होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • हाम्रो नजरमा यी तीन पार्टी
बाजुरा बिशेष

हाम्रो नजरमा यी तीन पार्टी

“नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र”

  • नागरिक रैबार
हाम्रो नजरमा यी तीन पार्टी

अरुका बारेमा भन्नु र गर्नुभन्दा पहिला कुराको प्रसंग आफैबाट सुरु गर्दा नै ठीक होला । म वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि आत्म विश्वास र भरोसामा कदम चाल्ने मान्छे हुँ । त्यसका लागि आफ्नो यो गुजारेको जीवनकालमा समाज र सिँगो देंशमा भएका सबैजसो संघर्ष र विभिन्न खालका जनआन्दोलनमा कलममार्फत नैतिक तथा भौतिक उपस्थिति जनाउँदै आँएको यहाँहरु माँझ सहर्ष अवगत गराउँन चाहान्छु । यो हो या होईन भन्ने कुरा यहाँहरुका वीच छोड्दिँदा नै उपर्युक्त हुन्छ भन्नेमा छु ।

यो हामीले भोगिरहेको अहिलेको संघीय लोकतान्त्रिक गणराज्य व्यवस्था निकै कम, सीमित, औपचारिक, भ्रष्ट तथा जात व्यवस्थामा आधारित भयो । यसलाई अझै गहिरो, सघन, स्वच्छ, जनपक्षीय र वैज्ञानिक समाजवादी व्यवस्थालाई जीवन्त बनाउनुपर्छ भन्ने धारणा राख्ने मानिस मआफैं ‘दलविहीन’ हुनु जाहेज लागेन कदापि पनि ।

तसर्थ ः महासचिव कम्रेड आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी- नेपालमा जोडिए । सिँगो मुलुकलाई नै रुपान्तरण गर्न सक्ने युगान्तकारी नयाँ कम्युनिष्ट पार्टीको खोजीमा थिए । भेटाए । त्यसैमा आवद्ध भएर यतिबेला वर्ग-संर्घषरत छु । विगत लामो समयसम्म अँगालेर राखेको पुरानो पार्टी नेकपा एमाले छटक्क छोडे । पुरापुर के लाग्यो भने मलाई अब त्यहाँबाट हामी जस्तो सर्वहारा-श्रमिक वर्ग तथा तमाम उत्पीडितहरुको मुक्ति सम्भव छैन्, कदापि पनि ।

विज्ञापन

भूमण्डलीकृत पुँजीवाद र वैज्ञानिक समाजवादको नयाँ युगमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न उदयीमान पार्टी नै हामी जस्ता नेपाली सर्वहारा -श्रमिक वर्ग र तमाम उत्पीडित समुदायको पार्टीमा जोडिएको धेरै त भएको छैन । तर, यहाँ शुभचिन्तक, मित्र र राजनीतिक सहकर्मीहरूको प्रश्न हुन्छ – ‘अब तपाईको आफ्नो र भिन्नै दल कहिले बनाउने हो बाजुरामा ?’ यहाँहरुले गरेको ‘भिन्नै’ दलको कुरा ठीकै होला तर, यो ‘आफ्नो दल’ भन्ने बुझाई र अवधारणा राख्नेसँग सख्त घृणा हुन्छ मलाई हेर्नुस् ।

यो ‘आफ्नो’ भन्या के ? राजनीतिक दल कसैको पेवा, दाइजो, बिर्ता, जागिर, जमिनदारी, निजी सम्पत्ति वा प्राइवेट कम्पनी हो र भन्या ? अनि कुन दल आफ्नो कुन अर्काको ?
सबैलाई थाहा छ कि नयाँ, राम्रो र बलियो दल बनाउन त्यति सजिलो छैन । त्यसका लागि नविन सोचविचार, सिद्धान्त, नयाँ कार्यदिशा, समय, स्रोतसाधन, अन्य अवसर र आर्थिकसमेत खर्चिनुपर्ने हुन्छ । अनि देश र जनताले यो भोगिरहेको युगलाई सार्थक तुल्याउनु सक्नु पर्ने हुन्छ । भावी पुस्ताका लागि सहिमार्ग पहिल्याउन सक्नुपर्ने हुन्छ । त्यसै हुन्छ । तसर्थ यहाँ सोच्नुपर्ने कुुरा अन्यत्रै धेरै छन् । हतारोमा अर्को एक थान दल संख्या थप्नतिर मात्रै हैन हाम्रो ध्यान ।

पहिला त हाम्रो नजर यहाँ नाम चलेका संसदीय तीन वटा पार्टी नेपाली काँगे्रस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र नामका राजनीतिक पार्टीको अन्तर्निहित स्वभाव, सांस्कृतिक चेत र यीनले शासन व्यवस्था कँज्याई रहँदा राज्यको चरित्रमा किन परिवर्तन आएन र आउँन दिँदैनन् भन्नेमा हो ।

यहाँ व्यवस्था नबदलिएकै हो त ? होईन नि । बदलिएको छ नि । राणाशासन, शाह शासन, पञ्चायत, संवैधानिक राजतन्त्रसहितको संसदीय व्यवस्था र अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र-यी व्यवस्था र प्रणाली परिवर्तन भएका बलिया प्रष्ट प्रमाण हुन् नि । हैनर ?
अर्को कुरा फेरि हेर्नुन – यहाँ संविधान नबदलिएको हो र भन्या ? हाम्रो अहिलेको संविधान ७ औं हो भनेर तपाई हामी नै बारम्बार भनिरहेका छौं नि । यहाँ सत्तामा आउने दल, शक्ति नबदलिएका पनि हैनन् । शाहराजा, पञ्च, कांग्रेस, कम्युनिस्ट, एमाले, माओवादी, मधेशकेन्द्रित दल आदि अनेक शक्ति बेलाबेला बदलिएकै हुन्, छन् ।

यहाँ पात्र पनि नबदलिएका हैनन् । काँंग्रेसमा कृष्णप्रशाद, गिरिजा, सुशील र अहिलेका देउवा फरक-फरक पात्र नै हुन् । मनमोहन अधिकारीदेखि, पुष्पकमल दाहाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, माधव नेपाल, केपी ओली गरी कम्युनिस्टबाटै ६ जना प्रधानमन्त्री भइसकेछन् । यसलाई पात्र नबदलिएको भन्न कदापि मिल्दैन ।

यहाँ नबदलिएको त हाम्रो राज्यको चरित्र न हो । त्यसैले देशका नागरिकको दिनचर्या नबदलिन दिने यहाँ केही नाम चलेका तीन वटा संसदीय व्यवस्थालाई हृदयगत गरिरहेका विश्व साम्राज्यवादसामु लम्पसार भएका यथास्थितिवादी तपसिलमा विश्लेषण गरिएका तीन पार्टी हुन् र यी पार्टीलाई हामी वैज्ञानिक समाजवादी यो नजरमा हेर्छौ । तिनका पार्टीवालाको आफ्नो बुझाई सहि नै होला त्यो उहाँको कुरा भयो । त्यतापट्टि गईन म यतिखेर । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलाबाट पारित राजनीतिक प्रतिवेदनको पेटबोलीबाट हेर्दा यहाँ सुरुमा ः

नेपाली काँग्रेस ?

यो पार्टी नेपालको परम्परागत दलाल पुँजीपति वर्गको सबैभन्दा भरपर्दो प्रतिनिधी पार्टी हो । यो नीतिगत रुपमा विश्व साम्राज्यवादको सबैभन्दा ठूलो दलाल पार्टी हो । विश्व साम्राज्यवादको नेपाल र नेपाली जनताविरोधी कार्यक्रम विनासोच विचार लागु गर्नु यसको नीति तथा कार्यक्रम हो । यो सम्पूणर् रुपमा देश र जनविरोधी पार्टी हो । योसँग विशद्ध मानवीय विषयमा मात्र स्थानीय स्तरमा सहकार्य सम्भव छ ।

नेकपा एमाले ?

यो पार्टी दलाल पुँजीपति वर्गको नवीन हिस्साको प्रतिनिधित्व गर्ने पार्टी हो । कम्युनिष्ट नाम राखेर कम्युनिष्ट सिद्धान्त र आर्दशको बद्नाम गर्ने विश्व साम्राज्यवादको भरपर्दो नोकर बन्न हदैसम्म लागि परेको पार्टी हो । यसको जनमत मध्यम वर्गको छ । तर, नेतृत्व डप्फा दलाल पुँजीपति वर्गको छ । यसले औपचारिकतामा बाहेक देशभक्त चरित्र पनि गुमाई सकेको छ । पहाडीया हिन्दु उच्च जातीय अहँकारवादको महिमामण्डलद्धारा हिन्दुत्वमा आधारित राष्ट्रवाद यसको निकृष्ट प्रवृत्ति हो । यो पहाडीया हिन्दु उच्च जातीय अहँकारवादी जातवादी पार्टी हो । यो पार्टीको विरासत पञ्चायतकालमा क्रान्तिकारी भएकाले यसभित्र परिवर्तनप्रेमी र देशभक्तहरुको सानो जमात पनि बाँकी छ । तर, त्यो त्यहाँ कुनै हस्तक्षेप गर्न सक्ने हैसियतमा छैन् । त्यो जमातसँग अन्तरक्रिया जारी राख्नु पर्दछ । यो पार्टीसँग विशुद्ध मानवीय मुद्दामा मात्र सहकार्य हुन सक्दछ ।

नेकपा माओवादी केन्द्र ?

जनयुद्धको व्यापक विद्रोहात्मक अभियानको नेतृत्वको मुल व्यक्तिको नेतृत्वमा रहेको यो पार्टीको मुल नेतृत्व डप्फा विचारमा विकास गर्न असफल भई विवर्गमा पतन भएको दलाल पँुजीवाद र विश्व साम्राज्यवादसामु तिव्र रुपमा आत्मसर्मपण गदै गएको पार्टी हो । एमसीसीको सम्झौँता सगौरभ अनुमोदनसम्म पुग्दा यसले आधारभूत देशभक्त चरित्र पनि गुमाई सकेको छ । यसको मुल नेतृत्व डप्फा दलाल पुँजीपति वर्गमा रुपान्तरण भैसकेको छ । तर, विगतको विरासतको टालोमा टेकेर कार्यकर्ता पङ्क्तीलाई क्रान्तिकारी र देशभक्तिको मायाजालको चटकमा लोभ्याउन थोरै सफल भैसकेको छ ।

यसको जनमत सर्वहारा-श्रमजीवी वर्गको छ । यसको तल्लो नेतृत्व समुह मध्यम वर्गीय छ । र, मुल नेतृत्व डप्फा दलाल पुँजीपति वर्गीय हो । यही कारणले दर्जनौँ तिखा आन्तरिक अन्तरविरोधमा जेलिएको छ । यो पार्टीको मुख्य नेतृत्व डप्फा दलाल पुँजीपति वर्गमा रुपान्तरण भएपनि नेपालको दलाल पुँजीपति वर्ग र साम्राज्यवादले यसलाई पुरै विश्वास गरि सकेको छैन् । यसको नेतृत्व त्यो विश्वास दिलाउन कुनै पनि हर्कत गर्न हदैसम्म लम्पसार परिरहेको छ । यो विशुद्ध यथास्थितिवादी प्रतिक्रियावादी पार्टी बनिसकेको छ ।

यसको उद्गम क्रान्तिकारी विरासदबाट भएकाले यसमा नेतृत्वपङ्क्तिदेखि तलसम्म कम्युनिष्ट र देशभक्तहरुको ठूलो हिस्सा पनि बाँकी छ । त्यो पङ्क्ति पार्टीको चरित्र बदल्न सक्ने हालतमा पनि छैन् । र, विद्रोह गर्न पनि साहस गर्नेसम्मको छैन । नयाँ भरपर्दो क्रान्तिकारी शक्ती नदेखेकाले र आफ्नो वैचारिक स्तर कमजोर भएकाले यो जमात टिठलाग्दो स्तरमा विलखबन्दमा छ । यो पङ्क्तिसँग नयाँ युगको नविन कार्यदिशाको उज्यालो अगाडि राखेर लगातार अन्तरक्रिया गर्नु जरुरी छ । यो प्रक्रियालाई सचेततापूर्वक र कलात्मक रुपमा अघि बढाउँदा ठूलो-सानो एउटा पङ्क्तिले त्यसबाट विद्रोह गर्ने सम्भावना प्रवल छ । यस्तो पहल गरिरहनु पर्दछ । यो पार्टीसँग विशुद्ध मानवीय मुद्दा र कतिपय समुदायगत मुद्धामा कार्यगत सहकार्य हुन सक्दछ ।

तसर्थ ः संसदवादी कम्युनिष्ट वा प्रजातान्त्रिक नामका यी तीन पार्टीले दलाल पँुजीवाद र विश्व साम्राज्यवादसामु तिव्र रुपमा आत्मसर्मपण गर्ने यहि गलत प्रवृत्तिको प्रतिनिधित्व गर्दछन् । जस्को दृष्टिकोण भनेको विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्था अन्तरगत नै सर्वहारा-श्रमिक वर्ग र तमाम उत्पीडित समुदायको मुक्ति सम्भव छ भनि सिरफ नोट र भोटको शैलीमा पूणर् एकरुपता देखाउँदैछन् ।
यीनीहरु संविधानले व्यवस्था गरेका एकाध सुधारका व्यवस्थालाई लागु गर्ने र नपुग केही थप व्यवस्था गदै जाने नीति वरपर सीमित छन् । सर्वहारा-श्रमिक वर्ग र तमाम उत्पीडित समुदायका वीच संगठन बनाउने, हिजो आफुले गरेका केही संर्घषका कथा भन्ने, विद्यमान जनविरोधी दलाल पुँजीवादी व्यवस्थालाई विकास गरेर प्रगति वा समाजवाद आउँछ भनि भ्रम दिने र उनीहरुको भोट बटुलेर सत्तामा पुगी निजी स्वार्थपूर्ति गर्ने काम वाहेक यी पार्टीले महत्वपूणर् काम अब केही गर्न सक्दैन् । यी पार्टी नेपालको परिवर्तनकारी आन्दोलनको मुख्य दुश्मन तथा प्रतिक्रियावादी प्रवृत्ति देखाउनेमा सिमित छन् । जसका विरुद्ध आम जनसमुदायले संर्घष गर्नु जरुरी छ ।

अतः यसरी यी संसदीय दलाल पुँजीवादी तीन पार्टीहरुको राजनैतिक विश्लेषण गरि रहँदा यहाँ नविन क्रान्तिकारी शक्तिको खोजविन हुन अति जरुरी हुन्छ । त्यसका लागि आमुल परिवर्तन चाहाने विशाल पङ्क्तिमा उभिएका सर्वहारा -श्रमिक वर्ग र तमाम उत्पीडित समुदायले भूमण्डलीकृत पुँजीवाद र वैज्ञानिक समाजवादको नयाँ युगमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न उदयीमान नेपाली समाजको सच्चा कम्युनिष्ट पार्टी नै रोज्नु पर्ने हुन्छ । हामी जस्ता नेपाली सर्वहारा-श्रमिक वर्ग र तमाम उत्पीडित समुदायले वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीमा आवद्ध हुनुपर्छ ।

प्रमुख उत्पादन शक्तिका रुपमा विज्ञान प्रविधिको निरुपण, पुँजीवादी व्यवस्थाको विकल्प र समानान्तरमा प्रारम्भदेखि वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्दै अघि बढ्ने राजनीतिक कार्यदिशा, वैज्ञानिक समाजवादका नवीन विशेषताहरुको उद्घाटन् र नेपाली समाजको बस्तुनिष्ट विश्लेषण जस्ता आधारभूत विचारधारात्मक राजनीतिक कार्यदिशाका कारण यतिबेला यो वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल तिव्र गतिमा उदयमान अवस्थामा छ । यो पार्टी नै आगामी छोटो समयमा नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको मुल प्रवृत्ति बन्ने निश्चित छ ।

लेखक ः वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी-नेपाल
सुदूरपश्चिम प्रदेश समिति सदस्य हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार