होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा । बाजुरा जिल्लाको बुढीनन्दा नगर पालिका वडा नं.१० की एक महिला छोरी सहित बेपता भएकी छन । बेपता हुनेमा बुढीनन्दा नगर पालिका वडा नं.१० बस्ने रमिता नेपाली भदौ २ गते छोरी सहित बेपता भएको अंकल निरज परिवारले बताउनु भएको छ। बुढीनन्दा नगर पालिका वडा नं.१० बस्ने डबल नेपालीकी छोरी केही समय मामा घर बस्दै […]
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वमा दिएको सार्वजनिक विदा झिकेको छ। भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले विदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि विदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो। तर बुधबार एक सूचना जारी गर्दै प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयले थपिएको एक दिनको विदा झिकिएको जनाएको छ। […]
नागरिक रैबार/बाजुरा १५ भदौ। जिल्ला प्रहरी कार्यालय बाजुराले प्रहरी जवान जानकी कार्कीलाई श्रावण महिनाको उत्कृष्ट प्रहरीमा पुरस्कृत गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र सामुदायिक प्रहरी शाखामा कार्यरत रहेकी प्रहरी जवान कार्कीलाई श्रावण महिनाको उत्कृष्ट प्रहरीमा पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक सुर्य बहादुर […]
समुद्री सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिका पुग्न बाजुरा सदरमुकाम मार्तडी र कोल्टीबाट तीनदिनको पैदल यात्रापछी पुगिन्छ ।बडिमालिकाको बारेमा मल्लागिरी पर्वतमा सतिदेवीको बायाँ कुम पतन भएको कुरा स्कन्द पुराणको मानस खण्डमा उल्लेख भएको पाइन्छ। प्राचिन युगमा दक्ष प्रजापति ऋषिले भारतको कर्नाखलमा महाँयज्ञ गर्दा सबैलाई बोलाएको र शिव पार्वतीलाई नबोलाई यज्ञ गरेको हुनाले […]
चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ पनि चुनाव लड्ने भएका छन् । उनी अगामी ४ मंसिरमा हुन लागेको निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने भएका हुन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका हुन् । उनको उम्मेदवारीको बिषयमा बनेको ब्यानर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने बिषय […]
नागरिक रैबार/बाजुरा १५ भदाै। जिल्लाको बडीमालिका नगरपालिका ३ रजालि बस्ने भिडि सार्कीका २० बर्षको छोरा क्यान्सर पिडित प्रकाश सार्कीको उपचारका लागि २ लाख ८७ हजार ६ सय ३६ रुपैया संकलन भएको छ । शार्कीकी आमा भिडि शार्कीले छोरो बचाउनका लागि सदरमुकाम मार्तडीमा गुहार गरेपछि समाज सुधार युवा क्लवले अभियान मार्फत सो रकम संकलन गरेको हो […]
हाल देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती […]
कञ्चनपुर: नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर आउने भएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’ लाई सम्बोधन गर्न ओली आउन लागेका हुन्। ओलीले सोही कार्याक्रममा एकीकृत समाजवादी पार्टीकी प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष […]
नागरिक रैबार/बाजुरा १४ भदौ। बाजुराको सदरमुकाम मार्तडीमा रहेको नेपाल टेलिकमको कार्यालयमा बडीमालिका नगरपालिका-६ का स्थानीयले तालाबन्दी गरेका छन् । वडा नम्बर ६ का स्थानीयहरु नेपाल टेलिकमको संचार सेवाबाट बन्चित भएको भन्दै वडा अध्यक्ष कृष्ण बहादुर खड्काको नेतृत्वमा टेलिकमको कार्यालयमा तालावन्दी गरिएको हो । नेपाल टेलिकमको कार्यालय प्रमुखलाई वडामा टेलिकमको टावर निर्माण गरी संचार सुविधा दिन […]
सुदूरपश्चिम प्रदेश सरकारले ६ सय ३९ अस्थायी कर्मचारीलाई स्वतस् स्थायी बनाउने प्रक्रिया अघि बढाएको छ। प्रदेश सरकारले निजामती सेवाको गठन, सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित गराउने तयारी गरेसँगै आफैंले नियुक्त गरेका अस्थायी करार कर्मचारी स्थायी हुने बाटो खुल्ने छ। सोमबार बस्ने प्रदेश सभाको दशौँ अधिवेशनको बैठकबाट प्रदेश सरकारले उक्त […]
