होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १७ फागुन। नेकपा एमाले बाजुरा ‘मिसन ग्रासरुट’ अभियान र पार्टी संगठन सुदृढीकरण अभियानमा जुटेको छ । अभियान अन्तरगत नेकपा एमाले बाजुराले नेता कार्यकर्ताका लागि मार्तडीमा जिल्ला स्तरीय अभिमुखिकरण आयोजना गरेको छ । मिसन ग्रासरुट अभियानले केन्द्र, प्रदेश, पालिका, वडा र टोलसम्मको संगठनलाई जीवन्त र क्रियाशील बनाउने उद्देश्य राखिएको पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाहीले […]
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ ।प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ । यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली […]
काठमाडौँ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको हो । गत माघ १६ गतेको निर्णय अनुसार आयोगले यही फागुन २५ गते राष्ट्रपतिको […]
नागरिक रैबार/बाजुरा १६ फागुन।बाजुरा उद्योग बाणिज्य संघ भोली बाजुराका सवै बजार बन्द गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिका विरुद्ध भोली मार्तडीमा आन्दोलन सहित २ घण्टा बजार बन्द गर्न लागेको हो । बैक तथा वित्तिय संस्थाको चर्को व्याजदरका कारण व्यवसाय नै धरापमा परेको भन्दै बाजुरा उद्योग […]
नागरिक रैबार/बाजुरा १६ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा यहि फागुन १९-२७ गते सम्म गर्ने भनिएको प्रथम खप्तड मालिका कृषि, पर्यटन, संस्कृति तथा व्यापार महोत्सवको मिति सारिएको छ । खप्तड मालिका युवा संजाल बाजुराले आज मार्तडीमा पत्रकार सम्मेलन गरेर १९ गतेबाट सूरु गर्ने भनिएको महोत्सव प्राविधिक समस्या र अन्य व्यवस्थापनका लागि समय नपुगेका कारण महोत्सवको मिति सारिएको जानकारी […]
नागरिक रैबार/बाजुरा १६ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्ने खेलाडीहरुलाई एक औपचारिक कार्यक्रमका बिच बधाई ज्ञापन सहित सम्मान गरेको छ । नगरपालिकाले आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै १३ १३ औं राष्ट्रपति रनिङ शिल्डको विजेता बनेका बडीमालिकाका खेलाडीलाई बधाइ ज्ञापन गरेको हो । जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिकाका […]
नागरिक रैबार/बाजुरा १६ फागुन।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ३ रजालीमा नेपाल विद्युत प्राधिकरणको लाईन विस्तारको काम अलपत्र परेको छ । मार्तडी देखि रजाली सम्म नयाँ पोलसहित विद्युत लाईन विस्तारका लागि नेपाल विद्युत प्राधिकरण संग ३ वर्ष अघि ठेक्का सम्झौता गरेको अमृत कन्ट्रक्सनले विद्युत विस्तार र पोल गाड्ने काम अलपत्र छाडेको बडीमालिका ३ का वडा अध्यक्ष […]
नागरिक रैबार/बाजुरा १५ फागुन। बाजुरामा संचालन भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । प्रतियोगितामा सवैभन्दा बढी २३ स्वर्ण, ७ रजत र ५ कास्य सहित जितेर बडीमालिकाले उपाधि हात पारेको हो । यस्तै प्रतियोगितामा त्रिवेणी नगरपालिका दोस्रो बनेको छ । त्रिवेणीले ८ स्वर्ण प्राप्त गरेको छ । प्रतियोगीतामा विजेता […]
नागरिक रैबार/बाजुरा १५ फागुन । आगामी चैत्र १७ गतेबाट संचालन हुने माद्यमिक शिक्षा परीक्षा (एसईई) का लागि बाजुरामा १५ वटा परीक्षा केन्द्र तोकिएका छन् । शिक्षा समन्वय इकाई बाजुराले आगामी चैत्र १७ गते बाट एकैसाथ संचालन हुने एसईई परिक्षाका लागि जिल्लाभरका ९ वटै पालिकामा १५ वटा परीक्षा केन्द्र तोकेको हो । यस वर्ष बाजुरामा नियमित […]
काठमाडौँ । नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट पार्टी बाहिरिने निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । नेकपा एमालेअघि राप्रपाले पनि सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिइसकेको छ । पार्टी मुख्यालयमा आयोजित […]
नागरिक रैबार/बाजुरा १४ फागुन।बाजुरामा जीप दुर्घटना भएको छ । आइतबार साँझ जगन्नाथ गाउँपालिका ६ तल्लोकाप्री स्थित कर्णाली राजमार्गमा जुड्डीबाट सिलाइ कटाइका मेसिनहरु लिएर तल्लोकाप्री तर्फ जादै गरेको सु.प.प्र.०१-००१ ज १३३१ नम्वरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जीप दुर्घटना हुँदा स्वामीकार्तिक खापर गाउँपालिका ३ बस्ने वर्ष २३ का जीप चालक देव […]
