होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मतदाता अध्यावधिकमा सहयाेग गर्न स्थानिय तहलाइ निर्वाचन कार्यालय बाजुराकाे अनुराेध
समाचार

मतदाता अध्यावधिकमा सहयाेग गर्न स्थानिय तहलाइ निर्वाचन कार्यालय बाजुराकाे अनुराेध

  • नागरिक रैबार
मतदाता अध्यावधिकमा सहयाेग गर्न स्थानिय तहलाइ निर्वाचन कार्यालय बाजुराकाे अनुराेध

 बाजुरा । मतदाता नामावली अधावधिक तथा दावी विरोध सम्बन्धी सोरोकावालहरूसंग अन्तरक्रिया कार्यक्रममा सराेकारवालाहरु स‌गं सबैले यसलाइ निर्वाचन कार्यालय बाजुराले अनुराेध गरेकाे छ । छलफल कार्यक्रममा याे पटक सबै स्थानिय तहले मृत्यु भएका नागरिककाे नाम हटाएर नामावली अध्यावधिक गर्न निर्वाचन कार्यालय बाजुराले अनुराेध गरेकाे छ ।

बिभिन्न स्थानिय तहमा मृत्यु भएका नागरिककाे नामावलीले गर्दा मतदानमा समस्या हुने गरेकाेले यथासिघ्र नामावलीबाट नाम हटाएर अध्यावधिक गर्नुपर्ने सराेकारवालाहरुकाे भनाइ रहेकाे थियाे । मृत्यु भएका नामहरुकाे मतदाता कार्ड लिएर मत हाल्ने प्रबृद्धि भएकाेले याे पटक मृतक सबैका नाम हटाएर मात्र नामावली अध्यावधिक गर्न सराेकारवालाहरुले सुझाव दिएका छन ।

याे बिषयमा निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानिय तह सबैले सकरात्मक भुमिका निर्वाह गरेर अगाडी बढ्नुपर्ने निर्वाचन कार्यालयकाे भनाइ रहेकाे छ । सराेकारवालाहरु स‌गकाे अन्तरकृया कार्यक्रम निमित्त प्रमुख जिल्ला अधिकारी लाेकेन्द्र बहादुर बिष्ठकाे अध्यक्षतामा स‌ंचालन गरिएकाे थियाे । जिल्ला प्रशासन कार्यालय बाजुराकाे बैठक हलमा स‌चालन भएकाे कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम राेकाया रहेका थिए ।

विज्ञापन

कार्यक्रममा नेकपा एमाले बाजुराका सचिव भरत थापा, नेपाली काँग्रेस बाजुराका उप सभापती पदम बडुवाल लगायत जिल्लामा कृयाशिल राजनितक दलका प्रतिनिधीहरु र सुरक्षा निकायका प्रमुखहरुकाे समेत उपस्थिती रहेकाे थियाे । अन्तर क्रिया कार्यक्रममा निर्वाचन आयाेगले मतदाता नामावली अध्यावधिक र त्यसकाे समय कहिले सम्म गरिसक्नु पर्ने भन्ने बिषयमा जिल्ला निर्वाचन कार्यालय प्रमुख नवराज अवस्थीले जानकारी गराएका थिए ।

निर्वाचन कार्यालय बाजुराका सुचना अधिकारी बिशाल पुडासैनीले स‌चालन गरेकाे कार्यक्रमा जिल्ला स्थित सराेकार वाला राजनितिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत पत्रकार र नागरिक समाजका प्रतिनिधिहरुकाे उपस्थिती रहेकाे थियाे

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार