होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुराका ९ मध्ये ६ पालिका जितेको एमाले समग्र मतमा कति अघिपछि?
समाज

बाजुराका ९ मध्ये ६ पालिका जितेको एमाले समग्र मतमा कति अघिपछि?

  • नागरिक रैबार
बाजुराका ९ मध्ये ६ पालिका जितेको एमाले समग्र मतमा कति अघिपछि?

बाजुरा– स्थानीय तह निर्वाचन २०७९ मा बाजुराका ९ स्थानीय तहमध्ये ६ वटामा एमालेले जितेको छ। तीन नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेको हो। नेपाली कांग्रेसले भने २०७४ सालमा जितेका ६ मध्य एक नगरपालिका र दुई गाउँपालिका गरी तीन वटामै चित्त बुझाएको छ।

वडाध्यक्षका आधारमा मत केलाउँदा पनि एमाले नै बलियो शक्ति देखिन्छ। निर्वाचन आयोगको तथ्यांकअनुसार वडाध्यक्षहरुको मत केलाउँदा एमालेले २७ हजार ६५५ मत ल्याएको छ। प्रतिष्पर्धी कांग्रेसको २४ हजार ४ सय ५७ मत छ।

माओवादी केन्द्रले भने ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ। एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सय ७२ मत र स्वतन्त्र तर्फका उम्मेद्वारहरुले ५ सय ८४ मत प्राप्त गरेका छन्।

विज्ञापन

एउटा मात्रै निर्वाचन क्षेत्र भएको बाजुरामा गठबन्धन दलहरु एकै ठाउँ उभिने हो भने एमाले २ हजार १ सय ५८ मतले पछि पर्छ। यदि स्थानीय तहको निर्वाचन जस्तै गठबन्धन हुन नसक्ने हो भने चाहिँ एमालेले जित्ने देखिन्छ।

प्रतिनिधि सभामा को?
प्रतिनिधि सभाका लागि एमालेबाट तीनजना नेताको दाबी देखिन्छ। यसअघिकै सांसद लालबहादुर थापा दोहोरिने तयारी गरिरहेका छन्। पूर्वमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा यसपल्ट फेरि चुनाव लड्ने चाहना व्यक्त गरिरहेका छन्। पूर्वप्रदेश मन्त्री समेत रहेका प्रकाश शाहको पनि यसपल्ट प्रतिनिधि सभामा उक्लिने आकांक्षा देखिन्छ।

कांग्रेसबाट भने सहमहामन्त्री बद्री पाण्डेले यसपल्ट भूगोलबाटै सांसद बन्ने तयारी गरेको लामो समय भयो। पार्टी राजनीतिमा पदाधिकारी भइसकेका उनले भुगोलबाट परीक्षण हुने अवसर पाएका छैनन्। त्यसैले सवैभन्दा बलिया उम्मेदवार उनी नै देखिन्छन्।

पूर्व जिल्ला सभापति कविराज पण्डित २०७५ सालको निर्वाचनमा पराजित भएका उम्मेदवार हुन्। सभापति शेरबहादुर देउवा गुटका उनी पनि स्वभाविक आकांक्षी हुन्। पाण्डे र पण्डित फरक गुटका भएकाले आ–आफ्नो लबिङ कायम राखेका छन्न।

जिल्ला सभापति रामसिंह रावल पनि उम्मेदवारका आकांक्षी हुन् तर उक्त गुटबाट पाण्डे अघि सर्दा रावल छायाँमा परेका छन्। पूर्व जिल्ला सभापति मनबहादुर रावल पनि फेरि एकपल्ट उम्मेदवार बन्ने तयारीमै देखिन्छन्।
सर्वसम्मति भए उम्मेदवार बन्ने चाहना बनाएर नेपाल आइपुगेका डा अंगराज तिमिल्सेना भने त्यस्तो संकेत नदेखेपछि आफ्नै काममा फर्केका छन्। सिंगापुरबाट नर्वे सरुवा भएका उनी ओस्लो पुगिसकेका छन्।

प्रदेश सभा र उम्मेदवार मिलाउने चुनौती
पार्टी विभाजनबाट गुज्रिएको एमालेमा मतभेद कम देखिन्छ। टिकट लिनका लागि आ–आफ्नो दाबी चर्को पारेपनि उनीहरु अन्तिममा एक ठाउँ आउने सम्भावना छ।

कांग्रेसमा भने स्थानीय तह निर्वाचनमा एक गुटले अर्कोलाई हराएको आरोप कायम छ। अर्कातिर जिल्लास्तरमा गठबन्धनका दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेट्न सकेको छैन। स्थानीय तहको निर्वाचनमा गठबन्धनका दललाई ’इग्नोर’ गर्दा कांग्रेस खुम्चिन पुग्यो। त्यसैले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समेटेरै लैजानुपर्ने चुनौती छ।

प्रदेश सभा (क)मा कांग्रेसका आफ्नै प्रशस्त उम्मेदवार छन्। त्यसैमाथि पूर्व भूमिसुधार सहायकमन्त्री जनकराज गिरीले त्यसैका लागि लबिङ गरिरहेका छन्। गत निर्वाचनमा एमालेका बलदेव रेग्मीसँग पराजित उनी यसपल्ट जित निकाल्न लागिपरेका छन्।

यही क्षेत्रमा आफूलाई भाग दिनुपर्ने चाहना एकीकृत समाजवादीको छ। एकीकृत समाजवादीका नेताहरु हिक्मत शाही, नरेश शाही, नीर शाही र पुर रावत यही क्षेत्रबाट प्रतिनिधित्व गर्छन्। स्थानीय तहमा कांग्रेसले नसमेटेकाले यो निर्वाचनमा निशर्त समर्थन गर्न उनीहरु तयार देखिदैनन्।

प्रदेश सभा (क)मा एमालेबाट रेग्मीको दोहोरिने चाहना छ। तर एमालेलाई समेत यहाँ चुनौती छ। पूर्व माओवादी केन्द्रबाट एमालेमै बसेको समूहलाई समेट्नुपर्नेछ। पूर्व माओवादीबाट एमालेमा पुगेका सहदेव बोगटी उम्मेदवार बन्ने तयारी गरिरहेका छन्। उनका लागि माओवादी केन्द्रका पदाधिकारीले नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लबिङ गरिदिएका छन्। उनी लड्दा माओवादी केन्द्रमै रहेकाहरुको मत समेत आएर जित्ने सम्भावना पनि बलियो रहेको एकथरिको विश्लेषण छ।

यसैगरी प्रदेश सभा (ख) मा कांग्रेससँग प्रशस्त उम्मेदवार छन्। कविराज पण्डितले संघमा नपाउँदा स्वतः दाबी प्रदेशको रहन्छ। संघमा पाण्डे वा संस्थापनइतरका कसैले पाउँदा गुट मिलाउन पनि उनलाई टिकट दिनुपर्ने हुन्छ। पण्डितले प्रदेशमा उम्मेदवार बन्ने चाहनना नराखेमा भने कांग्रेसका पूर्वसभापति मानबहादुर रावल, चक्र शाह, पदम शाही, रामसिंह रावललगायतले दाबी गर्नेछन्।

एमालेबाट प्रदेश सभा (ख)मा संघमा टिकट नपाउँदा प्रकाश शाह दोहोरिन चाहनेछन्। वा संघमा टिकट नपाउने थापाद्वयबाट एकले प्रदेशमा चित्त बुझाउन सक्ने सम्भावना पनि छ। तर नेता लालबहादुर ओली आफूलाई अवसर दिनुपर्ने दाबी गरिरहेका छन्।

नेपाल लाइभबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार