होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • इन्सेकद्धारा मानव अधिकार वर्ष पुस्तकको समिक्षा
बाजुरा बिशेष

इन्सेकद्धारा मानव अधिकार वर्ष पुस्तकको समिक्षा

  • नागरिक रैबार
इन्सेकद्धारा मानव अधिकार वर्ष पुस्तकको समिक्षा

नागरिक रैबार/बाजुरा १३ पुस।अनाैपचारिक सेवा केन्द्र (इन्सेक) बाजुराले सन २०२२ जनवरी १ देखि २०२३ डिसेम्वर सम्म बाजुरा जिल्लामा १ वर्षको अवधिमा मानव अधिकार उलघंनका घटनाहरुको बारेमा समिक्षा गरिएको छ ।

बुधबार मार्तडीमा इन्सेक बाजुराले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०२३ को वार्षिक समिक्षा गोष्ठीमा बाजुरा जिल्लामा १ वर्षको अवधिमा भएका मानवअधिकार उल्लङघन तथा ज्यादतीका घटनाहरु र जिल्लाको समग्र मानवअधिकारको अवस्था बारे इन्सेक जिल्ला प्रतिनिधि पदम सिंहले जानकारी गराएका थिए ।

इन्सेकले सन् २०२२ देखि डिसेम्वरकाे अन्त सम्म जिल्लामा घटेका घटनाहरूकाे जानकारी गराउँदै आगामी वर्षका लागि सुझाव समेत संकलन गरेकाे छ । जिल्लामा हाल सम्म घटेका घटनाहरु जवरजस्ती करणी, बालविबाह, बहुबिबाह, कुटपिट हत्या र घरेलु हिंसा लगाएतका घटनाहरु इन्सेक बाजुराले आयोजना गरेको समिक्षा गाेष्ठीमा सरोकारवाला निकायलाई जानकारी गराइएको छ ।

विज्ञापन

इन्सेकले १ वर्षमा तयार गरेको घटनाअनुसार बाजुरामा ४५ घरेलु हिंसा सम्बन्धि हिंसाका घटनाहरु इन्सेकले अभिलेख गरेको छ । इन्सेकले अभिलेखी करण गरेका जर्बजस्ती करणी तथा जर्बजस्ती करणी उद्योग सम्बन्धिका १५ ओटा घटना मध्ये केही कीनारा लागेका छन् केही केही अनुसान्धानको प्रकृयामा रहेको पाईयो । जिल्ला प्रहरी कार्यलय तथा त्यस मातहतका कार्यलयहरुमा निबेदन गरेका घरेलु हिंसा तथा लैङ्गीक हिंसा सम्वन्धि अधिकांश घटनामा मिलापत्र गराएको पाईएको छ।

महिला माथि हुने हिंसाका विषयमा राज्य तथा गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु संञ्चान गरेको भएपनि हिंसाका घटनाहरुमा कुनै कमी आएको छैन । प्रतिनिधि र प्रदेश सभा निर्बाचन २०७९ मंसिर ४ गते भएको निर्बाचनमा त्रिबेणी नगरपालिका ७ मा भएको घटनालाई इन्सेकको केन्द्रिय टोली बाजुरा पुगेर घटनाको सत्यतथ्य बुझेर प्रतिबेदन तयारीको अन्तिम चरणमा छ । इन्सेकको प्रतिबेदनले घटनामा दोषिले कानूनी कार्बाही र पीडितले न्याय पाउने बिश्वार लिएको छ । त्यो परेत्नमा मानब अधिकारका क्षेत्रबाट इन्सेक लागि परेको छ । चेतन अयडीको हत्याको आरोपमा पीडित पक्षले २४ जनाको नाममा उजुरी दिएका छन् । केही फरार छन भने केही प्रहरीले पक्राउ गरेर अनुसन्धानमा रहेका छन् ।

इन्सेकले प्रत्येक वर्षको अन्तमा मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दे आएको छ । मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन गर्नका लागि २०२२ देखि डिसेम्बरकाे अन्त सम्म जिल्लामा घटेका घटनाहरुको समिक्षा गरिएको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्ट, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्यबहादुर थापा लगायत पत्रकार अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाजुराको हलमा गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार