होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: बैतडीमा छोटो दुरीका सवारीमा पनि यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार आयोजना गरेको बैठकले भदौ १५ गतेबाट अनिर्वाय रुपमा सबै यातायातका सवारीसाधनहरुले टिकट काटेर मात्र यात्रु बोक्नुपर्ने निर्णय गरेको हो। जिल्ला भित्र सञ्चालित सवारीसाधनमा यातायात व्यवसायीहरुले टिकट नदिएर तोकिएको भन्दा बढी भाडा लिने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बताइएको […]
नागरिक रैबार/बाजुरा ९ भदौ। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर बाजुराको निबर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । ३२ ओटा प्रदेश निर्वाचन क्षेत्र मध्ये बाजुरामा पनि सुदुरपश्चिम प्रदेश कार्यसमितिका सदस्य क्षेत्र नं १ (क) गणेश बहादुर विष्ट र सदस्य क्षेत्र नं १ (ख) राजेन्द्र बहादुर खड्का लाई निर्वाचन प्रतिनिधिको रूपमा […]
नागरिक रैबार/बाजुरा ९ भदौ। बाजुरामा एसईई ग्रेड बृद्धि दिने बिद्यार्थी १३ सय ५० रहेका छन । देश भर हुने एसईई ग्रेड बृद्धि परिक्षामा बाजुरामा पाँच वटा परिक्षा केन्द्र तोकिएका छन । राष्ट्रिय परिक्षा बोर्ड अनुसार देश भर हुने सईई ग्रेड वृद्धि परीक्षा ११ र १२ गते सन्चालन हुने भएको छ । जिल्लाको ९ वाटा स्थानीय […]
मकवानपुर- मकवानपुर जिल्ला हेटौंडा-८ कमानेकी आसमाया देउला हरेक दिन विहान साढे ३ बजे उठ्छिन् । विहान उठेपछि उनको पहिलो काम सडक बढार्ने हो । साढे ३ बजेबाट सारा बजार क्षेत्रका सडक बढारेपछि उनी ८/९ बजे घर पुग्छिन् । अनि सुरू हुन्छ उनको घरको सरसफाइ । आफू बस्ने घरभन्दा पहिले सडकको सरसफाइमा लाग्ने आसमायाले विगत २९ […]
काठमाडौं । काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् । अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’ बालेनले अब उपरान्त यस्तो गर्न नपरोस् […]
नयाँ दिल्ली : ‘टम्याटो फ्लू’ नाम सुन्दा टमाटरबाट लाग्ने रोग हो जस्तो लाग्न सक्छ तर यो फ्लुको टमाटरसँग कुनै सम्बन्ध छैन। मे ६, २०२२ मा केरलाको कोल्लम जिल्लामा टम्याटो फ्लूको पहिलो बिरामी भेटिएको थियो। जुलाई २६, २०२२ मा केरलामा पाँच वर्ष मुनिका ८२ बालबालिकालाई टम्याटो फ्लू भएको पुष्टि भयो। फेरि अगस्ट २४, २०२२ मा भारतमा टम्याटो फ्लूका […]
काठमाडौं । दल दर्ताको प्रमाणपत्र पाएको दिनलाई सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी स्थापना दिवस मनाउँदैछ । अघिल्लो वर्ष आजकै दिन, निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको एकीकृत समाजवादीले स्थापना दिवसलाई ‘पुनर्गठन दिवस’ भनेको छ । पार्टी प्रवक्ता एवम् उपमहासचिव जगनाथ खतिवडाका अनुसार, राजधानी काठमाडौंसहित देशभर पुनर्गठन दिवस मनाइँदैछ । केन्द्रीय कार्यालयले नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्कवेट […]
डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुंगामा हिजो साँझ ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार स्थानीय अस्पताल भइरहेको […]
डाेटी — उच्च रक्तस्रावका कारण जिल्ला अस्पताल डाेटीमा एक सुत्केरीकाे मृत्यु भएकाे छ । आदर्श गाउँपालिका वडा नं ६ गिरीचाैकाकी ३२ वर्षीया जानकी बाेहरा खडायतकाे मृत्यु भएकाे हाे । उनी आफैं पनि गिरीचाैका स्वास्थ्यचाैकीमा कार्यरत स्वास्थ्यकर्मी हुन् । बुधबार एक्कासि रक्तस्राव हुन थालेपछि उनलाई थप उपचारका लागि आदर्श गाउँपालिकाकाे माैवा स्वास्थ्यचाैकीबाट जिल्ला अस्पताल रिफर गरिएकाे […]
काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १२ मा रहेको हिमालय आधारभूत विद्यालयको भवन पहिरोका कारण चर्किएपछि बालबालिका प्लाष्टिकको पालमा पढ्न बाध्य छन् । गत साउन १० परेको ठूलो झरीले विद्यालयको भवन चर्किएको प्रधानाध्यापक तिलक अधिकारीले जानकारी दिए । उनले भने, ‘अस्ती १० गते ठूलो झरी परेपछि विद्यालय नजिकै पहिरो गएर भवन चर्किएको छ । […]
काठमाडौं । शरद ऋतुका लागि हिमाल चढ्न आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार बुधबारसम्म ३ वटा हिमाल चढ्न कुल १५ जनाले अनुमति लिइसकेका छन् । विभागका अनसार हिमलुङ हिमाल (७१२६ मि.), सारिबुङ (६३४६ मि.) र मनास्लु (८१६३ मि.) हिमाल चढ्न अनुमति जारी भएको छ । यी हिमाल चढ्न ३ वटा टिमका […]
धनगढीः सामाजिक सञ्जालमा अनेकन ट्रोलहरु बेलाबखत भाइरल हुन्छन्। अहिले त्यस्तै भाइरल भइरहेको छ ऋृषि धमलापत्नी एलिजाको सारी डान्स। एलिजा गौतमले एउटा पार्टीमा गरेको उत्तेजक डान्स अहिले भाइरल छ। उक्त भिडियोमा सारीचोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ। नाच्दानाच्दै धमलापत्नी अगाडि आएर डगी पोजमा चार हातखुट्टा टेकेर हिन्दी म्युजिकमा डान्स गरेको भिडियो अहिले छरपष्ट छ। यस्तै […]
धनगढीः सामाजिक सञ्जालमा अहिले अछामको एउटा भिडिओ भाइरल छ। सो भिडिओ जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडानम्बर ६ स्थित तोलीको एक परिवारमा घटेको घटनाको हो। अछामकै पञ्चदेवल घर भई हाल भारतमा रहेका तर्क न्यौपानेले सो भिडिओ पहिलोपटक फेसबुक र युट्युवमा सार्वजनिक गरेका थिए। भिडिओमा २ महिलाले एक वृद्धा महिलामाथि कुटपिट गरेर यातना दिएको देखिन्छ। भिडिओ सार्वजनिक गर्ने तर्क […]
बाजुरा– स्थानीय तह निर्वाचन २०७९ मा बाजुराका ९ स्थानीय तहमध्ये ६ वटामा एमालेले जितेको छ। तीन नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेको हो। नेपाली कांग्रेसले भने २०७४ सालमा जितेका ६ मध्य एक नगरपालिका र दुई गाउँपालिका गरी तीन वटामै चित्त बुझाएको छ। वडाध्यक्षका आधारमा मत केलाउँदा पनि एमाले नै बलियो शक्ति देखिन्छ। निर्वाचन आयोगको तथ्यांकअनुसार […]
काठमाडौं । गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् ।गोरखा नगरपालिका-७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् । वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन् । ‘कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तीजको दर खाएका थिए । सोही साँझदेखि नै […]
धनगढीः दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा नेपाल टेलिकमको फोरजी सेवाको टावर निर्माण गर्न हेलिकोप्टरबाट सामान ढुवानी भइरहेको छ। छाङरुसम्म स्थलमार्गबाट पुग्न नसकिने हुँदा सामान ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरिएको हो। अधिकांश समय सञ्चारविहीन हुने दार्चुलाको उत्तरी भेगमा पर्ने माथिल्लो व्यासमा टेलिकमको सामान ढुवानी हुन थालेपछि अब चाँडै सञ्चार सम्पर्कमा जोडिने भएको छ। टावरमा प्रयोग गरिने सोलार […]
अछाम – बलात्कारको अभियोगमा जेल भुक्तान सुरु गरेको ७ दिन नपुग्दै एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका– ५ का बेदराज भाटको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार शरीर चिथोर्ने, चिच्याउने, कराउने गर्न थालेपछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि […]
८ भदौ, जुम्ला । जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए । बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, ‘स्थानीय जातको स्याउ र गोल्डेन जातका स्याउ लगाएको छु । स्थानीय जातको जुम्ली […]
काठमाडौं । राज्यको सबैभन्दा बढी लगानी भएको क्षेत्र हो शिक्षा । तर यही क्षेत्रका सर्वोत्कृष्ट विद्यालय र विद्यार्थी छनोट गर्न नसकेको दुई वर्ष भएको छ । पहिले राष्ट्रिय शिक्षा दिवसको अवसरमा सर्वोत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी घोषणा गरेर पुरस्कृत गरिन्थ्यो । तर हाल दुई वर्षदेखि सरकारले राष्ट्रिय शिक्षा दिवस मनाउन नसक्दा सर्वोत्कृष्ट विद्यालय र विद्यार्थी […]
बाजुरा । मतदाता नामावली अधावधिक तथा दावी विरोध सम्बन्धी सोरोकावालहरूसंग अन्तरक्रिया कार्यक्रममा सराेकारवालाहरु सगं सबैले यसलाइ निर्वाचन कार्यालय बाजुराले अनुराेध गरेकाे छ । छलफल कार्यक्रममा याे पटक सबै स्थानिय तहले मृत्यु भएका नागरिककाे नाम हटाएर नामावली अध्यावधिक गर्न निर्वाचन कार्यालय बाजुराले अनुराेध गरेकाे छ । बिभिन्न स्थानिय तहमा मृत्यु भएका नागरिककाे नामावलीले गर्दा मतदानमा समस्या […]