होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • दसैँमा सार्वजनिक यातायातको भाडा नबढ्ने
समाज

दसैँमा सार्वजनिक यातायातको भाडा नबढ्ने

हवाई सेवामा अग्रिम टिकट बुकिङ खुल्ला

  • नागरिक रैबार
दसैँमा सार्वजनिक यातायातको भाडा नबढ्ने
file photo

यस पटकको दसैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो ।

तर, चाडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले रातोपाटीलाई जानकारी दिए । ‘दसैँतिहारको मुखमा यात्रुहरूको सहजताका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ला गर्ने भन्ने सन्दर्भमा अहिलेसम्म आधिकारिक निर्णय भइसकेको छैन ।

तर, आवश्यक समयलाई ख्याल गर्दै उचित समयमा नै अग्रिम टिकट बुकिङ खुल्ला गर्छौँ,’ पनेरुले भने । सम्बन्धित यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ताकर्मी लगायतका सरोकारवाला निकाय तथा व्यक्तित्वहरूसँग अहिले विभागको छलफल चलिरहेको र केही दिन भित्रै आधिकारिक निर्णय सार्वजनिक गर्ने उनले बताए ।

विज्ञापन

यता यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने भदौ १५ गते नै आफूहरूले यातायात व्यवस्था विभागका डीजी (महानिर्देशक), ट्राफिक प्रहरी प्रमुख लगायतका सरोकारवाला निकायहरूसँग बसेर अग्रिम टिकट बुकिङदेखि आवश्यक सुरक्षाको प्रबन्धसँगै सडक बाटोघाटोको मर्मतको सुझावसमेत दिइसकेको बताउँछ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले रातोपाटीसँग भने, ‘पहिलो प्राथमिकता सडक पूर्वाधारको मर्मत तथा सडक सुरक्षाको हो । बर्खाले देशका कुन कुन भागमा कहाँ कहाँ पहिरो गएको छ, सडक बाटाहरू बिग्रिएका छन्, त्यसमा सरकारले ध्यान दिनुपर्छ र तत्काल मर्मत गर्नुपर्छ । नत्र, चाडपर्वका बेला भिड लाग्ने सडकमा सडक सुरक्षाको जोखिम रहन्छ’ सिटौलाले भने, ‘एकैपटक दसैँकै मुखमा यात्रुहरूको चाप पर्ने र भिडभाडसँगै सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारले बेलैमा सोच्नुपर्छ ।’

सिटौलाका अनुसार दसैँतिहारको यातायात सेवालाई व्यवस्थित गर्नकै लागि असोज १ गते देखिनै उपत्यका छाड्न चाहने यात्रुहरूलाई सरकारले सहजीकरण गर्ने, कलेज तथा विद्यालयहरूको पठनपाठनलाई केही समय अघि नै बन्द गरी विद्यार्थीहरूलाई घटस्थापना अघि नै घर जाने वातावरण मिलाउनुपर्छ । र अत्यावश्यक बाहेक निजी तथा सार्वजनिक (सरकारी) कार्यालयहरूलाई समेत घटस्थापना दिनदेखि नै बन्द गर्नुपर्ने उनको सुझाव छ । यसअघिको छलफलमा आफूहरुले सोही सुझाव दिएको सिटौलाले बताए ।तर, यस पटकको अग्रिम टिकट बुकिङ भने असोज पहिलो साताभित्रै खुल्ने उनले जानकारी दिए ।

यात्रुहरूलाई सचेत हुन आग्रह

यता यातायात व्यवस्था विभागले सवारी साधनको भाडा नबढ्ने बताइसकेपनि चाडपर्वको मौकाछोपी सार्वजनिक यातायातका कर्मचारीहरूबाट हुनसक्ने सम्भावित बदमासीबाट बच्न भने स्वयं यात्रुहरू नै सचेत र सजग हुनुपर्ने महासंघले बताएको छ । सम्भावित ठगीलाई लिएर यात्रुहरुले तोकिएको टिकट काउन्टरबाट मात्रै टिकट काट्न र बिना टिकट यात्रा नगर्न समेत महासंघले यात्रुहरूलाई अपिल गरेको छ ।

‘सडक सुरक्षा पहिलो प्राथमिकता हो । अनावश्यक भिडभाड भएको, क्षमता भन्दा बढी यात्रु सवार भएको र खराब कन्डिसन भएको सवारी साधनमा यात्रा नगर्न महासंघ सम्पूर्ण सर्वसाधारणलाई विशेष आग्रह गर्दछ । चाडपर्वकै समयमा सम्भावित ठगीलाई समेत मनन गर्दै तोकिएको आधिकारिक काउन्टरहरूबाट मात्रै टिकट काट्न र ठगी गरेको महसुस भए तत्काल प्रहरीमा खबर गर्न समेत यात्रु महानुभावलाई हामी विशेष आग्रह गर्दछौ’ सिटौलाले भने ।

यता ट्राफिक प्रहरीले पनि चाडपर्वमा घट्न सक्ने सम्भावित जोखिमलाई लिएर उपत्यकासहित उपत्यका बाहिर समेत विशेष सहायता कक्ष तथा टाक्स फोर्सको तयारी गरिरहेको छ ।यस पटक दसैंतिहारको अवसरमा १० लाखदेखि १२ लाख यात्रुहरू उपत्यकाबाट बाहिरिन सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।

हवाई सेवाको अग्रिम टिकट बुकिङ खुल्ला

यता सार्वजनिक सवारीतर्फ दसैँतिहारका लागि अग्रिम टिकट बुकिङको तयारी भइरहेपनि उता हवाई सेवातर्फ भने खासै तयारी छैन । दसैँतिहारकै लागि भनेर अग्रिम टिकट बुकिङ खुल्ला गर्नुनपर्ने वायु सेवा सञ्चालक संघ (आओन) को भनाइ छ ।

‘दसैँतिहारका लागि अहिले पनि अग्रिम टिकट बुकिङ भइरहेकैछ । यात्रुहरुले एक वर्षसम्मका लागि अग्रिम टिकट लिन पाइहाल्छन् । त्यसै पनि अहिले प्रायः अनलाइनबाटै हवाई टिकट बुकिङ हुने हुँदा यसमा समय तोकिरहनु आवश्यक छैन,’ वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले भने ।

जहाँसम्म यात्रुको चापको मुद्दा छ, त्यो यसपटक नपर्ने कँडेलको भनाइ छ । हवाई कम्पनीहरूसँग पर्याप्त जहाज रहेको र अहिलेकै अवस्थामा फ्लाइट (उडान) हरू मर्जर गरेर चलाइरहेकोमा दसैँतिहारको समयमा समेत उति चाप नपर्ने कँडेलको भनाइ छ । तथापि, यात्रुहरूको भिडभाड बढ्यो र उडान थप्न पर्‍यो भने पनि सबै कम्पनीहरू गरी दैनिक ३० देखि ४० वटा उडान थप्न सकिने उनले बताए ।

‘अहिलेकै अवस्थामा ट्रङ्क रुटमा समस्या आउने देखिँदैन । समस्या आइहाल्यो भने पनि स्टल रुट (पहाडी तथा हिमाली गन्तव्यहरू) मा समस्या आउने हो । त्यसका लागि हामी पूर्णतः तयारी अवस्थामा नै छौँ । आवश्यक परे ३० देखि ४० वटा सम्म फ्लाइट थप गर्न सक्छौँ,’ कँडेलले भने । रातोपाटीबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार