनाले ल्याउँदा मधेस प्रदेशबाट पनि १ हजार ५ सय ३१ जनाले ल्याएका हुन् । प्रदेश १ बाट १ हजार १ सय ८७ जना, गण्डकीबाट ७ सय ८४ जना, लुम्बिनीबाट १ हजार २ सय २० जना, कर्णालीबाट १ सय १४ जना र सुदूरपश्चिमबाट १ सय ९५ जनाले उक्त जीपीए प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार