होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २२ भदौ।सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दिपककुुमार कार्कीले बाजुरा जिल्ला अदालतको अनुगमन तथा निरिक्षण गर्नु भएको छ । बुधबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत पहिलो पटक बाजुरा आउनु भएका कामु प्रधानन्यायधीस कार्कीले बाजुरा जिल्ला अदालतको अनगुमन तथा निरिक्षण गर्नु भएको हो । बाजुरा जिल्लाका जिल्ला न्यायाधीश दाताराम पौडेलका अनुसार कामु प्रधान न्यायाधीश कार्कीले […]
नवलपुर । जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय सुनाएको छ । यत्रप्रसाद आचार्यको इजलासमा पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावकलाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।
नागरिक रैबार/बाजुरा २१ भदौ। नेकपा एमाले बाजुरा जिल्ला कमिटीको बैठकले प्रदेश सभा र प्रतिनिधि सभाका लागि बाजुराबाट १२ जना नेताहरुलाई सिफारिस गरेको छ । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट संघमा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कणर्बहादुर थापा, केन्द्रिय सदस्य प्रकाश शाह र लोकेन्द्र शाहीलाई सिफारिस […]
बागलुङ । एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती-बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । […]
धनगढीः गौरा सकिएपछि सुदूरपश्चिम प्रदेशमा डेउडा खेलको रौनक छाएको छ। कोरोना महामारीका कारण केही वर्ष डेउडामा रमाउन नपाएका प्रदेशवासी यस वर्ष खुलेर डेउडामा रमाइरहेका छन्। गौरा सकिएको दिनदेखि धनगढीको वनदेवी मन्दिर परिसर र धनगढी उपमहानगरपालिका परिसर डेउडामय बनेको हो। कोरोना महामारीका कारण केही वर्ष डेउडा खेलमा रमाउन नपाएकाले यस वर्ष खुलेर रमाइरहेको डेउडा खेलमा सहभागीहरूको […]
नागरिक रैबार/बाजुरा २१ भदौ। नेकपा एमाले बाजुराले आसन्न मसिंर ४ गते हुने संघ र प्रदेशको निर्बाचानका लागि उम्मेदवार छनौटमा सकस भएको छ । मंसिर ४ को संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा एमाले बाजुराका शिर्ष नेताहरु जिल्ला केन्द्रीत बनेका छन्। सोमबार देखी बसेको एमाले जिल्ला कमिटिको बैठकबाट कुनै टुुगोँमा नपुगेको र मंगलबार पुन: […]
काठमाडौँ — दसैंका लागि राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर […]
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत १५ र २०७९ असार ९ गते परीक्षा सञ्चालन गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार प्रदेश-१को सबै र मधेश प्रदेशका (क्र.सं १ देखि १० सम्मका उम्मेदवार) अन्तर्वार्ता असोज २५ गते विहान […]
कञ्चनपुरः कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने, आमा गम्भीर घाइते भएकी छन्। जिल्लाको बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको सोमबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। […]
निर्वाचन आयोगले निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको छ । सोमबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल विज्ञप्ति जारी गरी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको जानकारी दिएका छन् । यसअघि देशभर १० हजार ७५६ मतदान स्थल थिए । मतदान स्थल […]
सरकारले आज (सोमबार)देखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि […]
यस पटकको दसैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो । तर, चाडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले रातोपाटीलाई […]
काठमाडौं– आसन्न मंसिर ४ गते हुने आम निर्वाचनका लागि गुल्मीमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच एकता भएको छ । सोमबार एमाले जिल्ला कार्यालय मदन आश्रित स्मृति भवनमा पत्रकार सम्मेलनबीच दुवै पार्टीबीच एकताको घोषणा गरिएको हो । घोषणा सभामा एमालेका पार्टी उपमहासचिव प्रदीप ज्ञवाली र केन्द्रीय सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल […]
नागरिक रैबार/बाजुरा २० भदौ।नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र (क) मा एमालेबाट ५ जना सिफारिस भएका छन् । नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र (क) को पहिलो पूर्ण बैठकले नेता सहदेव बोगटी, बलदेव रेग्मी, रंगमान शाही, मनबहादुर विष्ट र मेघराज शाही सिफारिस भएका हुन् । प्रदेश निर्वाचन क्षेत्र (क) मा हिजो बसेको एमालेको पहिलो पूर्ण बैठकले पाँच […]
धनगढी, २० भाद्र/ डोटीको केआई सिंह गाउँपालिकाको वडा नम्बर ७ ले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। वडाले मदिरा सेवन गर्नेलाई पन्ध्र दिन र बिक्री गर्नेलाई एक महिना ढुङ्गा वडा कार्यालयसम्म बोकाउने निर्णय गरेको हो। वडामा मदिरा बिक्री वितरण गर्ने व्यापारी तथा वडावासी सँगको छलफल पश्चात् फरक किसिमको कारबाही गर्ने […]
धनगढी: कञ्चनपुरमा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ परेका छन्। गत भदौ १६ गते महाकाली नदीमा पूजा गर्दा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ परेका हुन्। भिमदत्त नगरपालिका १० का सहदेव भट्टले महाकाली नदीको भुजेला घाटमा ऋषि पञ्चमीका दिन दलित समुदायका ब्रतालु महिलाहरुलाई जातकै आधारमा विभेद गरेका थिए। आइतबार पीडित भीमदत्त नगरपालिका ५ का सन्जु […]
नागरिक रैबार/बाजुरा १९ भदाै । नेपाल निजामती कर्मचारी युनियन बाजुरा शाखाले जिल्ला अस्पताल बाजुरामा उपचारारत बिरामीहरुलाई फलफुल वितरण गरेको छ । नेपाल निजामती कर्मचारी युनियनले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा उपचारारत बिरामीहरुलाई स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरेको नेपाल निजामती कर्मचारी युनियन बाजुराका शाखाका अध्यक्ष कुल बहादुर रावलले बताएका छन् । राष्ट्रसेवा, निष्पक्षता, […]
नागरिक रैबार/बाजुरा १९ भदौ।बाजुराको जगन्नाथ गाउँपालिका २ कौडाकोटको बस्तीमा भाईरल ज्वरोका कारण गाउँ नै प्रभावित भएको छ । आज विहान देखि देखिएको मौसमी भाइरल ज्वरोका कारण गाउँका प्रत्येक घरमा बिरामी देखिएको जगन्नाथ २ का वडाध्यक्ष धनविर सार्कीले बताएका छन् । भाइरल ज्वरोको प्रकोप बढेपछि वडा सामाुदाियक स्वास्थ्य केन्द्रबाट अहेव राजेश सार्कीको नेतृत्वमा स्वास्थ्यकर्मीले चेकजाँच गरिरहेको […]
बाजुरा । नेपाली कांग्रेस बाजुराको जिल्ला कार्य समितिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र महान्यायाधिवक्ता खम्बबहादुर खातीसहित ७ जनाको नाम सिफारिस गरेको छ । सात जनाको सूचीमा विकास तथा सुशासन विद अंगराज तिमिल्सिनासमेत छन् । सिफारिस परेका अन्यमा कांग्रेस जिल्ला सभापति रामसिंह रावल, पूर्वमन्त्री जनकराज गिरी तथा पूर्व जिल्ला सभापतिद्वय कविराज पण्डित […]
जनकपुरधाम । उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा धनुषा क्षेत्र नम्बर २ का कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएपछि उम्मेदवार सिफारिस हुन सकेन । उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठक बसेको थियो । पौडेल पक्षका नेता रामकृष्ण यादवले देउवा पक्षका मुक्ता यादवको नाम प्रत्यक्षतर्फ […]