होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चक्र बहादुर अएडी/बाजुरा १२ साउन। बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकाका ७ जना वडा अध्यक्षले नगरपालिकाको बैठक बहिस्कार गरेका छन । नगरप्रमुखले एकलौटी निणर्य गरेको भन्दै वडाअध्यक्षहरुले बहिस्कार गरेको नगरपालिका प्रबक्ता एबं वडा न ७ का वडाअध्यक्ष प्रेम थापाले बताए। नगरप्रमुखले नगरपालिकामा कुनै पनि काम वडा अध्यक्षको सहमती बिपरीत गरेको भन्दै वडा न ८ र ४ का […]
बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् । सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ । कार्यालयका […]
१२ साउन, काठमाडौं । चितवनको राप्ती नगरपालिका–२ का रोमनाथ रिजालले धान रोपेको एक महिना बित्यो । धानमा मल हाल्न बितिसक्यो । तर उनले सधैं मल पाउँदै आएको साना किसान सहकारीमा यसपालि मल आएन । ‘पाँच दिनअघि एक लट मल आएछ, एउटा किसानलाई पाँच किलोको दरले बाँडेछन्, तर मैले पत्तै पाइनँ,’ उनी भन्छन्, ‘पाँच किलो पाएको […]
काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल अर्को महिना सकिँदैछ । २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ । लोडसेडिङ हटाएको, रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको लगायतका कामबाट […]
१२ साउन, काठमाडौं । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर आलमलाई पक्राउ गरेको एसएसपी दिपक थापाले अनलाइनखबरलाई बताए । थापाका अनुसार आलमले विभिन्न व्यक्तिको फेसबुकमा अनाधिकृत रुपमा पहुँच […]
धनगढीः कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आईतबार ठीक दुई वर्ष पुगेको छ। देश व्यापी रुपमा भएको न्यायिक आन्दोलनपछि अन्तराष्टिय समुदायको ध्यान तानेको निर्मला हत्या प्रकरणको अनुसन्धान दुई वर्ष सम्म पनि शुन्यमै छ। तर यो दुई वर्षको अवधीमा सुदूरपश्चिममा जबरजस्तीकरणी घटनामा समेत बृद्धि हुदै गएको एक तथ्याड्कले देखाएको छ। प्रदेश प्रहरी कार्यालय […]
नागरिक रैबार/बाजुरा ११ साउन। नेपाली काँग्रेस बाजुराले ३ साता देखि अवरुद्ध भएको साँफे मार्तडी सडक बैकल्पिक बाटो खोेजेर सुचारु गर्न माग गरेको छ । लगातारको अविरल वर्षाका कारण ३ साता देखि अवरुद्ध रहेको साँफे–मार्तडी राजमार्ग सडक खण्डको दर्जनौं ठाउँमा गएको पहिरो पन्छ्याएर तत्काल सदरमुकाम मार्तडीसम्म जोड्ने बैकल्पिक बाटो खाेजेर तत्तकाल निर्माण कार्य सुचारु गर्न नेपाली […]
११ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा १३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ३ सय नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने […]
काठमाडौं । आज विश्व आमाबुबा दिवस । आफ्ना आमाबुबाप्रति सम्मान जनाउँदै आइतबार विश्वभर आमाबुबा दिवस मनाइएको छ । यसदिन विश्वभर रहेका मानिसहरुले आफुलाई जन्म दिने आमाबुबालाई विशेष रुपमा सम्झने गर्छन् । आमाबुबा हुनेहरुले सँगै बसेर आदर सम्मान प्रकट गर्छन् भने नहुनेहरुले मठमन्दिरमा पुगेर पूजा आजा गरी सम्झने गर्दछन् । आमाबुबा जन्म दिने मात्र नभएर कर्म […]
काठमाडौं महानगरपालिका–१४, सुनारगाउँमा लुडो खेल्ने र खेलाउने गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको कालीमाटी वृत्तका प्रमुख रुगम कुँवरले जानकारी दिए । स्थानीय राजकुमार कार्कीले घरमा पाँच हजार रुपैयाँ लिएर लुडोको बाजी खेलाउने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रमुख कुँवरले बताए । उनीहरुले ३० हजार रुपैयाँसम्मको बाजी खेल्ने गरेको पाइएको कुँवरले बताए । उनीहरुको साथबाट […]
काठमाडौं- कोरोना भाइरस संक्रमणको दर बढिरहेका बेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो । मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन […]
बझाङ । जयपृथ्वी नगरपालिका– १ भण्डाराकी २६ वर्षीया शर्मिला विष्टको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । आज बिहान ७ः०० बजे साथीसँग घाँस काट्न भनेर घरबाट निस्किएकी विष्ट घाँस काट्ने ठाउँ पुगेको एक घण्टापछि सडकमाथिको भिरबाट खसेपछि गम्भीर घाइते भई उपचारका लागि जिल्ला अस्पताल सिमखेततर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]
धनगढी : धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टामा तीन सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको हो। आज थपिएका मध्ये सबैभन्दा बढि अछामको पञ्चदेवल विनायकका एक महिला र १३ पुरुष गरी […]
बाजुरा — आइएनएफ बाजुराले बाजुरा जिल्लाको पुर्बिउत्तर क्षेत्रमा बाटोमा हात धुने ठाउँ बनाएको छ । आई एन एफ नेपाल र टियरफन्डको सहयोगमा जिल्लाका ३ वटा स्थानीय तहमा हात धुने ठाउँ बनाएको आइएनएफ बाजुराका नरदिप ओडले बताएका छन । आई एन एफ नेपाल र टियरफन्डको सहयोग बडिमालिका र बुढिनन्दा नगरपालिकाको सहकार्यमा कोभिड १९ पर्तिकार्य योजना अनुसार […]
बाजुरा । बाजुरामा अविरल वर्षाका कारण यस वर्ष खाद्य संकट हुने सम्भावना देखिएको छ । निरन्तरको अविरल वर्षाका कारण किसानले लगाएको अन्नवालिमा क्षेति हुँदा यस वर्ष खाद्य संकटको सम्भावना देखिन थालेको हो । लगातारको वर्षाले किसानले लगाएको गहुवालि बोटमै कुहिन थालेपछि किसान चिन्तित भएका छन् । स्वामीकार्तिक खापर गााउँपालिका र हिमाली गाउँपालिकाका किसानले लगाएको गहुँवाली वोटमै […]
काठमाडौं: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशका पार्टीका नेताहरूसँग पार्टीभित्रको सङ्कटबारे छलफल गरेका छन्। सुदूरपश्चिम प्रदेश कमिटीका सहइन्चार्ज खगराज भट्ट, मुख्यमन्त्री त्रिलोचल भट्ट, केन्द्रीय सदस्य तथा खानेपानीमन्त्री विना मगर, शरदसिंह भण्डारी, रेणु चन्दसहित ३० जना नेता–कार्यकर्ता शुक्रबार प्रचण्डनिवास खुमलटार पुगेका थिए। सुदूरपश्चिमका नेता कार्यकर्तासँग प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुक […]
काठमाण्डाै – एक सय २० दिनसम्मको लकडाउन अन्त्य भएसँगै देशभर चहलपहल बढेको छ । समुदायस्तरमा कोरोना फैलिएका ठाउँबाहेक अरु सबै ठाउँमा गतिविधि बढेका छन् । तर सरकारले आवश्यक मापदण्ड नै पूरा नगरि लकडाउन हटाएको भनेर विरोध पनि हुन थालेको छ । अस्पतालमा भेन्टिलेटर बढाउनुपर्ने, आवश्यक जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने, आवश्यक जनचेतना जगाउनुपर्ने लगायत काम नगरिकन एक्कासी लकडाउन […]
धनगढी : मोहनापुलदेखि धनगढी हुँदै अत्तीरया जोड्ने ६ लेन सडकमा आकासे पुल निर्माणका लागि प्रक्रिया अगाडी बढाइएको छ। मोहना–अत्तरिया सडक आयोजना कार्यालय धनगढीको आग्रहमा सडक विभागले प्रक्रिया अगाडी बढाएको हो । मोहनापुलदेखि अत्तरियसम्मको सडकको चापलाई हेरेर आकासे पुल समेत निर्माण गर्न प्रक्रिया अगाडि बढाईएको आयोजना प्रमुख होमबहादुर एसीले जानकारी दिए। आकासे पुलका लागि चालु आर्थिक बर्षमा कार्यक्रम रहेको […]
काठमाडौं । फिल्म ‘प्रेम गीत–४’ बन्ने भएको छ । प्रेम गीत सिक्वेलका निर्माता सन्तोष सेनले नै यो फिल्म बनाउन लागेका हुन् । ‘प्रेम गीत–३’ निर्माण निर्देशन गरेपनि कोरोनाको कारण प्रदर्शन गर्न नपाएका उनले अहिलेको फुर्सदको समय ‘प्रेम गीत ४’को तयारी थालेका हुन् । प्रेम गीत–४’को लागि उनी अभिनेता प्रदीप खड्का र निर्देशक क्षेतेन गुरुङसँग मिलेर […]
नागरिक रैबार/बाजुरा ११ साउन। जिल्लाको बुढीगंगा नगरपालिकाको लेखा शाखामा अज्ञात समूहले आगजनि गरेको छ । आईतबार विहान नगरपालिको लेखा शाखामा अज्ञात समूहले झ्याल तोडेर भित्र रहेका लेखाका रजिष्टरहरुमा आगजनि गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिए । प्रहरी निरिक्षक रोकायाका अनुसार आगजनि गर्ने अज्ञात समूहले आगजनि गरेसँगै केसी समूह भनेर लेखेको […]