हिन्दु नारीहरूले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ। आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा […]
बाजुरा । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका ६ कि एक महिला सुर्खेतबाट बेपत्ता भएकि छन । बेपत्ता हुनेमा सोही गाउँपालिका ६ मा स्थायी बसोबास गर्दै आएका कालसिंह सार्कीकी २६ वर्षीय श्रीमति निर्मला सार्की रहेको स्थानीय नरेन्द्र रावलले जानकारी दिएका छन । बेपत्ता सार्की र उनका श्रीमान सुर्खेतमा रहेको रेडियो नेपाल नजिक कोठा भाडामा लगेर बस्दै आएका […]
धनगढीः नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनका कारण बझाङका सरकारी विद्यालयको पठनपाठन बन्द भएको छ। कर्मचारी परिषद्ले भदौ १२ गते आइतबारदेखि देशभरका सरकारी विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेअनुसार बझाङ जिल्लाका सरकारी स्कुलमा पढाइ बन्द भएको हो। परिषद्ले सरकारसमक्ष ८ बुँदे माग राख्दै आएकोमा सरकारले बेवास्ता गरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म सरकारी विद्यालय बन्द […]
तनहुँ । चितुवाको आक्रमणबाट तनहुँमा आमा छोरा घाइते भएका छन् । घाइते हुनेमा व्यास नगरपालिका–११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका नौ वर्षीय छोरा शंकर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गएराति घरभित्र कोठामा आमाछोरा विस्तारामा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए […]
महेश कुमार कार्की बाजुरा । मुम्बई हिन्दु हरुको महान चाड हरितालिका तिजको अवसरमा मुम्बई मा आयोजना हुन लागेको एक सास्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका शान्तिश्री परिवार मुम्बई आउने भएकी छ्न । शुदुर पश्चिम सेवा समाज मुम्बई र सत्या ग्रह फोमको सयुत्त आयोजनामा हुन लागेको सास्कृतिक कार्यक्रममा उनी लगायत सुदुर पश्चिमकि चेली चर्चित मोडल […]
अरुका बारेमा भन्नु र गर्नुभन्दा पहिला कुराको प्रसंग आफैबाट सुरु गर्दा नै ठीक होला । म वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि आत्म विश्वास र भरोसामा कदम चाल्ने मान्छे हुँ । त्यसका लागि आफ्नो यो गुजारेको जीवनकालमा समाज र सिँगो देंशमा भएका सबैजसो संघर्ष र विभिन्न खालका जनआन्दोलनमा कलममार्फत नैतिक तथा भौतिक उपस्थिति जनाउँदै आँएको यहाँहरु […]
नागरिक रैबार/बाजुरा १३ भदौ । युवा संघका अध्यक्ष नरेशकुमार शाही आगामी मंसिर ४ मा हुने चुनावका लागि बाजुराबाट उम्मेदवार सिफारिस भएका छन्। नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधि सभाका लागि उनलाई उम्मेदवार सिफारिस गरिएको हो। जिल्ला कमिटीको विस्तारित बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा केन्द्रीय सदस्य हिक्मतबहादुर शाही, जिल्ला पार्टी सचिव पुरबहादुर रावत र युवासंघ […]
नागरिक रैबार/बाजुरा १३ भदौ । नेकपा एकीकृत समाजबादी बाजुराले संघ र प्रदेशका लागि उम्मेदवारहरुकाे टुङ्गाे लगाएकाे छ । आइतबार बसेकाे विस्तारित बैठकले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारमा सर्वसम्वत सिफारिस गरिएकाे छ । त्यस्तै पार्टीकाे विस्तारित बैठकले प्रदेश सभा क्षेत्र न (क) मा एकीकृत समाजबादी पाटीका केन्द्रीय सदस्य तथा […]
काठमाडौं । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । […]
धनगढी: सुदूरपश्चिममा सोमबार भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो। गएरातिदेखि नै सुदूरपश्चिममा हल्का देखि मध्यम वर्षा भइरहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ। देशैभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिमसहित लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का […]