काठमाडौँ । बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार सफाइ दिएको हो। नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले उच्च अदालतमा रिट दायर गरेका थिए । नवलपुर जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च […]
नागरिक रैबार/बाजुरा १४ फागुन। बाजुरामा कृषि पत्रकार महासंघ गठन गरिएको छ । अध्यक्षमा सरिता नेपाली रहने गरी १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो । कृषि पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा बाजुरामा जिल्ला भेला तथा शाखा विस्तार कार्यक्रमको गरिएको थियो । भेला तथा शाखा विस्तार कार्यक्रमबाट जसमा उपाध्यक्षमा हेमराज उपाध्याय, कोषाध्यक्षमा कमला रावल,सचिवमा मिन बहादुर खड्का,सह सचिवमा […]
नागरिक रैबार/बाजुरा १४ फागुन। बाघको हड्डीसहित बाजुराका दुई युवक डडेल्धुरामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० घर भई बडिमालिका नगरपालिका–८ मार्तडीमा बीसीडी वर्कसपका संचालक २६ वर्षीय राजेन्द्र जैसी र बाजुराकै खप्तडछेडेदह गाउँपालिका–७ घर भई मार्तडीकै सितल मदिरा स्टोरका संचालक २७ वर्षीय वीरबहादुर ओली रहेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख एवं प्रहरी […]
काठमाडौँ । नेकपा एमालेले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले फागुन २५ गतेसम्म सरकारबाट नबाहिरिने र सरकारलाई दिएको समर्थन पनि कायम रहने निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले भने, ‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले पुस १० गते […]
काठमाडौं, फागुन १४ । राष्ट्रपति पदको निर्वाचन तालिकाबमोजिम आज दाबी विरोधमा उजुरी दिने कार्यक्रम छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहान १० देखि २ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका रहेको छ। गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रपतिका लागि […]
कैलालीः नेपाली काँग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित भएको छ। विश्वासको मत पाउने आधार नभएका मुख्यमन्त्री कमल शाहले अन्ततः विश्वासको मत पाउने वातावरण बनेको हो। माओवादी केन्द्र र नागरिक उन्मुक्तिसहितका आठ दलले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गर्ने भएपछि सुदूरपश्चिममा पनि नयाँ राजनीतिक समीकरण हुने देखिएको हो। मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र […]
काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईँ निस्कासित भएका छन् ।आज शनिबार बसेको नेकपा एमालेको सोह्रौ सचिवालय बैठकले पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न भएको भन्दै केन्द्रिय सदस्यबाट हटाउने निर्णय गरेको हो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अतिथी बनाएर झापामा राजनीतिक कार्यक्रम गरेका थिए ।त्यसपछि पार्टीले कारबाही गर्ने तयारी गरेपछि प्रसाईँले एमाले छाडेको […]
काठमाडौँ । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रहेका रामचन्द्र पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् । पौडेलले लामिछानेको हात्तिगौडा स्थित निवासमै पुगेर राष्ट्रपति चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् । यद्यपि लामिछानेले सहयोग गर्नेबारे स्पष्ट जवाफ दिएनन् । उनले पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिने जवाफ पौडेललाई फर्काएको लामिछानेका स्वकीय […]
काठमाडौं: फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज शनिवार मनोनयन दर्ता गरिँदैछ। निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयन दर्ताको समय तोकिएको छ। मनोनयन दर्ताको पूर्व सन्ध्यामा शुक्रवार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत ८ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा समर्थन गर्ने निर्णय गरेका छन्। शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ […]